health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

थोरस्टियन भेबलेनले आफ्नो पुस्तक “द थ्योरी अफ द लिजर क्लास” मा गरिष्ठ उपभोग [कन्सपिक्युअस कनजम्सन] बारे बयान गरेका छन् । चाडपर्वको खास समयमा हुनेखाने वर्गले सामाजिक प्रदर्शनका लागि विशेष वस्तु र खाद्यान्न [पजिसनल गुड्स] उपभोगको उत्कर्ष देखाउँछन् ।
यो प्रवृत्ति पछि पुँजीवादको संस्कृति भएको २००९ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाउने पहिलो महिला एलिनर ओस्ट्रमले यस विषयलाई सैद्धान्तिकरण गरिन । यही कुरा किन्सले आफ्नो एउटा लेख “इकोनोमिक पसिबिलिटिज फर आबर ग्राण्डचिल्ड्रेन” मा सम्पत्तिले समाजमा वर्ग विभाजन गरेको लेखेका छन् ।
समाजमा अनुत्पादक उपभोक संस्कृतिको आलोचनामा केनेथ ग्यालब्रेथले १९५८ मा “दि अफ्लुयन्ट सोसाइटी”, डेभिड रिजम्यानले १९६४ मा “अबुन्डेन्स फर ह्वाट ?, इ.जे. मिसानले १९६७ मा “द कष्ट अफ इकोनोमिक ग्रोथ”, फ्रेड हर्सले १९७७ मा “सोसल लिमिट अफ ग्रोथ” राम्रा पुस्तकहरू पस्किएका छन् ।
चाडपर्वमा आफ्नो पहिचान प्रदर्शन गर्ने प्रवृत्ति नेपालमा मात्र होइन यो वैश्विक अवधारणा हो । फ्रान्समा यही प्रवृत्तिको विरोधमा अति उपभोक्तावाद विरोधी समूह माउसको प्रादुर्भाव भएको इभान इलिचले उल्लेख गरेका छन् । समाज शास्त्री डेनिस इभर्सवर्गले मानिस धेरै खाए मर्छ र नखाए पनि मर्छ लेखे । १९६८ मा पेरिसका हरेक सडकमा एउटा नारा देखिन्थ्यो: “यथार्थवादी बन, असम्भव कुराको माग नगर” । चाडपर्वमा अति तडकभडकलाई सांस्कृतिक अवरोध [कल्चरल जामिङ] भनियो ।
सामान्यतया बहुदल र विशेष गरी गणतन्त्र आएपछि सतहमा राजनीतिक आवरण देखिए पनि नेपालमा नवउदारवादको आगमनसँगै चाडपर्वहरूको समीक्षा पनि चर्चामा आउन थाले । एउटा वर्गको वर्चस्व रहेका चाडपर्व दसैँ(तिहारको आलोचना सुरु भएपछि एक दिन मनाइने तीज झन्डै महिना दिन चल्ने चाडपर्व बन्दै गएको छ । टोल, गाउँले समूहमा सीमित रहेको यो चाडले अब सहरमा पार्टी प्यालेस र पाँचतारे होटेलसम्म प्रवेश पाएको छ, अर्थशास्त्रमा यसलाई प्रदर्शन प्रभाव [डेमोन्सट्रेसन इफेक्ट] भनिन्छ ।
महिलाहरूको एकाधिकार मानिएको तीजमा पुरुषहरूको सहभागिता पनि बढ्दै गएको छ र भविष्यमा तीजले प्रमुख राष्ट्रिय चाडपर्व मान्यताको माग पनि गर्न सक्ने छ । तीजमा बढ्दै गएको खर्च र तडकभडकलाई १९७४ मा अमेरिकी अर्थशास्त्री रिचार्ड इस्टरलिनको प्रश्न प्रासङ्गिक होलाः चाडपर्वमा खर्चको वृद्धिले मानव सन्तुष्टिमा वृद्धि गर्छ ? यो प्रश्नको उत्तर अर्धशास्त्रीय आधारमा खोज्नु पर्छ ।
अत्यधिक उपभोग सधैँ राम्रो हुँदैन, उपयोगिता ह्रास नियम यसको उदाहरण हो । सापेक्ष आय प्रभावले एउटा देशको आयमा वृद्धि नभए पनि जनताहरूको अवस्थामा परिवर्तन हुन सक्छ उदाहरणका लागि बेलायती अर्थशास्त्री टिम ज्याक्सनको पुस्तक “प्रोसपेरिटी विदाउट ग्रोथ” । सन १९७० र १९८० प्रजातान्त्रिक पुँजीवादको स्वर्णिम युग थियो तर यही बेलादेखि पुँजीवाद समस्यामा पर्दै गयो । त्यो बेला आएको ज्वारभाटाले सबै डुङ्गाहरूको उद्धार गर्न सकेन । बजार कब्जा गरेकाहरू जसलाई उलरिच बेकले यलिभेटर सोसाइटी नाम दिए ती मात्र समृद्ध बने ।
मार्क्स, थोरो, टाल्सटाय, गान्धी र पछि कार्सन, सुमाखर र जेकोबले पनि उत्सवमा अति खर्च नोक्सानी हो भनसे अनि किन नेपालमा चाडपर्व र विशेष गरी तीजमा यो तडकभडक देखिएको ? यसको मुख्य कारण देशको राजनीति नै हो । पार्टी, सरकार र राजनीतिज्ञहरूको अप्राकृतिक आचरण भ्रष्टाचारको अनुकरण नै देशमा देखिएको तीजको विकृति रूप हो, बाँकी त तीजको रहर आयो बरी लै ।