health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
का
ठमाडौँ, १७ असोज । सेयर बजारमा बुधवार सुधार देखिएको छ । यस दिन नेप्से सूचक ९.२४ विन्दुले बढेर १९६७.९७ अङ्कमा आइपुगेको छ । १ अर्ब १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
नेप्से सूचक बढे पनि कारोबार रकम भने अझै सुस्त नै छ । बजारमा एकातिर लाभांश सिजन चलिरहेको छ भने अर्कोतिर प्रमुख चाडपर्व पनि नजिकिएको छ । चाडपर्व र लाभांश वितरण हुने बेलामा सेयर बजारमा विशेष चहलपहल बढ्नुपर्ने अपेक्षा गरिएको छ । तर अहिलेसम्म त्यस्तो हुन भने सकेको छैन ।
चाडपर्वका बेला रेमिटेन्स बढी आउँछ । बजारमा कारोबार बढ्ने हुँदा अर्थतन्त्र पनि थप चलायमान हुन्छ । तर अहिलेसम्म बजारमा यसको उत्साह देखिएको छैन । वर्ष दिनको कमाइबाट सूचीकृत कम्पनीहरूले लाभांश घोषणा गरेका हुन्छन् ।
बजारको आगामी यात्रा भने नीतिगत सुधार, बैङ्क ब्याजदर तथा लगानीकर्ताको मनोबल कस्तो रहन्छ, त्यसैमा निर्भर हुने देखिन्छ । अल्प कालमा बजारमा उतारचढाव आउन सक्छ तर मध्यकालीन र दीर्घकालीन अवधिका लागि भने नीतिगत सुधार र ब्याजदर नै प्रमुख विषय हुनेछन् । समग्रमा लगानीकर्ताले निश्चित योजना बनाएर लगानी सम्बन्धी निर्णय लिनुपर्ने हुन्छ ।