Gyaan Ghar

Advertisement

हाम्रो देश मन्त्री र सांसद उत्पादन गर्ने मात्र भयो : के.सी.


काठमाडौँ ।‘देशले उत्पादन गर्ने मन्त्री, सांसद मात्र भयो । शिक्षाको बजेट कटौती गरेर यती सानो मुलुकले ८८४ सांसद तथा १३८ जना मन्त्री पाल्नुपर्दा देशको शिक्षा प्रणाली कसरी राम्रो हुन्छ ?’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले प्रश्न गर्नुभयो । अखिल छैठौ राष्ट्रिय परिषद् बैठक तथा स्ववियु काउन्सिल भेलाको आश्विन १२ गते त्रिभुवन विश्वविद्यालयको अडोटेरियम हलमा वहाँले सो धारणा राख्नुभएको हो ।
‘शक्ति राष्ट्रहरूले नेपालको शिक्षा प्रणालीलाई नष्ट गरे । निजीकरण र व्यापारीकरण गरेर शिक्षा प्रणाली ध्वस्त भएको अवस्था छ ।’ नेता के.सी.ले भन्नुभयो –‘अहिले शिक्षाको जिम्मेवारी, निजी संस्था र व्यापारीहरूलाई छ । अनि शिक्षा, सर्वसाधारणको पहुँचमा कसरी पुग्छ ?’
प्रधानमन्त्री पुष्पकमल दाहालको चिन भ्रमण प्रति सङ्केत गर्दै नेता के.सी.ले भन्नुभयो, ‘नेपालको भूमिलाई प्रयोग गरेर अमेरिकीहरूले चिन विरोधी गतिविधि गर्दै गएकोमा चिनियाहरु गम्भीर छन् । एमसीसीको प्रयोग गरेर अमेरिकाले नेपालमा चिन विरोधी गतिविधि गरेको चिन प्रस्ट नै छ ।’ वहाँले प्रश्न गर्नु भयो, ‘के हाम्रो भूमि विदेशीहरूको युद्ध भूमि बनाउनको लागि हो ?’
अखिल छैठौका उपाध्यक्ष गणेश अधिकारीको अध्यक्षता तथा महासचिव सुभाष जि.सी.को सञ्चालनमा भएको कार्यक्रममा सचिव पूरन पोख्रेलले स्वागत मन्तव्य राख्नुभएको थियो । बैठकलाई शुभकामना दिनेहरूमा अखिल छैठौका अध्यक्ष देवेन्द्र कुँवर, अखिल छैठौका पूर्व महासचिव घनश्याम न्यौपाने लगायत पदम रोका, समीर सिंह, प्रा.डा.श्रीधर गौतम, कपिल खनाल, भीष्म जोशी, हरिकान्त शर्मा, कृष्ण पाण्डे लगायत हुनहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस

राजनीति

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

रामदेवले बताए, दिनहुँ एक चम्चा घिउ खाँदा हुने ७ फाइदा

काठमाडौँ - स्वस्थ रहन हामीले आफ्नो दिनको सुरुवात स्वस्थ्य ढङ्गले गर्नुपर्छ। बिहानको स्वस्थ बानीले हामीलाई स्वस्थ, ऊर...
इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

इजरायलबाट मुक्त भइन प्यालेस्टाइनी वामपन्थी नेतृ, बताइन जेलको कथा

गाजा, ९ माघ । इजरायली जेलबाट मुक्त हुनेमा एक प्यालेस्टाइनी वामपन्थी नेता पनि रहेकी छिन् । उनको नाम खालिदा जरार हो, ...
ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सीमामा सङ्कटकाल

वासिंगटन डिसी, ८ माघ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसद्को ४७ औँ राष्ट्रपतिको रूपमा ...
ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

ब्रह्माण्डमा भेटियो ७० करोड सूर्य निल्न सक्ने ब्ल्याक होल

काठमाडौँ, ८ माघ । खगोलविद्हरूले अहिलेसम्म पत्ता लगाएको सबैभन्दा टाढाको ब्ल्याजर पत्ता लगाएका छन्, ७० करोड सूर्...