Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
जब प्रहरीले फेला पारेको ९ लाख सबन्धित व्यापारीलाई बुझायो - Gyaan Ghar

Gyaan Ghar

Advertisement

जब प्रहरीले फेला पारेको ९ लाख सबन्धित व्यापारीलाई बुझायो

विशाल बस्नेत / न्युज कारखाना

महोत्तरी, १६ कात्तिक । प्याट्रोलिङ्गको क्रममा बर्दिबासमा प्रहरीले भेटाएको ९ लाख रुपैयाँ  जिम्मा लगाइएको छ ।

अनुसन्धानको क्रममा उक्त पैसा महतो किराना पसलका सञ्चालक जगदीश महतोको यकिन भएपछि  महतोलाई हस्तान्तरण गरिएको हो ।

उद्योग वाणिज्य सङ्घ बर्दिबासका अध्यक्ष विष्णु खडका, व्यवसायीहरू गुन्ज कार्की, ज्ञान बहादुर राउत, पत्रकार लगायतको रोहवरमा महतोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

कालो झोलाभित्र रहेको ९ लाख ५ सय ६२ रुपैयाँ महतोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए ।

कसरी फेला परेको थियो ?

गत ३ असोजको राती इलाका प्रहरी कार्यालय गौरिडाडाको प्रहरी विट भोला वसन्त चोकबाट प्रहरी जवान अजय मण्डल प्याट्रोलिङ्ग गरिरहेका थिए । प्याट्रोलिङ्गको क्रममा ५० मिटर पर महतो किराना पसल नजिक पुगेपछि उनले एउटा कालो झोला देखे ।

झोलालाई आफैले बोकेको लौरोले यताउता चलाए । खासै शङ्कास्पद नभएको अनुमान लगाएपछि सोही लौरोले ताने अनि खोलेर हेरे । खोलेर हेरेका मात्र थिए, झोलाभरि पैसा नै पैसा देखेपछि उनी झसङ्ग भए । तत्काल प्रहरी बिटका इन्चार्ज असई मनसुरी गदिलाई जानकारी गराए । गदिले इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवलाई जानकारी गराए ।

यादवले केही स्थानीयहरूको रोहवरमा पैसा गन्नु र गनेको पैसाको भिडियो पनि बनाउन निर्देशन दिए । गन्ने क्रममा महतो किराना पसलको केही बिलहरू पनि भेटिए । पैसा गनिसक्दा जम्मा ९ लाख ५ सय ६२ रुपैयाँ रहेको यकिन भयो । भोलीपल्ट बिहान ९ लाख भेटाएको विषयमा निक्कै खैलाबैला भयो । महतो किराना पसलको केही आधारहरू देखिए पछि स्थानीयहरूले महतोलाई पनि जानकारी दिए ।

हप्ता दिनसम्म महतोबाहेक दाबी गर्न नआएपछि प्रहरीले उनको पैसा भएको निष्कर्ष निकाल्दै सोमवार पैसा जिम्मा लगाएको हो ।

महतो भन्छन् : प्रहरी मेरा लागी भगवान् जस्तै बने

पैसा हराएको थाहा पाएदेखि निक्कै चिन्तित बनेका महतोले प्रहरीको इमानदारिता माथि नतमस्तक भएको बताए ।

`व्यापार भएको पैसा र अन्य पैसा भोलिपल्ट बैङ्कमा राख्ने भनेर स्टाफलाई भनेको थिए, झोला त बिर्सेर बाहिर नै छाडेछु,´ उनले भने ।

पैसा यदि प्रहरीले बाहेक अरूले भेटाएको भए भेट्न निक्कै मुस्किल पर्ने बताउँदै उनले यो खुसीयालीमा प्रहरी विट तथा केही भौतिक संरचना बनाइदिने घोषणा गरेका छन् । २५ हजार बराबरको प्रहरीको लागि संरचना बनाइदिने महतोले बताए ।

व्यापार मन्दीको यो समयमा त्यति ठुलो रकम फेला पार्ने प्रहरी जवान मण्डललाई उनले धन्यवादसमेत दिएका छन् ।  प्रहरीले सर्वसाधारणको साथी मात्र हैन, गतिलो भरोसा हो भन्ने विषयलाई प्रहरी जवानले देखाएको  जिम्मेवारीप्रतिको इमानदारिताले प्रमाणित गरेको स्थानीयहरूको तर्क छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...