health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ । बर्षौसम्म चक र डस्टर बोकेर हिँड्ने शिक्षकहरूको सम्मानित जीवन हुनुपर्दछ भन्दै उनीहरू अनिश्चित कालीन आन्दोलनमा उत्रिएका छन् । शिक्षकरुहरुसँग गरिएको ५२ बुँदे सम्झौता, नेपाल सरकारले उल्लङ्घन गर्दै प्रतिगामी दिशातर्फ अग्रसर भएकोले आन्दोलनमा उत्रन बाध्य भएको अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानुभाई कार्की बताउनुहुन्छ ।
शिक्षासम्बन्धी विधेयकले स्थानीय सरकारलाई अधिकार सम्पन्न बनाउन खोजिएको, शिक्षामा लगानी नबढाएको, राहत शिक्षक, इसीडीलाई विद्यालयको आधारमा नल्याएको, कर्मचारीहरूको मागलाई बेवास्ता गरिएको भन्दै आजदेखि पठनपाठनलाई ठप्प पारिएको अध्यक्ष कार्कीले बताउनुभयो ।
संसद्मा दर्ता भएको शिक्षा विधेयकमा रहेका प्रावधानहरूमा असहमति जनाउँदै महासङ्घले विभिन्न २० वटा माग तेर्स्याएर आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो। आन्दोलनलाई सशक्त बनाउन ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन्। उनीहरूले आज ११ बजेदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्न लागेका हुन्।
विद्यालय बन्द गर्नु आफूहरूको रहर नभएर बाध्यता भएको भन्दै अभिभावक तथा विद्यार्थीहरूलाई आफ्नो मर्का बुझिदिन आग्रह समेत गरेका छन् ।