health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
काठमाडौँ, २१ असोज । नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ । यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अस्ट्रेलिया, अमेरिका, जापान, बेलायत, मध्यपूर्व लगायतका देशमा बजार बलियो भइरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन् ।
दर्शक बढाउने काम केही चलचित्रहरूले गरेका छन् । ती मध्येको एक हो ,‘जात्रा’ शृङ्खला । षट्कोण आर्ट्सले निर्माण गरेको चलचित्रहरूले अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेको छ । त्यहीँ कारण उक्त कम्पनीले निर्माण गर्ने आगामी चलचित्र ‘महाजात्रा’ निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकांश देशमा प्रदर्शन अधिकार विक्री भइसकेको छ ।
अस्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’ को भारत बाहेकका लागि प्रदर्शन अधिकार खरिद गरेका छन् । उनले कथाले पूर्णता नपाउँदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ शृङ्खला प्रति दर्शकमा रहेको विश्वासलाई मुख्य कारण देखाए ।
‘जात्राका दुवै शृङ्खलाले दर्शकको मन जितेको छ । अन्य चलचित्रको प्रदर्शनीको समयमा समेत जात्राको आगामी शृङ्खला कहिले आउँछ ? भन्ने जिज्ञासा सुनिन्छ । त्यहीँ कारणले पनि मैले निर्माण पक्षलाई दर्शकको भावना सुनाए । उहाँहरूले निर्माण तय गरेर लेखनकै क्रममा हुँदा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेँ’, वितरक थापाले भने,‘मैले खरिद गरेको थाहा भएपछि धेरैले मसँग अधिकांश देशमा प्रदर्शन अधिकार खरिद गरिसक्नु भएको छ । सबैले मेकर्सलाई विश्वास गर्नुभएको छ, साथै जात्राको अघिल्लो शृङ्खलाले बनाएको ब्रान्डको विश्वसनीयता पनि हो ।’
वितरक थापाले प्रवासमा रहनुभएका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँ लगायतको समूहलाई निर्धक्क विश्वास गर्ने भएकाले अहिलेसम्मकै महँगो मूल्य तिरेर प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिए ।
‘चलचित्रको कति मूल्य पर्यो भन्दा पनि यसले उचित मूल्य पाएको छ । मैले यसका पछिल्ला शृङ्खलाले गरेको व्यापार र प्रवासमा वितरक र दर्शकको माग बुझेर अहिलेसम्मकै महँगो मूल्यमा खरिद गरेको हुँ । मैले जुन विश्वासले चलचित्र किने, त्यहीँ विश्वासले मसँग अधिकांश देशका वितरकले खरिद गरिसकेका छन् । त्यसले पनि महाजात्रालाई लिएर दर्शक कति प्रतीक्षित छन् भन्ने प्रस्ट्याउँछ । मैले कहीँ कतै किनिदेऊ भनेको छैन, चलचित्र नपाउने साथी रिसाएका छन्’, वितरक थापाले भने ।
उनले जापान, हङ्गकङ्ग, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अस्ट्रेलिया, युरोपमा चलचित्र नेपालकै मिति चैत्र ९ मा प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिए । वितरक थापाले ‘महाजात्रा’ मार्फत केही नयाँ देशहरूमा नियमित चलचित्र प्रदर्शनको सुरुआत हुने समेत जानकारी गराए ।
विशेषतः विदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवार नै साथै आउने गरेका छन् । चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ निर्माण हुन् लागेको बताए ।
‘हाम्रो पछिल्लो चलचित्र जात्रै जात्रा इन्टरनेट रिलिज भएपछि अधिकांश दर्शकले सामाजिक सञ्जालमार्फत आगामी शृङ्खला ल्याउन आग्रह गर्दै जिज्ञासा राख्नु हुन्थ्यो । हामीलाई दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले शृङ्खलालाई निरन्तर दिन हौसाएको हो’, कार्यकारी निर्माता बानियाँले भने,‘हामीले शृङ्खला थप्न हतार गरेनौँ । अहिले कथा अगाडी बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि काम अगाडी बढाएका छौँ ।’
उनले अन्तर्राष्ट्रिय वितरकले गरेको विश्वास र दर्शकले दिएको मायाले पछिल्ला शृङ्खलाको तुलनामा बलियो हुनुपर्ने दायित्व महसुस भएको बताए । ‘हामीले सानो रूपमा सुरु गरेको जात्रासँग अहिले दर्शकको भावनात्मक सम्बन्धन जोडिएको छ । यसले गर्ने व्यापार, प्रवासको बजार लगायतले हाम्रो मात्र नभई अन्य नेपाली चलचित्रलाई पनि टेवा पु¥याउने छ भन्नेमा विश्वास छौँ’, कार्यकारी निर्माता बानियाँले भने ।
आपत्कालीन आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्कासँगै यस पटक हरिवंश आचार्य जोडिनुभएको छ । दर्शकको विश्वास जितेर एकपछि अर्को सफलता प्राप्त गर्दै नयाँ रेकर्ड बनाइरहेको ‘जात्रा’ शृङ्खलाको आगामी चलचित्र ‘महाजात्रा’ लाई म्याक्स दीपेश खत्री र यज्ञेश्वर पौडेलले निर्माण गर्नेछन् । प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेको चलचित्रको छायाङ्कन दसैँ लगत्तै सुरु हुनेछ ।