health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

गाजा, १० कार्तिक । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधवार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो ।
जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ ।
इजरायली आक्रमणमा ज्यान गुमाउनेको कुल सङ्ख्या ७,०२८ रहेको जनाइएको छ ।
अल जजिराका अनुसार प्यालेस्टिनी अधिकारीहरूलाई उद्धृत गर्दै गाजामा ज्यान गुमाएकामध्ये करिब ३ हजार बालबालिका पनि रहेको बताएको छ ।
एकै समयमा इजरायलमा हमासको आक्रमणमा १४०० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए, जबकि गाजामा २२० भन्दा बढी मानिसहरू अझै पनि बन्धक रहेका छन्।
उता, अल जजीराका अनुसार हमासको सैन्य शाखा कासिम ब्रिगेडले आफ्नो टेलिग्राम च्यानलमा एक विज्ञप्तिमार्फत इजरायली हमलाका कारण करिब ५० इजरायली बन्धक मारिएको अनुमान गरेको छ। उसका अनुसार इजरायलले दानव शैलीमा गरेको हमलामा परी हमासका बन्धक भएका ५० इजरायलीलाई मारेको उसको जिकिर रहेको छ ।
इजरायली सेनाले दाबी गर्दै आएको छ कि हमासले गाजा पट्टीमा कम्तीमा २२४ मानिसहरूलाई बन्धक बनाएको छ।
यसैबिच, रुसको सरकारी समाचार एजेन्सी आरआईएका अनुसार हमासको प्रतिनिधिमण्डल मस्को भ्रमणमा रहेका छन् । एजेन्सीले प्यालेस्टिनी प्रतिनिधिमण्डलको एक स्रोतलाई उद्धृत गर्दै मस्को भ्रमण गर्नेहरूमा हमासका वरिष्ठ सदस्य अबु मारजुक पनि थिए।
रसियाको इजरायल, इरान, प्यालेस्टिनी प्राधिकरण र हमास लगायत मध्यपूर्वका सबैसँग राम्रो सम्बन्ध रहेको छ।