Gyaan Ghar

Home

Advertisement
Edit Content

ट्रेन्डीङ्ग

भारतले नेपालको थप एक सय ८० मेगावाट बिजुली किन्ने

Advertisement

काठमाडौँ । नेपालले एक सय ८० मेगावाट बिजुली निर्यात गर्न भारतको विद्युत् मन्त्रालयबाट स्वीकृति पाएको छ ।

नेपालले यसअघि चार सय ५२ मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको थियो । थप चार वटा आयोजनाको बिजुली भारतले किन्ने भएपछि अब कूल छ सय ३२ मेगावाट विद्युत् नेपालले बेच्नेछ ।

नेपालले अहिले महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट ७० मेगावाट र ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट एक सय १० मेगावाट गरी एक सय ८० मेगावाट बिजुली बेच्नका लागि अनुमति पाएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो । भारतले यो बिजुली हरियाणा राज्यका लागि लैजान लागेको हो ।

माथिल्लो चमेलिया र माथिल्लो कालंगागाड जलविद्युत् आयोजनाको ७० मेगावाट बिजुली महेन्द्रनगर–गड्डाचौकी प्रसारण लाइनबाट भारतमा जानेछ भने सोलु खोला ( दूधकोशी ) र दोर्दीखोला जलविद्युत् आयोजनाको बिजुली ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट जानेछ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार महेन्द्रनगरबाट जाने बिजुली इन्डियन इनर्जी एक्सचञ्ज (आइईएक्स) मा बिक्री हुनेछ भने ढल्केबर मुजफ्फरपुर बाट जाने बिजुली प्रतियुनिट आठ रुपैयाँ ४० पैसा अर्थात् पाँच दशमलव २५ भारतीय रुपैयाँमा बिक्री हुनेछ ।

आइईएक्समा बिजुली बेच्नका लागि बोलकबोल प्रक्रियाबाट हरेक दिन फरक–फरक दरमा बिजुलीको मूल्य निर्धारण हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण र एनटीपीसी विद्युत् व्यापार निगमबिच केही समयअघि भएको मध्यकालीन विद्युत् व्यापार सम्झौताले प्रतियुनिट पाँच दशमलव २५ भारतीय रुपैयाँमा दुई सय मेगावाटसम्म बिजुली खरिद बिक्री गर्ने सम्झौता गरेको छ ।

नेपालले सोलु खोला (दूधकोकी) आयोजनाको ८३ दशमलव ४२ मेगावाट, सुपर मादी हाइड्रोपावरको ४२ दशमलव ६८ मेगावाट, मिस्त्री खोला जलविद्युत् आयोजनाको ४० दशमलव ७४ मेगावाट, दोर्दी खोला जलविद्युत् आयोजनाको २६ दशमलव १९ मेगावाट र अपर चाकु ‘ए’ जलविद्युत् आयोजनाको छ दशमलव ६७ मेगावाट बिजुली भारत पठाउने भने पनि सोलु खोला र सुपर मादीले मात्रै अनुमति पाएका छन् ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

मुख्य समाचार

निकासको छैटौँ साधारण सभा सम्पन्न

निकासको छैटौँ साधारण सभा सम्पन्न

काठमाडौँ । प्रमिता खनाललाई अध्यक्षमा चयन गर्दै क्यान्सर सर्भाइभर्सहरुको साझा संस्था, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीको ...
पुराना कम्युनिस्ट नेता आचार्य अस्वस्थ

पुराना कम्युनिस्ट नेता आचार्य अस्वस्थ

काठमाडौँ । वि.सं.२०१४ सालमा मोहनविक्रम सिंहबाट सदस्यता प्राप्त गर्नु भएका पुराना कम्युनिस्ट नेता मेघराज आचार्य अस्वस्थ हु...
चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

चीनका हाङ्चाओ सहरमा एसियाली खेलकुद कुम्भ मेलाको आज उद्घाटन 

 काठमाडौँ । चीनका हाङ्चाओ सहरमा शनिवारदेखि १९औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सुरु हुँदै छ ।  एसियाली खेलकु...
मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी 

 मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गए राति भीषण आगलागी भएको छ । आज बिहान ‍१ बजे छायानाथ रारा नगरपालिका-१ गम...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search