अन्धविश्वास कुरीति एवम् कुसंस्कारका विरुद्ध वैज्ञानिक र मानवतावादी चेतनाका पक्षमा क्रियाशील रहेका नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह ‘वंश रत्न मानवतावादी सम्मान २०७८’, मानवतावादी राजनीतिक विश्लेषक श्याम श्रेष्ठ ‘वंश रत्न मानवतावादी सम्मान २०७९’, र भारतीय विख्यात वैज्ञानिक मानवतावादी अभियन्ता प्राध्यापक डा. नरेन्द्र नायकलाई ‘वंश रत्न मानवतावादी सम्मान २०८०’ बाट सम्मानित गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ र सम्मान पत्र रहेको छ ।