Gyaan Ghar

Home

Advertisement

गाजामा आक्रमणपछि ३ लाख ३८ हजार मानिस विस्थापित

Advertisement

 

तेल अहिब, २५ असोज । इजरायल– हमास युद्ध जारी रहेको छ ।

यसै बिचमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बुधवार एक विज्ञप्तिमार्फत हमास लडाकुहरूलाई समाप्त गर्न आह्वान गरेका छन्।

उनले भने, ‘प्यालेस्टिनी आतंकवादी समूहका सबै आतंककारीहरूको मृत्यु निश्चित छ।’

गत शनिवार हमासले इजरायलमा अचानक आक्रमण गरेपछि पहिलो पटक नेतान्याहुले हमासलाई समाप्त गर्ने कुरा गरेका हुन ।

उनले भने, ‘हमास दाएस (इस्लामिक स्टेट समूह) जस्तै हो, जसरी विश्वले दाएसलाई नष्ट गर्‍यो, हामी तिनीहरूलाई नष्ट गर्नेछौँ।’

इजरायलका रक्षा मन्त्री योभ गालान्टले भने,  ‘हामी हमासलाई पृथ्वीबाट मेटाउने छौँ ।’

उता, नेतान्याहुले आफ्नो राजनीतिक मतभेदलाई अस्थायी रूपमा पन्छाएर युद्धको बिचमा विपक्षीहरूलाई सरकारमा समावेश गरेका छन्। यस नयाँ आपत्कालीन सरकारमा पूर्व रक्षा मन्त्री बेनी गान्ट्जलाई पनि समावेश गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घको तथ्यांकअनुसार इजरायलले गाजामा गरेको आक्रमणपछि अहिलेसम्म ३ लाख ३८ हजार मानिस विस्थापित भएका छन् ।

बिबिसीका अनुसार इजरायलले हमासको कब्जामा रहेको गाजा पट्टी क्षेत्रमा करिब ३ लाख रिजर्भ फोर्स तैनाथ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

१७ मंसिर, तेल अहिब । इजरायली अधिकारीले गाजामा युद्ध पछिको बफर जोनको योजनाको पुष्टि गरेको छ । एक इजरायली अधिकारीले युद्ध पछि भवि...
राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ १...
तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

१७ मंसिर, दैलेख  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेक...
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search