Gyaan Ghar

Advertisement

राष्ट्रसङ्घीय महासचिव गुटेरेसको सुरक्षामा खटिएका असईको लेक लागेर मृत्यु

काठमाडौँ, १५ कात्तिक । नेपाल भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सुरक्षाका लागि खटिएका प्रहरी सहायक निरीक्षक (असई) टीकाराम ढुङ्गानाको लेक लागेर मृत्यु भएको छ ।

गत १२ कात्तिकमा महासचिव गुटेरेसको सुरक्षाको लागि अन्नपूर्ण हिमालको आधार शिविर पुगेका उनको बुधवार बिहान मृत्यु भएको छ । गत आइतबार महासचिव गुटेरेसको सुरक्षाका लागि उनीसँगै ढुङ्गाना हेलिकोप्टरमा अन्नपूर्ण हिमालको आधार शिविर पुगेका थिए ।

तर, सोही दिन गुटेरेस हेलिकोप्टरमै फर्किए पनि असई ढुङ्गाना भने हिँडेर फर्किदा लेक लागेको हो ।

मङ्गलवार राति  हिमालय भन्ने ठाउँमा पुगेपछि असई ढुङ्गानालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो र बुधवार हेलिकोप्टरमा पोखरा ल्याउँदा निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...