काठमाडौँ, १७ कात्तिक । काठमाडौँमा जारी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको छ ।
फाइनल प्रवेश गर्ने दुई टिम विश्वकपमा छनोट हुने भएसँगै नेपाल विश्वकपमा छनोट भएको हो । युएईले दिएको १३५ रनको लक्ष्य पछ्याएको नेपालले १७.१ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो ।
नेपाललाई जिताउन आसिफ शेखले ५० बलमा ६३ रन जोडेर नट आउट रहे । कप्तान रोहित पौडेल पनि २१ बलमा ३५ रन जोडेर नट आउट रहे ।
यसअघि मुलपानीस्थित क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले पूरा ओभर खेल्दै ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।
नेपालका लागि कुशल मल्लले ३, सन्दीप लामिछानेले २ र सोमपाल कामी र रोहित पौडेलले समान एक एक विकेट लिए ।