Gyaan Ghar

Home

Advertisement

विवाह समारोहमा आगो लाग्दा ११३ जनाको मृत्यु

Advertisement

इराक। उत्तरी सहर काराकोशमा एउटा विवाह समारोह भइरहेको स्थानमा आगलागी हुँदा  ११३ जनाको मृत्यु हुनाका साथै एक सय ५० भन्दा बढी घाइते भएको इराकी मिडियाले जानकारी गराएको छ ।


मोसुलको पूर्वमा रहेको इसाई धर्मावलम्बीको बाहुल्यता रहेको सहरको मुख्य अस्पतालमा एएफपीका फोटोग्राफरले एम्बुलेन्सले जलेका मानिस ल्याएको देखेका तथा उनीहरूलाई रक्तदान गर्न अस्पतालको आँगनमा कैयौँ मानिस भेला भएका बताएका छन् ।

अत्यधिक ज्वलनशील पदार्थले सखाप पार्ने कम गुणस्तरको निर्माण सामग्रीले बनेको विवाह समारोह आयोजना गरिएको हलको छत नै खस्दा यति धेरै मानिसले ज्यान गुमाएका अधिकारीहरूले बताएका छन् ।

इराकको आधिकारिक समाचार समितिले निनेवेह प्रान्तका स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै हमदानियाहमा विवाह समारोह भइरहेको एउटा हलमा भएको आगलागीमा सो घटना घटेको हो ।  । इराकी स्वास्थ्य मन्त्रालयका प्रवक्ता सैफ अल–बद्रले पनि मृतकको उक्त सङ्ख्या एएफपीलाई पुष्टि गर्नुभएको छ ।

अस्पताल भर्ना भएका अधिकांश बिरामी जलेका, अक्सिजन अभावका कारण श्वासप्रश्वासमा समस्या भएका तथा केही भने भीडले कुल्चिदा घाइते भएका छन् ।

मङ्गलवार साँझ उक्त दुर्घटना भएको हो । यद्यपि आगलागी के कारणले भएको हो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन । प्रारम्भिक विवरणअनुसार पटाका पड्काउँदा आगलागी भएको बताइएको छ ।

दुलहा र दुलही पनि आगोको चपेटमा परे वा नपरेको केही जानकारी प्राप्त भएको छैन । दुवै जनाले नाच्न थालेपछि आगो सल्किएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

गाजामा ‘बफर जोन’ बनाउने इजरायाली योजनाको खुलासा

१७ मंसिर, तेल अहिब । इजरायली अधिकारीले गाजामा युद्ध पछिको बफर जोनको योजनाको पुष्टि गरेको छ । एक इजरायली अधिकारीले युद्ध पछि भवि...
राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

राष्ट्रियसभा निर्वाचन कार्यक्रमः पुस २३ गते उम्मेदवारी दर्ता गराइने

१७ मंसिर, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता गराउने भएको छ । आयोगले माघ १...
तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

तीन चार दिनकाे भेटघाट पछि थाहा भयाे, सरकारसँग जनता दिक्क छन्ः ओली

१७ मंसिर, दैलेख  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्था विरुद्ध वितृष्ण फैलाउन अनेक तत्त्वहरूले काम गरिरहेक...
विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

विनोद चौधरीको ताकेता पछि उखु किसानले पाए अनुदानको रकम

१७ मंसिर, नवलपरासी ।  नेपालका उखु किसानको साझा पीडा छ, न उद्योगले उखुको पैसा समयमा दिन्छन्, न त सरकारले उपलब्ध गराउने अनुदान रकम स...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search