Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु - Gyaan Ghar

Gyaan Ghar

Advertisement

लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु

लुम्बिनी, २० असोज । लुम्बिनीमा विश्व बौद्ध संस्कृति प्रदर्शनी सुरु भएको छ । बौद्ध दर्शन र संस्कृतिका प्रवर्द्धन गर्ने उद्देश्यसहित शुक्रवारबाट प्रदर्शनी सुरु भएको हो ।

लुम्बिनी बौद्ध विश्वविद्यालय, लुम्बिनी विकास कोष तथा बेल्ड एण्ड रोड इनिसेटिभको संयुक्त आयोजनामा भएको बौद्ध संस्कृति सम्मेलन तथा बिआरआईको १० औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा बोल्दै बेल्ड एण्ड रोडको अवधारणाले बौद्ध संस्कृति प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पु¥याउने बताए । चिनिया बौद्ध भिक्षु यात्रीहरू फाइयान तथा ह्वेन साङले यात्रा गरेको क्षेत्रमा सिल्क रोडको विकास अवधारणा बनेको वक्ताहरूले बताए ।

कार्यक्रममा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपालिले बौद्ध पुरातत्त्व तथा स्थलसहित संस्कृतिको विकासमा चिनिया यात्रीहरूको ऐतिहासिक भूमिका रहेको भन्दै त्यो रुटको विकासले नेपाल, चीन तथा भारतको बौद्ध संस्कृतिलाई जोड्ने बताइन् ।

उनले बिआरआईले नेपालको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताइन् । ‘प्रधानमन्त्रीज्यूको भर्खरको चीन भ्रमणमा पनि बिआरआई कार्यान्वयनमा जोड दिइएको छ, उनले भनिन्, ‘व्यापार, देशहरूबिच साझेदारी तथा बौद्ध संस्कृतिको विकासमा यो परियोजना महत्त्वपूर्ण हुनेछ ।’ तीन संस्थाको आयोजनामा भएको बौद्ध संस्कृति प्रदर्शनीले लुम्बिनीबाट उद्गम भएको बौद्ध दर्शनको प्रवर्धनमा टेवा पुग्ने बताइन् ।

बिआरआईले १० औँ वार्षिकोत्सवको अवसरमा लुम्बिनीमा कार्यालय स्थापना समेत भएको छ । चीनको यो महत्त्वपूर्ण परियोजनामा नेपालले सन् २०१७ मे १२ मा हस्ताक्षर गरेको थियो । क्षेत्रीय एकीकरणमा सुधार गर्दै रेल्वे, सडक, पूर्वाधार विकासमा साझेदारी गर्ने योजना यो परियोजनाको छ ।

सो कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्याहरक्याल लामाले सिल्क रोड मार्फत सांस्कृतिक र आर्थिक विकास गर्नुपर्ने भन्दै बिआरआई परियोजना छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिए । शान्ति र सद्भावमय विकासका लागि बौद्ध दर्शनलाई आत्मसाथ गर्नुपर्ने भन्दै मुलुकका हरेक विकासका कार्यहरूले शान्ति निम्त्याउने काम गर्नुपर्ने उनले बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य बौद्ध दर्शनको व्यवहारिक अनुसरण आवश्यक रहेको भन्दै बौद्ध संस्कृति प्रदर्शनी नियमित गरिरहन आवश्यक रहेको बताए ।

लुम्बिनीस्थित चिनियाँ मोनाष्ट्रीका प्रमुख ताओ युएले बुद्ध युनिभर्सल भएकाले यिनको दर्शनको प्रवर्धन र अनुसरणमा पनि विश्वले काम गर्नुपर्ने बताए । भियतनामी टेम्पलका प्रमुख डा. लामाले बुद्ध जन्मस्थल हुनु नै नेपालका लागि गौरवको विषय भएको बताए । यी क्षेत्रका पहिचानमा चिनिया यात्रीहरूको भूमिकालाई बिर्सन नहुने उनको भनाई छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले बौद्ध शिक्षालाई सरकारले केन्द्रमा राख्न नसकेको भन्दै राज्यको प्रमुख निकायमा रहेका व्यक्तिहरूले विशेष ध्यान दिनुपर्ने बताए । भिक्षु महासङ्घका निग्रोध महाथेरले कैयौँ बौद्ध दार्शनिकहरू सिल्क रोड हुँदै नेपाल, चीन, भारत भ्रमण गरेको बताए । उनले यो क्षेत्र निकै महत्त्वपूर्ण रहेकाले बिआरआई परियोजनामार्फत विकास हुनुपर्ने बताए ।

बौद्ध भिक्षु महासङ्घका सचिव भिक्षु धर्मगुप्तले बौद्ध ग्रन्थको विकासमा चीनको महत्त्वपूर्ण भूमिका रहेको साथै सांस्कृतिक विकासका कार्यक्रम निरन्तर हुनुपर्ने बताए । आईसिसिआर चियर प्रोफेसर बिमलेन्द्र कुमारले सिल्क रोड बौद्ध संस्कृतिसँग आबद्ध रहेको भन्दै ह्वेनसाङ सहितका यात्रीहरूले बौद्ध धर्मको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्राध्यापक भिक्षु बजिरले बौद्ध संस्कृतिको प्रदर्शनीले बौद्ध दर्शनलाई बुझ्न सहयोग गर्ने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्र संयोजक डा. कुमार खड्काका अनुसार प्रदर्शनीमा बौद्ध संस्कृतिका विषयमा विभिन्न कार्यपत्रहरू प्रस्तुत भएको र विज्ञहरूले छलफल गरेको बताए ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...