Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
‘मेरो जीवनमा अझ धेरै काम गर्न बाँकी छ’ - Gyaan Ghar

Gyaan Ghar

Advertisement
Edit Content
Edit Content

‘मेरो जीवनमा अझ धेरै काम गर्न बाँकी छ’

*
* मोहनविक्रम सिंह
सामाजिक तथा राजनीतिक क्षेत्रमा लागेका केही मान्छेहरू जीवनको लामो अवधिसम्म सक्रियताका साथ क्रियाशील हुन्छन् । उनीहरूको ऊर्जामा कुनै कमी आएको हुँदैन । मानसिक र शारीरिक रूपमा स्वस्थ भएका कारण पनि उनीहरूमा त्यस प्रकारको ऊर्जा आउन सम्भव हो ।
राजनैतिक तथा वैचारिक सिद्धान्तमा मात्र सीमित भएर त्यस प्रकारको ऊर्जाको निरन्तरता सम्भव नहोला । मानिसलाई व्यक्तिगत कुराहरूले पनि प्रभाव पारिरहेको अवस्था हुन्छ । शारीरिक कुराहरूले प्रभाव पारिरहेको हुन्छ । अनि ती प्रभाव र चुनौतीहरूको सामना गर्न सकिएन भने सामाजिक तथा राजनीतिक क्रियाशीलता नकारात्मक असर पर्न सक्छ । आफ्नो राजनैतिक तथा सामाजिक यात्रामा लामो अवधिसम्म भूमिका निर्वाह नहुन सक्छ । त्यस कारण पनि ती नकारात्मक पक्षहरूलाई कसरी पराजित गर्न सकिन्छ । आफ्नो व्यक्तिगत जीवनलाई कसरी अद्यावधिक गर्दै लैजाने हो ? यी विषयहरूमा प्रत्येक व्यक्तिहरूले गम्भीर रूपमा मनन गर्नै पर्ने हुन्छ ।
राजनैतिक सक्रियताको कारण के हो ? 
कम्युनिस्ट नेता, मोहनविक्रम सिंह ८९ वर्षको उमेरमा पनि राजनैतिक जीवनमा सक्रिय छन् । युवा व्यक्तिभन्दा पनि बढी उनको क्रियाशीलताको एउटा कारण हो, शारीरिक तथा मानसिक सन्तुलन । खानपिनमा अनुशासनका साथै योगा, ध्यान जस्ता विषयहरूको नियमितता कारण, उनमा अझ पनि सक्रियता तथा ऊर्जा सम्भव भएको हो । अहिलेसम्म पनि उनको सक्रियताको कारण के हो त ? उनी भन्छन्, ‘विचारले स्वास्थ्यमा धेरै प्रभाव पारेको हुन्छ । विचारले मानिसको सबै कुराको निर्णय गर्दछ । विचार सकारात्मक भयो भने स्वास्थ्य पनि राम्रो हुन्छ ।’
आफ्नो जीवनको अनुभव सुनाउँदै नेता मोहनविक्रम भन्छन्, ‘मेरो विचार सधैँ सकारात्मक रह्यो । जीवन प्रति आशावादी रहे । अप्ठ्यारो परिस्थितिमा पनि कहिल्यै निराशाको स्थिति रहेन । यी कारणले पनि होला जीवनमा सदैव उत्साहजनक स्थिति रहिरह्यो ।’
‘जीवनमा कहिल्यै तनाव भएन’
कम्युनिस्ट नेता मोहनविक्रम सिंह लामो समय जेलमा बसे । कम्युनिस्ट पार्टीको इतिहासमा उनलाई थुप्रै पटक पार्टीले कारबाही गर्‍यो। यस प्रकारको चुनौतीपूर्ण अवस्थामा तनाव तथा निराशा कति भयो ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मेरो जीवनमा कहिले पनि तनाव भएन । लामो समय जेल जीवनमा पनि कहिले तनाव भएन । जीवनमा थुप्रै चुनौतीपूर्ण अवस्था र सङ्घर्षहरू गर्नुपर्‍यो तर ती समयहरूमा  कहिले दुःख र तनाव भएन । जीवन र भविष्य प्रति म जहिले सकारात्मक रहे । त्यसले पनि मेरो स्वास्थ्यमा नकारात्मक प्रभाव परेन ।’
आफ्नो बाल्यकालका दिनहरू संस्मरण गर्दै उनी भन्छन्, ,‘ सानो छदा मेरो स्वास्थ्य राम्रो थिएन । त्यो अवस्थामा थुप्रै स्वास्थ्य सम्बन्धी किताबहरू पढे । त्यसले मलाई दुई वटा कुरामा सहयोग भयो । एउटा खानपिन र अर्को व्यायाम । ती किताबहरूको प्रभावले मैले रक्सी, चुरोट कहिले खाइन ।’ परिवारको कडा अनुशासनले गर्दा पनि उनी त्यो बाटोमा नलागेको बताउँछन् । डाक्टरहरूले थुप्रै पटक फोक्सोको जाँच गर्दा  ‘आफ्नो भन्दा तपाईँको फोक्सो राम्रो छ ।’ भन्छन् । स्वास्थ्य सम्बन्धी किताबहरू पढेपछि त्यसलाई आफ्नो जीवनमा कार्यान्वयन गर्दा यस प्रकारको सकारात्मक परिणाम आएको, उनी बताउँछन् ।
सकारात्मक जीवन दृष्टिकोण
‘शारीरिक व्यायाममा मैले निकै ध्यान दिए । योग, ध्यान, प्राणायामहरूमा मेरो निकै रुचि रह्यो । भारतका थुप्रै योग सिकाउने ठाउँमा पुगेर त्यसमा लागि रहे । यद्यपि मेरो कमजोरी, बिहानको हिँडाई गर्न सकिएन । त्यसो गर्दा अलि बढी समय नष्ट हुन्थ्यो । तर पनि मैले साना प्रकारका कसरत गरिरहे ।’ आफ्नो सकारात्मक जीवन शैलीप्रति प्रस्ट पार्दै उनी भन्छन्, – ‘मोटीभेसन सम्बन्धी पुस्तक तथा प्रवचन प्रति मेरो निकै रुचि भयो । त्यसले  मेरो जीवनमा सकारात्मक दृष्टिकोण निर्माण हुँदै गयो । यस प्रकारको दृष्टिकोणले पार्टीभित्र हुने आलोचनाहरूले मलाई कति पनि दुखित बनाएन ।’
विभिन्न दर्शनहरूको अध्ययनले पनि उनको जीवनमा सकारात्मक प्रभाव परेको उनी बताउँछन् । साङ्ख्य दर्शनको उदाहरण दिँदै उनी भन्छन्,‘साख्य दर्शनमा एउटा कुरा छ, दुख, सुख, मान तथा अपमान – यी सबैलाई समान रूपमा लिनुपर्दछ । त्यसको प्रभावबाट आफूलाई मुक्त राख्नुपर्दछ ।’ उनी भन्छन् ‘त्यो दर्शनले मेरो जीवनमा प्रभाव पर्‍यो । कैयन मानिस नकारात्मक अवस्था आउँदा क्रोधित हुन्छन्, दुखित हुन्छन्, रिसाउँछन् उत्तेजित हुन्छन् तर मलाई कहिल्यै त्यस्तो भएन र अहिले पनि हुँदैन ।  यी सबै कुराले पनि मेरो स्वास्थ्य अहिलेसम्म राम्रो छ भन्ने लाग्छ ।’
दिनचर्या
आफ्नो अनुशासित दिनचर्याको बारेमा नेता मोहनविक्रम भन्छन् , ‘घरमा मेरो एक प्रकारको दिनचर्या हुन्छन् । तर कतिपय पार्टी कार्यक्रममा जाँदा बेग्लै प्रकारको दिनचर्या हुन्छ । कैयौँ पटक राती अबेरसम्म पनि बस्नुपर्ने हुन्छ ।’ सबैभन्दा राम्रो दिनचर्या जेलमा बस्दा भएको भन्दै उनी भन्छन्, ‘जेलमा बस्दा आफ्नै काम र अध्ययनमा मात्र सीमित भइन्थ्यो । तीन बजे उठ्ने गर्दथे । राती ८ बजे सुती हाल्थे । जेलको जीवन सबैभन्दा नियमित थियो ।’ उनी अगाडि भन्छन्, ‘कतिपय साथीहरू जेलमा गएपछि आत्तीन्छन, चिन्तित हुन्छन् । तर जेलमा बस्दा समेत मलाई थोरै पनि चिन्ता भएन ।  । मैले त्यहाँ केही काम गर्दथे, लेख्थे, पढ्थे । त्यसले मलाई एकदमै आनन्दको अनुभूति गरायो । ५० वर्ष जेलमा बसेको भए पनि मलाई दुःख लाग्दैनथ्यो होला जस्तो लाग्छ ।’
उमेर ढल्कँदै जाँदा उनको आँखामा केही समस्या आएको छ । उनी आफै पढ्न र लेख्न सक्दैनन् ।  त्यसैले बिहान साढे ७ देखि ११ सम्म उनलाई लेख्न,पढ्न सहयोग गर्ने मान्छे चाहिन्छ ।’ उनी भन्छन्, ‘बिहानको मेरो कहीँ कार्यक्रम पर्‍यो भने भरसक पन्छाउने कोसिस गर्छु, त्यसलाई दिउँसो सार्ने कोसिस गर्दछु ।’  दिउसोको खानापछि पत्रिका पढ्ने, बिच बिचमा सङ्गीत सुन्ने गर्छन्, उनी । राती सुत्नु भन्दा पहिले पनि केही किताबहरू, पठन सामग्रीहरू अध्ययन गर्छन्, उनी । बेलुकाको समयमा  उनी कहिबेर प्राणायाम, ध्यान गर्दछन् ।
बाहिरको यात्रामा ‘जति हल्ला हुँदा पनि केही डिस्टर्व नहुने’ उनी बताउँछन्, ‘ पढ्ने लेख्ने बेला मलाई कहिल्यै  आलस्य लाग्दैन । दिनभरि लेख्ने पढ्ने क्रम चलिरहेको हुन्छ ।’
कम्युनिस्ट नेता मोहनविक्रमको दिनचर्याको अत्यधिक समय लेख्ने र पढ्ने हुन्छ । यसरी पढिरहँदा कत्ति पनि आलस्यको अनुभूति नहुने उनी बताउँछन् । जीवन प्रतिको दृष्टिकोण प्रस्ट भएकोले लेखन तथा राजनीतिक क्रियाशीलतामा ऊर्जा आइरहने उनको तर्क छ ।  उनी भन्छन्, ‘मलाई अझ धेरै काम गर्न बाँकी छ जस्तो लाग्दछ । जीवनमा आलस्य भयो, तनाव भयो भने मैले त्यो काम पुरा गर्न सक्दैन ।’
लेख्ने पढ्ने विषयसँग रुचि र प्रेम
लेख्ने पढ्ने विषय, मानिसको रुचिसँग अन्तर सम्बन्धित हुने उनी बताउँछन् । ‘रुचि हुने विषयमा आलस्य हुँदैन । जुन विषयमा रुचि हुँदैन, प्रेम हुँदैन त्यो अवस्थामा बोर अनुभव हुने हो । मैले जति पनि काम गर्छु त्यो मेरो रुचिको विषय हो ।’ नेता मोहनविक्रम भन्छन् – ‘राजनैतिक तथा सैद्धान्तिक सङ्घर्षको विषयमा लेख्नु पर्‍यो,  त्यो रुचिको विषय भएकोले थप ऊर्जा आउँदै गइरहेको हुन्छ । कुनै लेख, उपन्यास  रुचिको विषय भएकोले कहिल्यै बोर हुँदैन । राती ७ बजिसकेको हुन्छ । तर मलाई अझ १ घण्टा पढ्न पाए हुन्थ्यो जस्तो लागिरहेको हुन्छ ।’
उमेर ढल्कँदै जाँदा उनी राती अबेरसम्म लेखिरहन सक्दैनन् । उनी भन्छन्, ‘पहिले म राती ९ बजेसम्म लेख्ने गर्दथे तर अब  त्यो सहज छैन । विद्यार्थी कालजस्तो बिहानै ४ बजे नउठेर ५ बजे उठ्ने गरेको छु । आफै किताब पढ्न लेख्न सक्दैन, त्यस कारण पनि सम्भव छैन ।’
सङ्गीतप्रति आकर्षण
नेता मोहनविक्रमको लागि सङ्गीत पनि प्रिय साथी हुँदै गएको छ । केही थकाई लाग्यो भने उनी सङ्गीतका धुनहरूबाट आनन्दित हुने गर्दछन् । उनी भन्छन्,  ‘बिच बिचमा मैलै सङ्गीत सुनिरहेको हुन्छु । त्यो नेपाली, हिन्दी तथा विभिन्न भाषामा हुन्छन् । मैले कैयौँ भाषा बुझ्दैन, फ्रेन्च, तामिल, कुमाउ लगायतको भाषा बुझ्दैन । तर पनि तिनीहरूको सङ्गीत मलाई मन पर्छ । त्यसको धुन, स्वर मलाई एकदम मन पर्दछ ।’ उनी भन्छन्, ‘सङ्गीतले मलाई लेख्न तथा पढ्नमा ऊर्जा दिइरहेको हुन्छ । बिहान खानपछि तथा राती सुत्नुभन्दा पहिले सङ्गीत सुन्ने गर्दछु । लेख्ने बेलामा कैयौँ पटक सङ्गीत सुन्दै लेखिरहेको हुन्छु । कैयाै पटक बोल्नेबेलामा  मैले सङ्गीतको धुन सँगै बोलिरहेको हुन्छु । त्यसले मलाई पुर्न ताजगी गर्न धेरै सहयोग गर्दछ ।’
कामप्रति उत्साह र सक्रियता 
‘जुनसुकै समयमा पनि मलाई उत्साह हुन्छ, त्यसैले समय बितेको मलाई थाहा हुँदैन । जुन विषयमा पनि आनन्द प्राप्त गरिरहेको हुन्छु । त्यो मेरो मात्र होइन सबैको जीवनमा लागु हुने विषय हो । मानिसलाई जुन कुरामा रुचि हुन्छ, त्यसका उत्साह हुन्छ ।’ विभिन्न उदाहरण दिँदै उनी प्रस्ट पार्छन्, ‘कैयौँ मानिस जोगी भएर बन जङ्गल घुमिरहेको हुन्छ । एउटा सिकारी रातभरि जङ्गलमा बिताउँछ । एउटा चोर  डाकाको लागि, काटमार गर्ने मान्छेको लागि आफ्नै पेसा प्यारो लाग्छ । एउटा आमालाई आफ्नो बच्चाको स्याहारसुसार, प्रेम र रुचिको विषय हुन्छ । बच्चाको दिसा पिसाब सफा गर्नु, राती जतीबेला पनि उठेर बच्चाको स्याहार गर्नु उनले आफ्नो कर्तव्य ठान्छिन् । त्यो काममा उनीहरू कत्ति पनि बोर हुँदैनन् ।’ नेता सिंह भन्छन्, ‘यी फरक–फरक पेसा, आ–आफ्नो जीवन दृष्टिकोण अनुसार निर्धारण हुन्छ । रुचि र प्रेमका कारण नै मानिसहरू आ–आफ्नो पेसामा उत्साहित भएर लागेका हुन्छन् । आ–आफ्नो पेसामा कत्ति पनि आलस्य नमानी सक्रियतापूर्वक काम गरिरहेका हुन्छन् ।’
आनन्द र रुचिको विषय दृष्टिकोणसँग जोडिएको नेता मोहनविक्रम बताउँछन् ‘पार्टीको कामको सन्दर्भमा कतिपय मानिसले फाइदा देख्दैनन्, समय खर्च मात्र भएको देख्छन् । उनीहरुलाइ दुख भएकाे अनुभूति हुन्छ । त्यसो भएपछि पार्टीको काम, बोर लाग्न थाल्दछ । अनि फाइदा हुने पार्टीतर्फ अग्रसर हुन्छन् ।’ त्यसको विपरीत पार्टी तथा क्रान्तिप्रति सकारात्मक दृष्टिकोण भयो भने ‘त्यो पार्टी प्रति रुचि र प्रेम बढेर जान्छ । उसलाई त्यो काम कहिल्यै बोर लाग्दैन । जेल जान परे पनि, फाँसी चढ्न परे पनि, जति दुःख परे पनि त्यो आनन्दको विषय हुन्छ । थुप्रै क्रान्तिकारीहरू उत्साहपूर्वक काम गरिरहेका हुन्छन्, त्यो जीवन दृष्टिकोणले गर्दा नै हो ।’
(नेपाल कम्युनिस्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंहसँग कुराकानीमा आधारित)
–समीर सिंह

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...