health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । विदेशमा अध्ययनका लागि नेपाली विद्यार्थीले एक वर्षमा १ खर्ब रुपैयाँ बाहिर लगेका छन्।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८०को तथ्याङ्कमा अघिल्लो वर्षको तुलनामा ३२ अर्ब ३० करोड रुपैयाँले बढी रकम विदेश लगेको उल्लेख छ ।
शिक्षातर्फ व्यय १ खर्ब ४२ करोड भएको छ भने अघिल्लो वर्ष ६७ अर्ब ७० करोड रहेको थियो।
समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४८.४ प्रतिशतले वृद्धि भई एक खर्ब ४४ अर्ब ४६ करोड पुगेको छ जबकि अघिल्लो वर्ष ९७ अर्ब ३२ करोड रहेको छ।
वस्तुसँगै आर्थिक वर्ष २०७९/८० मा खुद सेवा आय ८३ अर्ब ८५ करोडले घाटामा रहेको छ।
नेपालमा पर्यटक आगमन बढ्दा आम्दानी बढेको छ। समीक्षा वर्षमा सेवा खाता अन्तर्गत भ्रमण आय ८९।६ प्रतिशतले वृद्धि भई ६१ अर्ब ५२ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय ३२ अर्ब ४५ करोड रहेको थियो।
चालु खाता ७२ अर्ब घाटामा
गत आर्थिक वर्ष २०७९/८० मा चालु खाता रु ७२ अर्ब १६ करोडले घाटामा रहेको देखिएको छ ।
राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आव नेपालले रु पाँच अर्ब ९६ करोड बराबर मात्रै खुद प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको देखिएको छ ।
गत आवमा शोधनान्तर स्थिति रु दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो ।
विसं २०७९ असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २६ दशमलव ६ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको राष्ट्र बैङ्कले जनाएको छ ।
कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैङ्कमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७ दशमलव ४ प्रतिशतले वृद्धि भई रु १३ खर्ब ४५ अर्ब ७८ करोड कायम भएको छ । नेपाल राष्ट्र बैङ्कबाहेकका बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति अघिल्लो आवको तुलनामा गत आव चार प्रतिशतले वृद्धि भई रु एक खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । गत असार मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ५ प्रतिशत छ ।
आव २०७९/८० को आयातलाई आधार मान्दा बैङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव ७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । गत असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः २८ दशमलव ६, ८३ र २५ दशमलव एक प्रतिशत रहेका छन् ।
मंहगी ७.७४ प्रतिशतले वृद्धि
आर्थिक वर्ष २०७९/८० मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ७।७४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा डेढ प्रतिशतले बढेको हो।
२०७८/०७९ मा मुद्रास्फीति ६।३२ प्रतिशत रहेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटेल उप–समूहको मूल्यवृद्धि १४.४२ प्रतिशत, मरमसलाको १२.५० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १०.७० प्रतिशत, सुर्तीजन्य पदार्थको ९.८८ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ९.२३ प्रतिशत रहेको छ।
साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात उप– समूहको मूल्यवृद्धि १३.५० प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.१८ प्रतिशत, स्वास्थ्यको १०.०१ प्रतिशत, शिक्षाको ८.७९ प्रतिशत र घरायसी उपयोगका वस्तुहरूको ८.६५ प्रतिशत रहेको छ।
२०८० असार महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। २०७९ असार महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो।