health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

नयाँ दिल्ली, १७ कार्तिक । देशको राजधानी दिल्लीको हावा लगातार खराब हुँदै गइरहेको छ ।
दिल्लीका धेरै क्षेत्रमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४२२ पुगेको छ। जनता विषाक्त हावामा सास फेर्न बाध्य छन् । अवस्था यस्तो छ कि अहिले डाक्टरहरूले पनि प्रदूषणबाट बच्न सल्लाह दिन थालेका छन् । विशेष गरी बालबालिका, बृद्धबृद्धा र बिरामीहरूलाई बढी सजग रहन अपिल गरिएको छ ।
विगत केही दिनदेखि दिल्लीको एयर क्वालिटी इन्डेक्स लगातार खराब श्रेणीमा रेकर्ड भइरहेको थियो तर अहिले स्थिति थप खराब भएको छ। जताततै धुवाँ छ । बिहीबार राजधानीका धेरै क्षेत्रमा वायु गुणस्तर सूचक (एक्यूआई) ४ सयको स्तर नाघेर गम्भीर श्रेणीमा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार एक्यूआई ४ बजे ३९२ मा रेकर्ड गरिएको थियो भने यो सङ्ख्या एक घण्टा पछि गम्भीर श्रेणीमा आयो, त्यसपछि यो सङ्ख्या १० बजे सम्म ४२२ मा पुग्यो ।
जसका कारण केन्द्र सरकारको प्रदूषण नियन्त्रण योजनाको तेस्रो चरणअन्तर्गत दिल्लीमा हल्का कमर्शियल गाडी र डिजेलबाट चल्ने ट्रकको प्रवेशमा प्रतिबन्ध लगाइएको थियो। यससँगै दिल्लीका सबै निजी र सरकारी विद्यालयहरू आज र भोलि बन्द रहने भएका छन्। यससँगै निर्माणको काममा पनि रोक लगाइएको छ ।