Gyaan Ghar

Home

Advertisement

इजरायली प्रधानमन्त्रीले भने, ‘युद्ध तिनीहरूले सुरु गरे, यसको अन्त्य हामी गर्नेछौँ’

Advertisement

 

तेल अबिब, २३ असोज । इजरायल र प्यालेस्टाइनबीच अक्टोबर ७ देखि युद्ध जारी छ ।

 

यी ३ दिनमा गाजा र वेस्ट बैङ्कमा युद्धका कारण ७०४ जनाको मृत्यु भएको छ भने २ हजार ६१६ जना घाइते भएका छन् जबकि इजरायलमा ९०० जनाको मृत्यु भएको छ भने ३८०० जना घाइते भएका छन् ।

 

यसैबिच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमासलाई कडा चेतावनी दिँदै ‘यो युद्ध इजरायलले सुरु गरेको होइन, हामी अन्त्य गर्नेछौँ’ भनेका छन् ।

 

हमासले युद्ध सुरु गरेपछि इजरायलले ३ लाख सैनिक परिचालन गरेर बदला लिने भएको छ । टाइम्स अफ इजरायलका अनुसार सन् १९७३ को योम किप्पुर युद्धमा इजरायलले ४ लाख रिजर्भ सैनिक बोलाएको थियो ।

 

इजरायलका प्रधानमन्त्री नेतन्याहुले सम्बोधनमा भने, ‘इजरायल युद्धमा छ। हामीले यो युद्ध चाहेका थिएनौँ। यो सबैभन्दा क्रूर तरिकाले सुरु भएको थियो। यद्यपि इजरायलले यो युद्ध सुरु गरेको होइन, यो युद्ध अब इजरायलले यसलाई अन्त्य गर्नेछ।’ हमासमाथि हमला गर्दै प्रधानमन्त्री नेतन्याहुले यसका लागि आफूहरूले मूल्य चुकाउनु पर्ने र यसलाई लामो समयसम्म सम्झिने बताएका छन् ।

 

उनले भनेका छन् कि हमासले इजरायल माथि हमला गरेर ऐतिहासिक गल्ती गरेको बुझ्ने छ । ‘हामी तिनीहरू र इजरायलका अन्य शत्रुहरूले आउने दशकहरूमा सम्झने मूल्य निर्धारण गर्नेछौँ,’ उनले चेतावनीको भाषामा भने ।

बन्धकहरूको दुर्दशामा बोल्दै प्रधानमन्त्री नेतन्याहुले निर्दोष इजरायलीहरू विरुद्ध हमासले गरेको क्रूर आक्रमणहरू स्तब्ध पार्ने बताएका छन्। उनीहरूले घरभित्र पसेर परिवारको हत्या गरे, चाडपर्वमा सयौँ युवाको हत्या गरे, बालबालिका र वृद्ध वृद्धाहरूलाई अपहरण गरे। यो सबै बर्बरता हो। उनले हमासलाई आईएसआईएससँग तुलना गर्दै आफ्नो पराजयका लागि तयार हुन चेतावनी दिए ।

 

यस बाहेक उनले आफ्नो सम्बोधनमा अमेरिकी राष्ट्रपति जो बाइडेन र अन्य विश्व नेताहरूलाई सहयोगको लागि धन्यवाद पनि दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत

२३ मंसिर, न्युयोर्क। भारतीय  प्रधानमन्त्री मोदी देशमा मात्र नभई विश्वभर निकै लोकप्रिय छन् । मर्निङ कन्सल्टले गरेको सर्वेक्षण...
सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली

२३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न न...
कमल एक्चैले आलिङ्गन बनाऊँदै

कमल एक्चैले आलिङ्गन बनाऊँदै

२३ मंसिर, काठमाडौं । निर्देशक कमल एक्चै मगरको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘आलिङ्गन’ को औपचारिक घोषणा गरिएको छ। गत बर्ष ...
जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम

जयपुरमा बनाइन्छ विश्वकाे सबैभन्दा ठुलाे पराठा, एक्लै खानसक्नेलाई १ लाख इनाम

२३ मंसिर, जयपुर। राजस्थानको राजधानी जयपुर आफ्नो मसालेदार स्वादका लागि विश्वभर प्रसिद्ध छ। त्यसैगरी, जाडोमा जयपुरका हरेक क्षेत...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search