Gyaan Ghar

Advertisement

फोक्सोको क्यान्सरको उपचार गर्ने रोबोट निर्माण

 

लन्डन, १६ साउन । युनिभर्सिटी अफ लीड्सका वैज्ञानिकहरूले फोक्सोको क्यान्सरको उपचारमा ठुलो उपलब्धि हासिल गरेका छन्।

अन्वेषकहरूले २ मिलिमिटर व्यास भएको रोबोट विकास गरेका छन्, जसले गहिराइमा गएर क्यान्सरको लक्षण पत्ता लगाउन र उपचार गर्न सक्षम रहेको जनाइएको छ । चुम्बकद्वारा नियन्त्रित अल्ट्रा सफ्ट टेन्टेकल रोबोटले सबैभन्दा सानो ब्रोन्कियल ट्युबमा पुगेर उपचार प्रदान गर्न सक्छ।

यो रोबोट लीड्सको स्ट्रोम ल्याबका डाक्टर, वैज्ञानिक र इन्जिनियरहरूले बनाएका हुन्। यो खोजले क्यान्सरको सबैभन्दा सही उपचारमा सहयोग पुग्ने वैज्ञानिकहरूको विश्वास छ । अन्वेषकहरूले रिपोर्ट गरे कि शवको फोक्सोमा परीक्षणको क्रममा यो रोबोटले हाल उपलब्ध उपकरणहरू भन्दा ३७ प्रतिशत बढी गहिराइमा गएर क्यान्सर पत्ता लगाएको छ। यस यात्राको क्रममा यसले यसको तन्तुलाई धेरै कम क्षति पुर्‍याउँछ।

युरोपेली रिसर्च काउन्सिलद्वारा वित्त पोषित यो अनुसन्धान जुलाई २७ मा इन्जिनियरिङ कम्युनिकेसन्समा प्रकाशित भएको थियो। यो मानव इतिहासका लागि निकै क्रान्तिकारी साबित हुन सक्ने ल्याब निर्देशक प्रोफेसर पिट्रो भल्दस्त्रीले बताए । यसमा तीन सुविधाहरू छन्, पहिलो सटीक उपचार, दोस्रो धेरै नरम र तेस्रो यो पूर्ण रूपमा चुम्बकद्वारा नियन्त्रित छ।

म्याग्नेटिक टेन्टेकल रोबोटले बायोप्सीको क्रममा फोक्सो भित्रको नेभिगेसनलाई उत्कृष्टताका साथ प्रदर्शन गर्‍यो। रोबोटले स्वस्थ अङ्गलाई नोक्सान नगरी ट्युमर सेललाई मात्र लक्षित गरे पछि उनीहरू चकित भएका थिए ।

अर्कोतर्फ, प्रतिवेदनका सह लेखक डा जियोभन्नी पिटिग्लियोले लीड्स विश्वविद्यालयमा पिएचडी गर्ने क्रममा आफूले एउटा अनुसन्धान गरेको बताए, जसमा बिरामीलाई न्यूनतम दुखाइमा सही उपचार पाउनु हाम्रो उद्देश्य थियो। रिमोट चुम्बकीय रूपमा सञ्चालित अल्ट्रा नरम टेन्टाकलहरू शरीरको रूपरेखामा आघात नगरी अधिकतम गहिराइमा पुग्न इन्जिनियर गरिएको छ।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...