health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, ५ मङ्सिर । युरोकप २०२४ मा कुल २० देश छनौट भएका छन् ।
युरोपका २४ देशले भाग लिने युरोकपमा छनौट खेलबाट अब एक देश छनौट हुन बाँकी छ भने बाँकी ३ देश प्लेअफबाट छानिने छन् ।
अब समूह डी बाट समूह चरणका अन्तिम खेल आज राति सकिए पछि आयोजकसहित युरोकपका २१ देश छनौट हुने छन् ।
युरोकप २०२४ को जुन १४ देखि १४ जुलाईसम्म जर्मनीमा हुदैँछ । आयोजकका हिसाबले जर्मनी सिधै छनौट भएको छ भने युरोकपका लागि छनौट भएका अन्य देशमा समूह ए बाट स्पेन र स्कटल्यान्ड, समूह बि बाट फ्रान्स र नेदरल्याण्डस, समूह सी बाट इङल्याण्ड र इटाली छानिएका छन् ।
त्यस्तै समूह डी बाट टर्की छनौट भएको छ भने अब अन्तिम खेलपछि क्रोएसिया र वेल्स मध्ये एक देश सिधै छनौट हुने छ ।
त्यसै गरी समूह इ बाट अल्बानिया र चेक रिपब्लिक छनौट भएका छन् भने समूह एफ बाट बेल्जियम र अस्ट्रिया छनौट भएका छन् । त्यसैगरी समुह जी बाट हंगेरी र सर्बिया, समूह एच बाट डेनमार्क र सर्बिया, समूह आइ बाट रोमानिया र स्वीजरल्याण्ड तथा समूह जे बाट पोर्चुगल र स्लोभाकिया युरोकपका लागि छनौट भएका छन् ।
आगामी युरोकपमा म्यानचेस्टर सिटीबाट खेल्ने नर्वे भने छनौट हुन असफल भएको छ । समूह ए मा रहेको नर्वे ८ खेलमा ११ अङ्कसहित तेस्रो भएको थियो । सिधै छनौट हुन असफल भएको नर्वे नेसन्स लिगमा खराब प्रदर्शनका कारण प्लेअफ समेत खेल्न नपाउने भएपछि युरोकपमा पुग्न असफल भएको हो ।
अब तीन स्थानका लागि प्लेअफमा पोल्यान्ड, वेल्स/क्रोएसिया, इजरायल, बोसनिया हर्जगोभिना, फिनल्यान्ड, युक्रेन, आइसल्यान्ड, गर्जिया, ग्रिस, काजकिस्तान, लक्जेम्बर्ग र इस्टोनिया खेल्ने छन् ।
प्लेअफमा युइएफए नेसन्स लिगको प्रदर्शनका आधारमा तय गरिएको वरियता अनुसार खेल्ने अवसर दिइएको युइएफएले जनाएको छ । प्लेअफको ड्र भने नोभेम्बर २३ मा हुने छ भने प्लेअफका खेल आगामी मार्चमा हुने छन् ।