health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

लिस्वन, अमेरिका, ११ कार्तिक । अमेरिकामा १८ जनाको गोली हानि हत्या गर्ने कुख्यात अपराधी मृत अवस्थामा फेला परेका छन ।
लिस्वनको मेन सहरमा भएको गोली काण्डमा १८ जनाको हत्या र १३ जनालाई घाइते बनाउने अभियुक्त मृत अवस्थामा फेला परेका हुन ।
सिएनएनका अनुसार गत बुधवार भएको गोली काण्डपछि फरार रहेका उनी शुक्रवार मृत अवस्थामा फेला परेका छन । सिएनएनका अनुसार उनले आफैले गोली हानेको अवस्थामा भेटिएका थिए ।
समाचार अनुसार अभियुक्त रोबर्ट कार्डको शव लिस्बन नजिकैको जङ्गलमा फेला परेको थियो, जहाँबाट बुधवार साँझ लुइस्टनमा गोली हानाहान भएको थियो । उनको शव गोली हानाहान भएको क्षेत्र भन्दा करिब ८ माइल टाढा फेला परेको हो । उनको शव फेला परेको स्थान रिसाइक्लिंग प्लान्टको नजिक रहेको छ ।
बुधवार साँझको लेविस्टनको बलिङ्ग गल्ली र रेस्टुरेन्टमा भएको गोलाबारी पछि उनी बेपत्ता भएका थिए, जसलाई खोज्नका लागि प्रहरीले दुई दिनसम्म कठिन मेहनत गरेको थियो । सो गोली काण्ड मच्चाए पछि बेपत्ता भएका उनले पुनः हमला गर्न सक्ने भन्दै सो क्षेत्रका आश्रय स्थल, स्कुल र व्यवसायहरूसमेत बन्द गराइएको थियो ।
गत वर्ष टेक्सासको उभाडेको एक विद्यालयमा भएको नरसंहार पछिको यो हमला सबैभन्दा घातक अमेरिकी सामूहिक गोली बारीको रूपमा हेरिएको छ ।
उनको मृत शरीर फेला परे पछि अमेरिकी अधिकारीहरूले राति १० बजे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताएका छन् ।