Gyaan Ghar

Home

Advertisement

ओलीले भने, ‘सोचेको कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो’

Advertisement

काठमाडौँ, २० असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्णको सो हेरेर आफू प्रफुल्लित भएको बताएका छन् ।

हिजो साँझ काठमाडौँमा ‘मदनकृष्णको मुड’ नामक कार्यक्रममा सहभागी भए पछि आफूले सोचे झैँ भएको बताएका हुन् ।

‘कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ, हिजो त्यस्तै भयो,’ उनले लेखेका छन्, ‘हाम्रा प्रख्यात कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने, हेर्ने मौका मिल्यो, उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो ।’

सो कार्यक्रममा ओलीसहित पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, सन्दुक रुइतलगायत शीर्ष नेताहरूको उपस्थित रहेको थियो । सो कार्यक्रम हेरेर फर्के पछि आज बिहान ओलीले लेखेका छन्, ‘मदनकृष्णको मुडसँगै महत्त्वपूर्ण भेटघाटको पनि अवसर जुर्‍यो, शुभ बिहानी ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

१७ मंसिर, तेल अहिब । इजरायली अधिकारीले गाजामा युद्ध पछिको बफर जोनको योजनाको पुष्टि गरेको छ । एक इजरायली अधिकारीले युद्ध पछि भवि...
राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ १...
तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

१७ मंसिर, दैलेख  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेक...
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search