health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । चीनमा जारी १९औँ एसियाडमा नेपाल, कमसेकम एउटा पदकको नजिक पुगेको छ । एसियन गेम्समा महिला कबड्डी प्रतिस्पर्धामा नेपालबाट त्यो पदकको आशा गरिएको छ ।
समूह चरणको खेलमा सोमबार बङ्गलादेशलाई हराउँदै नेपालले एसियन गेम्समा कम्तीमा कांस्य पदकको नजिक देखिएको हो ।
सोमबार नेपालको महिला कबड्डी टिमले बङ्गलादेशलाई ३७–२४ अङ्कले पराजित गरेको हो ।
बङ्गलादेशले समूह चरणको अन्तिम खेलमा इरानसँग खेल्नेछ । स्वर्णको बलियो प्रत्याशी इरानसँग बङ्गलादेशले जित निकाल्न निकै कठिन देखिन्छ । त्यस कारण पनि नेपालले पदक जित्ने निश्चित जस्तै छ ।
नेपाल समूह चरणको पहिलो खेलमा इरानसँग हारेको थियो ।
एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वार्टर फाइनलमा भारतसँग खेल्ने भएको छ । सो खेल नेपाली समय अनुसार बिहान ६.४५बाट हुनेछ । भोली नै अर्को क्वाटर फाइल खेल बिहान ११.४५ मा पाकिस्तान र हङकङबिच हुने छ । श्रीलङ्का र अफगानिस्तान तथा बङ्गलादेश र मलेसियाबिचको क्वाटर फाइनल खेल आश्विन १७ गते हुनेछ ।
आज सोमबार भएको ड्र अनुसार नेपालले क्वार्टर फाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो ।