Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
साहित्यिक पदयात्रा–३ का केही अनुभूतिहरू - Gyaan Ghar

Gyaan Ghar

Advertisement

साहित्यिक पदयात्रा–३ का केही अनुभूतिहरू

* समीर सिंह
साहित्यिक पदयात्रामा सहभागी नभएको धेरै दिन भएको थियो । वर्षाको समय तथा अन्य विविध कारणले लामो समयपछि साहित्यिक पदयात्राको तेस्रो भाग सम्पन्न गरियो । अन्पाको केन्द्रको बैठकले आश्विन १३ गते पदयात्रा गर्ने निर्णय गर्‍यो । र, त्यसलाई सफलतापूर्वक सम्पन्न पनि गरियो ।
धेरै दिन भएको थियो, प्रकृतिसँग रमाउन नपाएको । काठमाडौँको खाल्डोको उकुसमुकुस जीवन शैलीबाट केही क्षणका लागि भएपनि उकालो चढ्न आतुरता भइरहेको थियो । उपत्यकाको भिडभाड जीवनशैली, धुलो र धुवाँबाट केही टाढा भाग्न मन लागि रहेको थियो । चराहरूको चिरबिर ध्वनि अनि हरियो जङ्गलमा रमाउन कहिले पाइने होला ? यस प्रकारका थुप्रै प्रश्नहरू मनमा उत्पन्न भइरहेको थियो । कुनै पहाडको टुप्पोमा चढेर चिच्याउन मन लागि रहेको थियो । अन्ततः आश्विन १३ गतेको दिन आयो । र, अन्पाको झन्डा बोकेर हामी निर्धारित स्थानमा पुग्यौ ।
ककनी जाने बाटोको फूलबारी गेटमा बिहान ८ बजे पुग्नुपर्ने थियो । सबैभन्दा पहिले म पुगे । अनि अरू स्रष्टाहरू आउने क्रम जारी रह्यो । पहिलो साहित्यिक पदयात्रा गर्दा ‘निरन्तर पदयात्रा गरिरहने’ वाचा गरेका थियौ । तर त्यसरी वाचा गर्ने सबै स्रष्टाहरूको निरन्तरता हुन सकेन । केही पुराना स्रष्टाहरू हराउनुभयो । नयाँ स्रष्टाहरू जोडिनुभयो । तर पनि यात्रा त निरन्तर रुपमा चलीरहेका नै हुन्छ । ७ वर्षीय सान्वी, १० वर्षीय सङ्घर्ष देखि लिएर हामी केही पाका स्रष्टाहरू गरी १६ जना स्रष्टाहरूको उपस्थितिमा साहित्यिक पदयात्रा भाग ३को सुरुवात गरियो ।
हामी नागार्जुन डाँडाको उकालो चढ्न आतुर थियौँ । आर्मी गेटमा १०० रुपैयाँको टिकट काटी ठाडो सिडी तर्फ हाम्रो पाइला लम्कँदै गए । कोही पहिलो पटक पदयात्रामा सहभागी भएको थिए, कोही अलि पुरानो भइसकेको अनुहार थियो । फेरि पनि फरक–फरक अनुभूतिको संयोजन गर्दै हामी आफ्नो गन्तव्य तर्फ लम्किँदै गयौँ ।
गितार, स्पिकर सहित हामीले रमाइलो गर्ने कार्यक्रम बनाएको थियौँ । तर राष्ट्रिय निकुञ्जको क्षेत्र भएर त्यस्ता सामग्रीहरू भित्र लैजान पाइँदो रहेनछ । जङ्गलभित्रका जिवजन्तुलाई डिस्टर्व हुन्छ भनेर त्यस्ता सामग्रीहरू लग्न अवरोध गरिएको रहेछ । फेरि पनि झोलाभित्र खानेकुरा मात्र राखेर हामी आफ्नो गन्तव्यतर्फ लाग्यौँ ।
हाम्रो पदयात्रामा सगरमाथाको यात्रा गरिसक्नुभएको इसु भट्ट पनि जोडिएकी थिइन् । हामी माथि उक्लँदै गर्दा उनले सगरमाथा चढ्दाको अनुभव सेयर गरिरहेकी थिइन् । निकै चुनौतीपूर्ण यात्रा रहेछ उनीहरूको । थोरै गल्ती गर्दा पनि ज्यानै जान सक्ने अवस्था हुँदो रहेछ । तर पनि सगरमाथा चढ्नुभन्दा पहिले धेरै तालिम गरेर उनीहरू सगरमाथाको पदयात्रामा लागेका रहेछन् । त्यो पदयात्राको एउटा मात्र पछुतो, उनी सगरमाथाको चुचुरो भन्दा ५०० मिटर तलबाट फर्किनुपरेको रहेछ । अक्सिजनको सिलिण्डेर फुट्नाले उनी निर्धारित गन्तव्यभन्दा थोरै तलसम्म मात्र पुग्न सकेकी रहिछन् ।
यो भन्दा अघिका पदयात्रामा जनवादी गायक हेमराज आश्रम जोडिन खोजेका थिए । तर अनुकूल समय नभएर सम्भव भएको थिएन । उनी पहिलेबाट नै ‘म जसरी पनि जाने हो है’ भनेर कुरा गरिरहेका थिए । यो पटक उनी हामी पदयात्रामा जोडिए । बाटोभरि निकै रमाइलो गरिरहे, हेमराजले । बाजागाजा नभएपनि रुखको पातलाई मुखमा च्यापेर मिठो संगीत दिँदै अगाडि बढिरहेका थिए,उनी । गीत र सङ्गीतका धनी हेमराज भएपछि कसैलाई नरमाइलो लाग्ने कुरै थिएन । ठाडो उकालो भए पनि हाम्रो सामूहिक पदयात्रामा कसैलाई थकानको अनुभूति भएको नै थिएन ।
उकालो चढिरहेका सबै अनुहारलाई म हेरिरहेको थिए । तीन वटै पदयात्रामा सहभागी भएको म र मेष्मा मात्रै थियौ । कोही दुई वटा पदयात्रामा सहभागी भएका थिए । कोही पहिलो पटक । तर पनि सबैबाट एउटा स्वर आइरहेका थियौ, ‘अब आउने पदयात्रामा हामी छुट्दैनौ है ।’
१० वर्षीय सङ्घर्षले जामाचोको उकालो, धेरै पटक ओहोर दोहोर गरिसकेका रहेछन् । उनी जामाचो पदयात्राको बारेमा हामीलाई जानकारी गराउँदै अघि बढिरहेका थिए । सानो ७ वर्षीय नानु सान्वीको हात समातेर उनी हाम्रो यात्राको अघि अघि बढिरहेका थिए । उनीहरूको मुस्कान र खुसी देखेर मैले उनीजस्ता थुप्रै बालबालिकाहरूलाई सम्झिरहेको थिए । मोबाइल, टिभी र किताबी किराजस्तो मात्र हुने बालबालिकाहरूको लागि यस प्रकारको पदयात्राको अझ धेरै आवश्यक हो कि भन्ने अनुभूति भइरहेको थियो । सामाजिक सञ्जाल र इन्टरनेटको संसारमा मात्र सीमित हुँदा अहिलेका अत्यधिक बालबालिकाको रचनात्मक व्यक्तित्व विकास हुन सकिरहेको छैन । ती बालबालिकाको सामाजिक व्यक्तित्व विकास गर्न पनि यस प्रकारको पदयात्रामा सहभागिताको आवश्यकता हो कि । बालबालिका आत्मबल बढाउन, चुनौतीपूर्ण परिस्थितिसँग सङ्घर्ष क्षमताको अभिवृद्धि गर्न पनि यस प्रकारको सामूहिक पदयात्राको निकै महत्त्व हुन्छ ।
हामीले चार किलोमिटर उकालो यात्रा पुरा गर्नुपर्ने थियो । आधा यात्रा पुरा गरेपछि हामी एउटा ठुलो चौरमा रमाउन थाल्यौ । वरिपरिको दृश्यबाट आनन्दित भयौ । अनि सबैसँग परिचय गरिसकेपछि साहित्यिक कार्यक्रम सुरु भयो । सानी नानु सान्वीको कविता वाचन, सङ्घर्षको युरोप भ्रमणको अनुभूति र इसु भट्टको सगरमाथा भ्रमणको अनुभूति सुनाइन् । इन्द्र मल्ल र नेत्र रानाको गीतले हामी मात्र होइन वरिपरि बसेका सबैलाई मोहित बनायो । हेमराजले गजल सुनाए । मेष्मा, कविता, निलम, बेली, एलिसा, हरिबाट पनि गीत प्रस्तुत भयो । सुप्रभातले नृत्य प्रस्तुत गरे । घनश्याम र भीष्म जोशीले केही अनुभूतिहरू प्रस्तुत गरे । यसरी फरक फरक विधाको प्रस्तुतिपछि हाम्रो सहभोज सुरु भयो । सबैको झोलाबाट मिठा मिठा परिकारहरू निस्किरहेको थियो । फरक फरक स्वादको खानपिन सकिएपछि फेरि हामी उकालो लाग्नुपर्ने थियो । नागार्जुनको चुच्चोमा पुग्न हामी आतुर थियौ । फेरि मिठा मिठा कुराकानी गर्दै, प्रकृतिसँग रमाउँदै हाम्रो यात्रा अगाडि बढी रह्यो ।
नागार्जुन डाँडाको घनघोर जङ्गललाई छिचोल्दै हाम्रा पाइलाहरू उकालो चढ्दै गयो । थुप्रै मानिसहरूको आउने जाने क्रम चलिरहेको थियो । ‘अझ कति माथि हो ?’ हामी सोधिरहेको हुन्थ्यौ । एउटा एउटा सिडी उक्लँदै गर्दा हामी अन्ततः जामाचो पुगेरै छाड्यौ ।
थोरै थोरै थकाई पनि लागिसकेको थियो । नागार्जुनको चुचुरोमा पुगेर वरिपरिको दृश्य हेर्दा त्यो थकाई त कता हरायो कता । कति रमाइलो ठाउँ । सबैको अनुहारमा एकदमै मुस्कान देखिन्थ्यो । काठमाडौँ खाल्डोमा बसेर एकैनासको जीवन बाच्दै आएकाहरूलाई जामाचोको आनन्दित ठाउँमा पुग्दा बेग्लै आनन्दको अनुभूति भइरहेको थियो । तलतिर हेर्‍यो, सिङ्गै काठमाडौँ देखिन्थ्यो । भिडभाडपूर्ण सहरको दृश्यबाट एउटा बेग्लै संसारमा आएको जस्तो अनुभूति भइरहेको थियो ।
थुप्रै मानिसहरू जामाचो पुगेको थिए । सबै आ–आफ्नै तरिकाले आनन्दित भइरहेको थिए । हामी पनि बिचको एउटा ठाउँमा अन्पाको ब्यानर टाङ्यौ । अनि सुरु भयो, हाम्रो साङ्गीतिक तथा साहित्यिक प्रस्तुति । सबैभन्दा पहिले मैले एउटा कविता वाचन गरे । त्यसपछि मौलिक शब्दहरूमा पश्चिमको ‘राइजोमा गीत’ गाउँदा वरिपरिका सबै आनन्दित भइरहेका थिए । त्यो गीतमा सबै नाचिरहेका थिए । मोहनविक्रम सिंहले लेखेको ‘रुख भन्छ पात भन्छ’, ‘जात फरक भए के भो मन त नेपाली हो’, ‘एमसिसी चाहिँदैन’ लगायतका गीतहरू गाउँदै हामीले त्यहाँको वातावरणलाई एकदमै रमणीय बनायौँ । त्यहाँको प्राकृतिक दृश्यले नै वातावरण त्यसै रमणीय थियो, हाम्रा साहित्यिक प्रस्तुतिले त्यहाँ झनै ऊर्जा थपेको थियो । वातावरण एकदमै आनन्दित हुँदै गइरहेको थियो ।
समय दौडी रहेको थियो । हामीले जति प्रयास गरे पनि समयको दौडाइलाई रोक्न सक्दिन्थ्यौ । अन्ततः एक पटक फेरि जामाचोको भ्यूटावरबाट वरिपरिको सम्पूर्ण दृश्यमा आँखा घुमाएर काठमाडौँको खाल्डोतर्फ ओर्लियौ ।
नागार्जुनको डाँडाले हामीलाई आफूतर्फ तानिरहेको थियो । तर पाइलाहरू तल झर्दै गयो । बिचमा फेरि हाम्रो खाजा खाने कार्यक्रम थियो । अनि साहित्यिक पदयात्राको बारेमा सरसल्लाह गर्नु थियो । सबैको एउटा कुरा थियो, ‘एक दिनको यात्राले मात्र पुगेन, कमसेकम दुई दिने पदयात्रा गर्नुपर्दछ ।’ दसैँ तिहारको बिदापछि मङ्सिरमा चन्द्रागिरि हुँदै इन्द्र सरोवरसम्म जाने र साहित्यिक पदयात्रा भाग ४ अझ रमाइलो गरी सफल पार्ने सल्लाह गर्‍यौ ।
बेलुका ४ बज्दा पनि एकदमै अन्धकार जस्तो अनुभूति भइरहेका थियो । दिनभरिको हिँडाई पछि पनि हाम्रो ऊर्जा र उत्साहमा कुनै कमी भएको थिएन । अन्ततः बेलुका ५ बजे हामी फूलबारी गेट पुगेरै छाड्यौ  । साहित्यिक पदयात्रा भाग ४ मा भेट्ने वाचा गर्दै सबैसँग हात हल्लाउँदै आ–आफ्नो गन्तव्य तर्फ प्रस्थान गर्‍यौ ।
सिद्धान्त, विचार, आन्दोलन, सङ्घर्ष, उत्पादनका विभिन्न गतिविधि आदिको आ–आफ्नै महत्त्व छ । तर साहित्यिक पदयात्राको पनि आफ्नै महत्त्व छ । विभिन्न सोधअनुसार पनि लामो पदयात्राले तनाव व्यवस्थापन, मुटुको कसरत, सुगर र ब्लड प्रेसर जस्ता रोगहरू, मांसपेशी तथा हड्डीको कसरत आदिको लागि एकदमै फाइदाजनक छ । हामीले सिद्धान्त र दर्शनको कुरा गरिरहँदा विभिन्न प्रकारका तनावहरूले कमजोर हुँदै गइरहेका हुन्छौ । त्यस प्रकारको तनाव व्यवस्थापनको लागि पनि पदयात्राको निकै महत्त्व हुने विभिन्न अध्ययनहरूले पुष्टि गर्दै आइरहेको छ ।
त्यसका साथै सामाजिक तथा राजनीतिक परिवर्तनको क्षेत्रमा थुप्रै कवि, लेखन, स्रष्टाहरूको आवश्यकता पर्दछ । साहित्यिक पदयात्राको सन्दर्भमा केही पुराना र केही नयाँ पुस्ताका स्रष्टाहरू एकै ठाउँमा यात्रा गर्दा एक अर्काको अनुभव साटासाट गरिरहेका हुन्छौँ । एक अर्कोलाई सकारात्मक तरिकाले प्रोत्साहित गरिरहेका हुन्छौँ । आफूले जानेका कुरा, अरूलाई सेयर गरिरहेका हुन्छौँ । नयाँ पुस्तालाई साहित्य र सिर्जना तर्फ अग्रसर हुन प्रेरित गरिरहेका हुन्छौँ ।
यस प्रकारको पदयात्राले पुराना स्रष्टाहरूको सिर्जनामा अझ निखरता आइरहेको हुन्छ । नयाँ पुस्ता, सिर्जना निर्माण गर्न उत्प्रेरित भइरहेको हुन्छन् । नयाँ पुस्ताले असल साथी पाइरहेको हुन्छन् । यी सबै कारणले पनि साहित्यिक पदयात्राको बेग्लै महत्त्व छ जस्तो लाग्दछ । त्यस कारण पनि साहित्यिक पदयात्रालाई निरन्तरता दिइरहनुपर्दछ । त्यो दिशामा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले साहित्यिक पदयात्राको भाग ४ हुँदै अरू थुप्रै भागहरूको निरन्तरता दिइरहनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...