Gyaan Ghar

Advertisement

आरक्षणको माग राखी महाराष्ट्रमा मराठा आन्दोलन चर्कियो, समर्थनमा दुई सांसदले दिए राजीनामा

मुम्बई, १४ कार्तिक । महाराष्ट्रमा मराठा आरक्षणको आन्दोलन चर्किएको छ ।

सोमबार मात्रै आन्दोलनकारीले राष्ट्रवादी काँग्रेसका विधायक प्रकाश सोलंकेको घर र बीडस्थित एनसीपीको कार्यालयमा आगजनी गरेका छन् ।

आन्दोलनकारीको एक समूहले नगरपालिकाको भवनको पहिलो तल्लामा समेत आगजनी गरेको थिए । गङ्गापुरमा भाजपा विधायक प्रशान्त बम्बको कार्यालयमा तोडफोड भएको छ। यससँगै सुरक्षा कारणले बीडमा धारा १४४ लगाइएको छ भने इन्टरनेट पनि ४८ घण्टाका लागि बन्द गरिएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार मराठा समुदायले आरक्षणको माग गर्दै महाराष्ट्रको जालनामा अनिश्चित कालीन अनशनमा बसेका सामाजिक कार्यकर्ता मनोज जरांगेले स्वास्थ्य परीक्षण गराउन अस्वीकार गरेका छन् ।

पीटीआईसँग कुरा गर्दै जालनाका कार्यवाहक सिभिल सर्जन डा. प्रताप घोडकेले लामो समयसम्म खाना नखाँदा उनीहरूको महत्त्वपूर्ण अङ्ग र स्वास्थ्यमा असर पर्ने बताए।

एकनाथको शिव सेनाका दुई सांसदले मराठा आरक्षणको समर्थनमा राजीनामा दिएका छन्। महाराष्ट्रका हिंगोली सांसद हेमन्त पाटिलले सोमबार नयाँ दिल्लीको लोकसभा सचिवालयमा आफ्नो राजीनामा बुझाएका छन्। नासिकका सांसद हेमन्त गोडसेले मुख्यमन्त्री एकनाथ शिन्देलाई राजीनामा पठाएका छन् ।

काँग्रेस, उद्धव ठाकरेको शिव सेना र शरद पवारको एनसीपी सम्मिलित महाविकासको एक प्रतिनिधिमण्डलले राज्यपाल रमेश बैसलाई भेटेको छ । यस क्रममा एमबिएले मराठा आरक्षण सम्बन्धी आन्दोलनमा आवश्यक सुझाव दिन माग गर्‍यो। यस बैठकमा काँग्रेस नेता नाना पटोले, अशोक चव्हाण, अभिजित वंजारीलगायत धेरै नेताहरू उपस्थित थिए।

महाविकास अघाडी (एमबिए) को प्रतिनिधिमण्डलले गभर्नर रमेश बैसलाई भेटेर विभिन्न माग राखेको थियो । यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको व्यवस्थापिकाको विशेष अधिवेशन बोलाएर राष्ट्रपति द्रौपर्दी मुर्मा र प्रधानमन्त्री नरेन्द्रसँग कुरा गर्न राज्यपाल रमेश बैसलाई अपिल गर्नु हो। मनोज जरांगे पाटिलको स्वास्थ्य निकै नाजुक छ । यस्तो अवस्थामा जतिसक्दो चाँडो यो समस्या समाधान गर्नुपर्छ । सरकारले विशेष अधिवेशन बोलाउनु अघि आरक्षण कानुनको मस्यौदा सार्वजनिक गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...