Gyaan Ghar

Home

Advertisement

एनआरएनएको भावी नेतृत्वका लागि आज निर्वाचन हुँदै

Advertisement

काठमाडौँ, २ कार्तिक ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को भावी नेतृत्वका लागि आज निर्वाचन हुदैँछ ।

आजबाट सुरु हुने मतदानले भावी अध्यक्षमा बद्री केसी, महेश श्रेष्ठ र आरके (राजेन्द्र कुमार) शर्मा मध्य एकलाई नेतृत्वमा चयन गर्नेछ । अध्यक्षका प्रत्याशी यी तीनै जना उम्मेदवारले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

जसका कारण नयाँ नेतृत्व चयनका लागि नेपालमा रहेका एनआरएनएका प्रतिनिधिहरूले आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान गर्ने गरी व्यवस्था मिलाइएको छ । विदेशमा रहेका एनआरएनए प्रतिनिधिले भने गए राति देखि नै अनलाइन भोटिङ गरिरहेका छन् ।

निर्वाचन समितिका अनुसार अनलाइनबाट मतदान गर्नका लागि चौबीस घण्टाको समय सीमा तोकिएको छ ।

जारी महाधिवेशनमा ४ हजार २ सय २७ प्रतिनिधिहरूले मतदान गर्न पाउने छन्, जसमध्ये झन्डै ९ सय प्रतिनिधि भने नेपाल आएकाले उनीहरूले यतैबाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।

एनआरएनएको जारी ११ औँ महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित आठ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र कोषाध्यक्षसहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ ।

एनआरएनएमा सो ७४ पदका लागि संसार भरबाट एक सय २० जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये अध्यक्षका लागि ३ जना, ६ जना उपाध्यक्षका लागि १८ जना र एक महासचिवका लागि दुई जना बिच प्रतिस्पर्धा हुँदै छ । दुई उपमहासचिवमा पाँच जनाले र ६ सचिव पदका लागि १५ जनाले उम्मेदवारी दिएको जनाइएको छ ।

अध्यक्षमा चार जनाले उम्मेदवारी दर्ता गराएको भए पनि अन्तिम समयमा अध्यक्षको एक मात्र महिला प्रत्याशी रविना थापाले आफ्नो उम्मेदवारी फिर्ता लिएर अर्का उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गरेकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

१७ मंसिर, तेल अहिब । इजरायली अधिकारीले गाजामा युद्ध पछिको बफर जोनको योजनाको पुष्टि गरेको छ । एक इजरायली अधिकारीले युद्ध पछि भवि...
राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ १...
तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

१७ मंसिर, दैलेख  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेक...
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search