health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, ६ मङ्सिर । डेढ महिनादेखिको युद्धलाई रोक्दै इजरायलले आक्रमण रोक्ने र प्यालेस्टिनी लडाकु समूह हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका छन् ।
गत ७ अक्टोबरमा हमासले आक्रमणपछि चलेको युद्धलाई विराम गर्दै इजरायलले आक्रमण रोक्ने र हमासले पहिलो चरणमा ५० जनालाई रिहा गर्ने सहमति गरेका हुन् । इजरायलको मन्त्रिपरिषद्ले गाजामा बन्धक बनाइएका ५० जनालाई रिहा गर्न हमास सँगको सम्झौतालाई अनुमोदन गरेको छ ।
चार दिनको अस्थायी युद्ध विरामका क्रममा ती बन्धकलाई रिहा गरिने र रिहा हुनेमा महिला र बालबालिका हुने इजरायली प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘इजरायल सरकार सबै बन्धकहरूलाई घर फर्काउन प्रतिबद्ध छ ।
जसअनुसार चार दिनभित्र महिला र बालबालिकासहित ५० बन्धकलाई रिहा गरिनेछ । त्यस क्रममा युद्ध रोकिनेछ ।’ हमासले ५० जनालाई रिहा गर्ने इजरायल सरकारले जनाएको हो भने विज्ञप्ति जारी गर्दै हमासले पनि मानवीय आधारमा युद्ध विराम मा सहमति भएको जनाएको छ ।
कतार र इजिप्टको मध्यस्थतामा सम्झौता भएकोप्रति हमासले दुवै देशलाई धन्यवाद पनि दिएको छ ।