health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

हेटौडा, २२ असोज । लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ परेका छन् ।
मनहरी गाउँपालिका–६ स्थित नयाँबस्तीमा लागू औषधसहित ५ जना पक्राउ परेका हुन । उनीहरूसँग स्रोत नखुलेको ८ लाख रुपैयाँ पनि जफत गरिएको छ ।
यसरी पक्राउ पर्नेहरूमा मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० वर्षीय रामचन्द्र गोले र २० वर्षीय दालबहादुर मोक्तान, कैलाश गाउँपालिका–८ बस्ने ३१ वर्षीय विकास मोक्तान र ३५ वर्षीय रामबहादुर स्याङबो तथा पर्सा ठोरी गाउँपालिका–८ बस्ने ३२ वर्षीय जित बहादुर चापागाईँलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार जिल्ला प्रहरी र मनहरी प्रहरीको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो । उनका अनुसार प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकलसहित ६ सय २ बोतल कोडिन फास्फेट, २० ग्राम चरेस र ८ लाख रुपैयाँ नगद बरामद गरिएको छ ।