health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

न्यु योर्क, २४ कार्तिक । विज्ञानले धेरै प्रगति गरेको छ तैपनि संसारमा धेरै चीजहरू छन्, जुन अझै पनि मानिसहरूको समझभन्दा बाहिर छन्।
सामान्य जनता होस् वा डाक्टरहरू जहिले जे आवश्यकता पर्छन्, उनीहरूले त्यस्तै काम गर्छन् कि संसारभर यसको चर्चा हुन्छ।
यस्तै एउटा दुर्लभ घटनामा, डाक्टरहरूले उनको जीवन बचाउनको लागि फोक्सोमा गम्भीर सङ्क्रमण भएको ३४ वर्षीय बिरामीको स्तन प्रत्यारोपण गरेका छन् । डाक्टरले किन यस्तो अनौठो शल्यक्रिया गरे त ? आउनुहोस् जानौँ ।
यो अनौठो शल्यक्रिया सिकागोको नर्थवेस्टर्न मेमोरियल अस्पतालमा भएको थियो । चिकित्सा विशेषज्ञहरूसँग एउटा मेसिन थियो, जसले भेन्टिलेटर प्रक्रिया मार्फत केही दिनको लागि शरीरको कुनै पनि अङ्गको खाली ठाउँ भर्न सक्छ ताकी सङ्क्रमण हटाउन सकियोस् । तर यो मामला फरक थियो।
डेवी बाउर नामक यस ३४ वर्षीय बिरामीको छातीबाट शल्यक्रिया गरेर फोक्सो हटाउन असम्भव थियो अर्थात् उनको फोक्सो प्रत्यारोपण गराउन तत्काल कुनै सम्भव देखिएन । यस्तो अवस्थामा उनको जीवन बचाउनको लागि शल्यक्रिया गर्ने डाक्टरहरूले यस्तो उपाय निकालेका छन्, जुन यसअघि कहिल्यै सुनिएको वा देखिएको थिएन ।
वास्तवमा यस शल्यक्रियाको क्रममा उनको पुरानो फोक्सोले काम गरिरहेको शरीरको भाग थियो। त्यो ठाउँ गम्भीर सङ्क्रमणका कारण खाली गर्न सकिएन । त्यसैले डाक्टरहरूले त्यो खाली ठाउँ भर्न स्तन प्रत्यारोपण गर्नु परेको हो ।
यो दुर्लभ मेडिकल केसमा बाउरका प्रमुख थोरासिक सर्जन अङ्कित भरतले सञ्चारमाध्यमसँग कुरा गर्दै भने, ‘एउटा व्यक्तिको अवस्था हेर्दा हामीलाई थाहा हुन्छ कि उसको बिस्तारै मृत्यु भइरहेको छ, विशेष गरी यस्तो अवस्थामा प्रत्यारोपणको विकल्प छैन। यस्तो गरिँदैन भने तिनीहरू प्रायः मर्छन्। यस्तो अवस्थामा हामीले आफूले पहिले कहिल्यै नगरेको काम गर्ने रणनीति बनाउनु पर्ने हुन्छ ।’
वास्तवमा बाउर २० वर्षको उमेरमा नै चेन स्मोकर बनिन्। उनले यसलाई छोड्न सकेनन् तर उनले यसको विकल्प अपनाउन भेप लिन सुरु गरिन । तर गत अप्रिलमा इन्फ्लुएन्जा लागेपछि डाक्टरहरूले उनको फोक्सो फेल भएको देखेका थिए। उनको फोक्सो पग्लन थालेको थियो । सेन्ट लुइस अस्पताल पुग्दा उनको सास गहिरिएको थियो । मेडिकल भाषा अनुसार उनी माध्यमिक सङ्क्रमणबाट पीडित थिए। जुन कुनै यान्टिबायोटिकले निको हुन सकेको थिएन ।
यस्तो अवस्थामा उनको ज्यान बचाउन चिकित्सकहरूले उनलाई ‘एक्स्ट्राकोर्पोरियल मेम्ब्रेन ऑक्सीजनेशन’ प्रणालीमा राखे। यो प्रणालीले उनको रगतको संरचनालाई सहज बनायो। उनको फोक्सोमा आंशिक राहत भयो। त्यसअघि उनको फोक्सो पूरै पिपले भरिएको चिकित्सकले बताएका छन् ।
‘जब हामीले सेन्ट लुइसमा डेवीको मेडिकल टोलीबाट कल पायौँ, हामीले उहाँलाई मद्दत गर्न सक्छौँ भन्ने सोच्यौँ। तर पनि हामीलाई थाहा थियो कि उहाँ प्रत्यक्ष प्रत्यारोपण गरेर पनि बाँच्न सक्नुहुन्न,’ उनले भने ।
‘त्यसैले प्रत्यारोपण अघि हामीले सङ्क्रमण हटाउनु पर्यो। उनको ज्यान जोगाउन दुवै फोक्सो निकाल्नु परेको थियो । तर त्यो ठाउँ खाली छोड्न सकिएन । यो हाम्रो लागि अज्ञात क्षेत्र थियो तर हाम्रो टोलीलाई थाहा थियो कि यदि हामी बिरामीलाई मद्दत गर्न सक्दैनौँ भने अरू कसैले गर्न सक्दैन। यस्तो अवस्थामा हामीले त्यहाँ स्ट्रेस इम्प्लान्ट राख्यौँ,’
हाल यो अनौठो शल्यक्रियापछि बिरामीको अवस्थाबारे अस्पताल प्रशासनले जानकारी दिएको छैन ।