Gyaan Ghar

Home

Advertisement

नेपाली कला र गीतसङ्गीतका चार स्रष्टा सम्मानित

Advertisement

 

काठमाडौँ, ३० असोज । साहित्यिक क्षेत्रमा ३० वर्षदेखि क्रियाशील संस्था श्री लुनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले तीन वरिष्ठ सर्जकलाई सम्मान गरेको छ।

सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मनीषा कोइरालाले ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ तन्त्र विद्याका विद्वान प्रा. विद्यानाथ उपाध्याय भट्टलाई, ‘सरस्वती सम्मान’ साहित्यकारहरू डा. विष्णु विभु घिमिरे र साहित्यकार लक्ष्मण नेवटियालाई र ‘नारायण गोपाल सङ्गीत सम्मान’ गायिका झुमा लिम्बूलाई समर्पण गरिन्।

उक्त अवसरमा मनीषा कोइरालाले साहित्यकार तथा कलाकारहरूले आफ्नो पीडा आफ्नो कला र साहित्यिक क्षमतामार्फत प्रस्तुत गर्ने गरेको बताउँदै सर्जकहरूलाई प्रोत्साहित गर्दै आएकोमा प्रशंसा गरिन्।

कला मन्दिरका संरक्षक वसन्त चौधरीले यो संस्था ३० वर्षपछि आफ्नो छोरीको जिम्मामा छोडेको भन्दै सबैबाट उस्तै सहयोग मिल्ने अपेक्षा गरे।

कार्यक्रममा प्रा.डा. उषा ठाकुरको ‘विचार र विश्लेषण’ तथा कवि लक्ष्मण नेवटियाको कविता कृति ‘व्यङ्ग्य धाम’को विमोचन गरियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

२३ मंसिर, न्युयोर्क। भारतीय  प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षण...
सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

२३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न न...
कमल एक्चैले आलिङ्गन बनाऊँदै

कमल एक्चैले आलिङ्गन बनाऊँदै

२३ मंसिर, काठमाडौं । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष ...
जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम

जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम

२३ मंसिर, जयपुर। राजस्थानको राजधानी जयपुर आफ्नो मसालेदार स्वादका लागि विश्वभर प्रसिद्ध छ। त्यसैगरी, जाडोमा जयपुरका हरेक क्षेत...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search