Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php:6170) in /home/unitedrukum/gyaanghar.com/wp-includes/feed-rss2.php on line 8
समाचार Archives - Gyaan Ghar https://gyaanghar.com/category/समाचार/ Welcome Sun, 28 Sep 2025 13:15:21 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://gyaanghar.com/wp-content/uploads/2023/08/cropped-gyaan-ghr-logo-32x32.png समाचार Archives - Gyaan Ghar https://gyaanghar.com/category/समाचार/ 32 32 पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक  https://gyaanghar.com/2025/09/28/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%82%e0%a4%b0/ https://gyaanghar.com/2025/09/28/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%82%e0%a4%b0/#respond Sun, 28 Sep 2025 13:15:21 +0000 https://gyaanghar.com/?p=10959 १२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायत ५ जनाको राहदानी रोक्का राखिएको ब्यहोरा सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ। उनीहरूलाई उपत्यका बाहिर जान रोक लगाउनसमेत सिफारिस गरेको छ। पासपोर्ट रोक्काको सूचीमा पर्नेहरूमा पूर्व प्रधानमन्त्री ओली, पूर्व  गृहमन्त्री रमेश लेखक, […]

The post पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक  appeared first on Gyaan Ghar.

]]>

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक लगायत ५ जनाको राहदानी रोक्का राखिएको ब्यहोरा सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय गरेको छ। उनीहरूलाई उपत्यका बाहिर जान रोक लगाउनसमेत सिफारिस गरेको छ।

पासपोर्ट रोक्काको सूचीमा पर्नेहरूमा पूर्व प्रधानमन्त्री ओली, पूर्व  गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व  राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र काठमाडौँका निवर्तमान प्रमुख जिल्ला अधिकारी छवि रिजाल छन् ।

The post पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/09/28/%e0%a4%aa%e0%a5%82%e0%a4%b0%e0%a5%8d%e0%a4%b5-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a4%ae%e0%a4%a8%e0%a5%8d%e0%a4%a4%e0%a5%8d%e0%a4%b0%e0%a5%80-%e0%a4%aa%e0%a5%82%e0%a4%b0/feed/ 0
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई  https://gyaanghar.com/2025/07/24/%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8%e0%a4%b6%e0%a5%88%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%a8/ https://gyaanghar.com/2025/07/24/%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8%e0%a4%b6%e0%a5%88%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%a8/#respond Thu, 24 Jul 2025 14:22:59 +0000 https://gyaanghar.com/?p=10945  काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते “हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र कल्याणतर्फको यात्रा” विषयक विचार गोष्ठीको आयोजना भएको थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले स्वास्थ्य भनेको मानव विकास सूचकाङ्कको महत्त्वपूर्ण कुरा हो ।स्वास्थ्यलाई हेर्ने मानव दृष्टिकोण र मानिसको स्वास्थ्यमा खेलबाड धेरै भएको छ ।यसबारे नियमनकारी निकायले सचेतना […]

The post जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई  appeared first on Gyaan Ghar.

]]>
 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते “हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र कल्याणतर्फको यात्रा” विषयक विचार गोष्ठीको आयोजना भएको थियो । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले स्वास्थ्य भनेको मानव विकास सूचकाङ्कको महत्त्वपूर्ण कुरा हो ।स्वास्थ्यलाई हेर्ने मानव दृष्टिकोण र मानिसको स्वास्थ्यमा खेलबाड धेरै भएको छ ।यसबारे नियमनकारी निकायले सचेतना फैल्याउँदै नियन्त्रण गर्नु जरुरी छ।अहिले अनियन्त्रित सामाजिक सञ्जाल र प्रविधिको प्रयोगले ‘जेन-जी’ पुस्ता मानसिक रूपले अस्वस्थ हुँद‌ै गयो भन्ने चिन्ता र चासो बढिरहेको छ ।यस्तो अस्वस्थ जीवनशैलीलाई स्वस्थ राख्न सचेतना अभियान जरुरी रहेको बताउनुभएको थियो।
कार्यक्रममा डा.चिन्तामणि गौतमले ”Empower Your Health: Through Yoga and Mindful Living”, डा.कल्पना तिवारीले ” Healthy food for healthy life”र इन्जिनियर करुणा अमात्यले “Stress Management for Transforming Our Lifestyle”का बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रमका सहभागीहरूबिच उक्त विषयमा विमर्श समेत भएको थियो नेपाल विद्यावारिधि सङ्घका अध्यक्ष डा. सुनिलबाबु श्रेष्ठले कार्यक्रमको ओैचित्यसहित स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा डा.माला कुँवर खरेलले धन्यवाद ज्ञापन र उद्घोषण सङ्घका महासचिव डा.सुन्दरी पोखरेलले गर्नुभएको थियो।
सम्प्रेषण : प्राज्ञ चेतनाथ धमला

The post जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/24/%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8%e0%a4%b6%e0%a5%88%e0%a4%b2%e0%a5%80%e0%a4%b2%e0%a4%be%e0%a4%88-%e0%a4%b8%e0%a5%8d%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a5-%e0%a4%b0%e0%a4%be%e0%a4%96%e0%a5%8d%e0%a4%a8/feed/ 0
सिद्धान्त छाडेर दुनो सोझाउने र विरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: ओली https://gyaanghar.com/2025/07/23/%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%87%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a5%8b%e0%a4%9d/ https://gyaanghar.com/2025/07/23/%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%87%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a5%8b%e0%a4%9d/#respond Wed, 23 Jul 2025 14:22:06 +0000 https://gyaanghar.com/?p=10942 काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज बदल्ने सपना बोकेकाहरूले नेकपा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बिचारलाई अनुसरण गर्न जरुरी रहेको बताएका छन् । पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।   केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित ४७ […]

The post सिद्धान्त छाडेर दुनो सोझाउने र विरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: ओली appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, ७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समाज बदल्ने सपना बोकेकाहरूले नेकपा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको बिचारलाई अनुसरण गर्न जरुरी रहेको बताएका छन् ।

पुष्पलाल सही विचार, गतिशील सङ्गठन र समर्पित नेतृत्वका धनी हुनुहुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले समाज बदल्ने सपना बोकेकाहरूले उहाँका विचारलाई अनुसरण गर्नुपर्नेमा जोड दिए ।

 

केन्द्रीय कार्यालय च्यासलमा आज आयोजित ४७ औँ पुष्पलाल स्मृति दिवसको कार्यक्रममा एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सिद्धान्त छोडेर भाग्ने र विरोधीसँग गएर घाँटी जोडेर दुनो सोझ्याउने काम पुष्पलालले कहिल्यै नगरेको स्पष्ट गरे ।

‘पुष्पलाल आदर्शप्रति सधैँ दृढ रहनुभयो । उहाँका केही सीमाहरू थिए होलान् तर विचार र काममा उहाँ अग्रणी हुनुहुन्थ्यो । उहाँ साँच्चैको क्रान्तिकारी व्यक्ति हुनुन्थ्यो,’ अध्यक्ष ओलीले भने । उनले पुष्पलाल सबै खाले आशक्तिबाट माथि रहनु भएको तथ्य पनि राखे ।

 

‘पुष्पलाल जात र धर्मबाट उहाँ माथि हुनुहुन्थ्यो । आफ्नो धरमा श्रेष्ठ लेख्नुभएन । नेपालमा कम्युनिष्टहरुको सङ्गठनलाई गतिशील रूपमा हाँक्न सक्ने नेता हुनुहुन्थ्यो । उहाँ सही विचार र समर्पित नेतृत्व भएको व्यक्ति हुनुहुन्थ्यो । उहाँकै लिगेसी बोकेको एमालेका नेता कार्यकर्ताले ती पक्षहरूलाई बिर्सन मिल्दैन,’ ओलीको भनाई थियो ।’

विसं १०८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिनुभएका पुष्पलालले नै कार्ल मार्क्स र फ्रेडरिक एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट घोषणापत्र’ लाई पहिलो पटक नेपाली भाषामा अनुवाद गरेका थिए ।

 

उनकै नेतृत्वमा नेपालमा पहिलो पटक २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । उहाँको २०३५ साउन ७ गते उपचारका क्रममा भारतमा निधन भएको थियो ।

The post सिद्धान्त छाडेर दुनो सोझाउने र विरोधीसँग कहिल्यै पुष्पलाल मिल्नु भएन: ओली appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/23/%e0%a4%b8%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%a7%e0%a4%be%e0%a4%a8%e0%a5%8d%e0%a4%a4-%e0%a4%9b%e0%a4%be%e0%a4%a1%e0%a5%87%e0%a4%b0-%e0%a4%a6%e0%a5%81%e0%a4%a8%e0%a5%8b-%e0%a4%b8%e0%a5%8b%e0%a4%9d/feed/ 0
लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण https://gyaanghar.com/2025/07/23/%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%9d%e0%a4%be%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be/ https://gyaanghar.com/2025/07/23/%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%9d%e0%a4%be%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be/#respond Wed, 23 Jul 2025 13:43:57 +0000 https://gyaanghar.com/?p=10933   आदिवासी रानाथारु जातिको भाषा र व्याकरणको खोज अनुसन्धान अघि बढेको छ।यसै क्रममा प्रा डा. दुविनन्द ढकाल,शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रीय अध्यक्ष, भाषाविद् कमल सिंह रानाको संयुक्त सङ्कलन,लेखन तथा सम्पादनमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश’ प्रकाशित भएको थियो । उक्त शब्दकोशको लोकार्पण यही साउन ३ गते कञ्चनपुरस्थित लालझाडी गाउँपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि […]

The post लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण appeared first on Gyaan Ghar.

]]>

  आदिवासी रानाथारु जातिको भाषा र व्याकरणको खोज अनुसन्धान अघि बढेको छ।यसै क्रममा प्रा डा. दुविनन्द ढकाल,शिक्षक राजकुमार राना र नेपाल रानाथारूका केन्द्रीय अध्यक्ष, भाषाविद् कमल सिंह रानाको संयुक्त सङ्कलन,लेखन तथा सम्पादनमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश’ प्रकाशित भएको थियो । उक्त शब्दकोशको लोकार्पण यही साउन ३ गते कञ्चनपुरस्थित लालझाडी गाउँपालिकामा आयोजित कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका डिन तथा प्रा. डा. दुविनन्द ढकालले गर्नुभएको थियो ।उहाँले ‘रानाथारु भाषाको व्याकरण र शब्दकोश’ले रानाथारु समुदायको भाषा र विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने , लेखनमा शुद्धता र लिपिबद्ध गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो।
 विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य मातृभाषा,कोष तथा व्याकरण विभाग प्रमुख त्रैलोक्यमान बनेपालीले आदिवासी जनजातिले भाषा,साहित्य र संस्कृति बचाउन सके मात्रै आआफ्नो अस्तित्व र पहिचान जोगिने बताउँदै ‘रानाथारु भाषाको व्याकरण र शब्दकोश’ले रानाथारुको भाषा, साहित्य र संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताउनु भएको थियो ।उहाँले यस्ता महत्त्वपूर्ण कार्यमा प्रज्ञा-प्रतिष्ठान सदैव सहयोग गर्न तत्पर रहेको उल्लेख गर्नुभएको थियो।
 कार्यक्रममा विशिष्ट अतिथि लालझाडी गाउँपालिकाका प्रमुख निर्मल राना, रानाथारु भाषाविद् ,भूमि आयोग कैलालीका विज्ञ सदस्य , नेपाल रानाथारु समाज केन्द्रीय अध्यक्ष तथा लेखक कमल सिंह राना, रानाथारु समुदायका साहित्यकार पदम राना, नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक मोहन चौधरी रहनुभएको थियो ।
 नेपाल रानाथारु समाज केन्द्रीय महासचिव तीर्थराज राना, नेपाल रानाथारु समाज पूर्व महासचिव तथा लेखक राजकुमार राना , रानाथारु उत्थान मञ्चका सल्लाहकार धोके राना, वार्ड अध्यक्ष आशाराम राना, प्रकाश राना, गोमती राना, अमर राना, घुम्मन राना, भोजराज राना, भक्त राना लगायतका व्यक्तिहरू अतिथि रहनुभएको थियो । सभाध्यक्ष नेपाल रानाथारु महिला सङ्घका अध्यक्ष प्रेमवती रानाले उक्त पुस्तकले रानाथारु समुदायको भाषा , साहित्य र संस्कृतिको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने आशा व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो।
 सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला

The post लालझाडीमा ‘रानाथारु भाषा व्याकरण र शब्दकोश ‘ लोकार्पण appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/23/%e0%a4%b2%e0%a4%be%e0%a4%b2%e0%a4%9d%e0%a4%be%e0%a4%a1%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%a8%e0%a4%be%e0%a4%a5%e0%a4%be%e0%a4%b0%e0%a5%81-%e0%a4%ad%e0%a4%be%e0%a4%b7%e0%a4%be/feed/ 0
कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत  https://gyaanghar.com/2025/07/16/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2-%e0%a4%b0/ https://gyaanghar.com/2025/07/16/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2-%e0%a4%b0/#respond Wed, 16 Jul 2025 15:43:04 +0000 https://gyaanghar.com/?p=10928  काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ अर्पण समारोहको आयोजना गरेको हो । कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभयो। कुलपति भूपाल राईले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा वरिष्ठ […]

The post कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत  appeared first on Gyaan Ghar.

]]>

 काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ २०८१ अर्पण समारोहको आयोजना गरेको हो । कार्यक्रमका सभाध्यक्ष तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभयो।
कुलपति भूपाल राईले ‘प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’ जनमत साहित्यिक मासिकका प्रधान सम्पादक तथा वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाल र ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’ डोट्याली भाषाको साहित्यिक पत्रिका ‘गुगुल्डी’ मासिकका सम्पादक वीरबहादुर चन्दलाई अर्पण गर्नुभयो। उक्त पुरस्कारको राशि जनही ५०,०००/ (पचास हजार )रुपैयाँ र ताम्रपत्र रहेको छ।
  यस क्रममा कुलपति राईले लोकतान्त्रिक गणतन्त्रको मूल मर्म समावेशीकरण भएकाले साहित्यिक पत्रकारितालाई पनि बहुभाषिक बनाउन जोड दिँदै प्रज्ञा-प्रतिष्ठानले यस क्षेत्रलाई प्रोत्साहित गर्ने गरी पुरस्कार र सहयोगको व्यवस्था गरेको बताउनुभयो। प्राज्ञ पनि साहित्यिक पत्रकारिताकै उपज भएको उल्लेख गर्दै बदलिँदो समयानुकूल प्रविधि मैत्री हुँदै अघि बढ्नुपर्ने चुनौती साहित्यिक पत्रकारितामा रहेको ओैल्याउनुभयो।यसले सम्पूर्ण भाषा सेवी र सर्जकलाई बौद्धिक खुराक प्रदान गर्दछ। प्राज्ञिक र सांस्कृतिक सत्ता निर्माण गर्न साहित्यिक पत्रकारको महत्त्वपूर्ण भूमिका रहेको कुरा कुलपति राईले बताउनुभएको हो।
पुरस्कृत व्यक्तित्व मोहन दुवालले प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कारबाट आफू पुरस्कृत हुन पाउँदा साहित्यिक पत्रकारितामा थप जिम्मेवारी बनाएको महसुस भएको बताउनुभयो ।उहाँले आफ्नो जीवन नै साहित्यिक पत्रकारिता भएकाले यसमै आफ्नो इगो रहेको उल्लेख गर्नुभयो । साहित्यिक पत्रकारिताका क्षेत्रमा राज्यका निकायबाट हुने गरेका विभेदका बारेमा चर्चा गर्दै प्रज्ञा-प्रतिष्ठानले ढिलै भए पनि सम्झिएकोमा विशेष आभार व्यक्त गर्नुभयो। अर्का पुरस्कृत व्यक्तित्व ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत वीरबहादुर चन्दले डोट्याली भाषा नेपाली भाषाको पनि आमा मानिएकाले ‘गुगुल्डी’ प्रकाशित गरेर भाषा साहित्यमा सेवा गरेको चर्चा गर्दै मातृभाषाको जगेर्नामा आफू लागिरहने बताउनुभयो ।
विशेष अतिथि ,वरिष्ठ साहित्यकार तथा पत्रकार पुरुषोत्तम दाहालले नेपालका सम्पूर्ण भाषाहरूको संरक्षण गरे मात्रै साहित्य र संस्कृति समृद्ध बन्ने बताउनुभयो। उहाँले लेखक, साहित्यकार र पत्रकार लोकतान्त्रिक र अग्रगामी हुने कुरामा आफू आश्वस्त रहेको बताउँदै प्रज्ञा-प्रतिष्ठानले नयाँ नयाँ खोज अनुसन्धानमा जोड दिनुपर्ने बताउनुभयो ।
प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले विशेष योगदान पुर्‍याएका साहित्यिक पत्रकारलाई मात्रै प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दिने कार्यविधिअनुरूप प्रतिभाको छनौट गरेको बताउनुभयो। उहाँले मोहन दुवाल र वीरबहादुर चन्द दीर्घ सेवी साहित्यिक पत्रकार मात्रै होइनन्,यस क्षेत्रका इतिहास भएको उल्लेख गर्नुभयो ।साथै साहित्यिक पत्रिका सहयोग कोषको मूल धन बढाउने प्रतिबद्धता धन्यवाद मन्तव्यमा बताउनुभयो।
 प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य गद्य विभाग प्रमुख अमर न्यौपानेले संस्कृत भाषामा गुरुकुल भए जस्तै प्रत्येक मातृभाषामा पनि गुरुकुल आवश्यक रहेको बताउनुभयो।उहाँले प्रत्येक भाषाबाट साहित्यिक पत्रकारिता भएमा त्यो बाँच्ने र समृद्ध हुने बताउँदै प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार प्रदान गर्दा प्रतिष्ठानले विशिष्ट प्रतिभाको चयन गरेको कुरा आफ्नो स्वागत मन्तव्यमा बताउनुभयो ।
कार्यक्रमको उद्घोषण प्रज्ञासभा सदस्य चेतनाथ धमलाले गर्नुभयो।
 सम्प्रेषण :प्राज्ञ चेतनाथ धमला

The post कुलपति राईद्वारा दुवाल र चन्द ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’बाट पुरस्कृत  appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/16/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%aa%e0%a4%a4%e0%a4%bf-%e0%a4%b0%e0%a4%be%e0%a4%88%e0%a4%a6%e0%a5%8d%e0%a4%b5%e0%a4%be%e0%a4%b0%e0%a4%be-%e0%a4%a6%e0%a5%81%e0%a4%b5%e0%a4%be%e0%a4%b2-%e0%a4%b0/feed/ 0
जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति: प्रचण्ड https://gyaanghar.com/2025/07/16/%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/ https://gyaanghar.com/2025/07/16/%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/#respond Wed, 16 Jul 2025 02:41:53 +0000 https://gyaanghar.com/?p=10922 काठमाडौँ , असार ३०– संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहाँ सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन् ।   उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने, “मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा […]

The post जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति: प्रचण्ड appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ , असार ३०– संसद्मा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहाँ सरकार भएको बताउँदै वर्तमान सरकारले सत्तालाई बिचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाएको बताएका छन् ।

 

उनले विशेष गरी भूमिहीन सुकुमवासीका विषयमा उदाहरण दिँदै भने, “मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा पाँच लाख भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र दिने गृहकार्य अघि बढाएको थियो, तर अहिलेको दुई तिहाइको दम्भ बोकेको सरकारले भूमि आयोगका पदाधिकारी हटाउनु बाहेक केही गर्न सकेन।”

प्रचण्डले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौँको डिल गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीप्रति व्यङ्ग्यात्मक लहजामा भने, “तपाईँका मन्त्रीहरू खुल्लमखुल्ला लाखौँको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?”

उनले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण, र बिचौलियाको संरचना सृजना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोप पनि लगाए।

 

“जहाँ सरकार, त्यहीँ भ्रष्टाचार र बेथिति” भन्दै उनले विदेशसम्म प्रधानमन्त्रीले जाने हरेक स्थानमा विवाद सिर्जना भएको टिप्पणी गरे ।

पूर्व प्रधानमन्त्री दाहालले प्रधानमन्त्रीको `भ्रष्टाचार गर्दिनँ र गर्न दिँदिनँ´ भन्ने अभिव्यक्तिलाई आमजनताले जाली ठानिसकेको र त्यसको विपरीत सरकारको क्रियाकलापले त्यो साबित गरिदिएको दाबी गरे ।

उनले भने, “गत वर्ष नै मैले भनेको थिएँ– सुशासन र संविधान कार्यान्वयन सरकारको प्राथमिकता होइन। सरकार अँध्यारो कोठामा बिचौलियाको स्वार्थ पूरा गर्न बनाइएको थियो। आज पनि त्यही काममा प्रधानमन्त्रीदेखि मन्त्रीहरू व्यस्त छन्।”

सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले जनजीविकाका सवाल, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सत्ताका लागि घाँडो जस्ता भएका टिप्पणी गरे

 

“एउटै मुद्दामा आफ्नालाई बचाउने र विपक्षीलाई राजनीतिक प्रतिशोधको सिकार बनाउने कुरामा त सरकारले विश्व रेकर्ड नै बनाएको छ,” अध्यक्ष प्रचण्डले भने।

The post जहाँ सरकार त्यहाँ भ्रष्टाचार र बेथिति: प्रचण्ड appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/16/%e0%a4%9c%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%b8%e0%a4%b0%e0%a4%95%e0%a4%be%e0%a4%b0-%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%b9%e0%a4%be%e0%a4%81-%e0%a4%ad%e0%a5%8d%e0%a4%b0%e0%a4%b7%e0%a5%8d%e0%a4%9f/feed/ 0
१० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछ: ऊर्जा मन्त्री खड्का https://gyaanghar.com/2025/07/16/%e0%a5%a7%e0%a5%a6-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ae%e0%a5%ab%e0%a5%a6%e0%a5%a6-%e0%a4%ae%e0%a5%87%e0%a4%97%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%9f-%e0%a4%b5/ https://gyaanghar.com/2025/07/16/%e0%a5%a7%e0%a5%a6-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ae%e0%a5%ab%e0%a5%a6%e0%a5%a6-%e0%a4%ae%e0%a5%87%e0%a4%97%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%9f-%e0%a4%b5/#respond Wed, 16 Jul 2025 02:37:37 +0000 https://gyaanghar.com/?p=10919 काठमाडौँ, ३१ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको कार्ययोजना अनुसार काम अघि […]

The post १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछ: ऊर्जा मन्त्री खड्का appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, ३१ असार । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रलाई दिगो विकासको बाटोमा अघि बढाउन सरकार दृढतापूर्वक लागिपरेको बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान० को २३औँ वार्षिक साधारण सभाको उद्घाटन समारोहमा मन्त्री खड्काले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहितको कार्ययोजना अनुसार काम अघि बढिसकेको जानकारी गराए।

“ट्रान्समिसन लाइन पुगेको ठाउँमा विद्युत् उत्पादन गर्न दिनु पर्ने प्रधानमन्त्रीज्यूको नीति अनुरूप पिपिए भएको छ,” मन्त्री खड्काले बताए। साथै, उत्पादनका क्रममा देखिएका अवरोध हटाउन वन मन्त्रालयसँग पनि निरन्तर छलफल र समन्वय भइरहेको उनले जानकारी दिए।

ऊर्जा क्षेत्रमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको भन्नुहुँदै मन्त्री खड्काले सरकारले सुरक्षित लगानी वातावरण तयार गरेर निजी क्षेत्रलाई साझेदार बनाउन कुनै द्विविधा नरहेको स्पष्ट पारे। “सरकार एक्लैले लगानी गर्न सक्दैन, निजी क्षेत्रको सहभागिता आवश्यक छ,” उनले भने।

कार्यक्रममा पूर्व ऊर्जा मन्त्री जनार्दन शर्माले सरकारको नियत र कार्यशैलीमाथि प्रश्न उठाउँदै समयमै विद्युत् खरिद सम्झौता नगरेको, लाइसेन्स कब्जा गर्ने प्रवृत्ति रोक्न नसकेको भन्दै आलोचना गरेपछि जवाफमा मन्त्री खड्काले विगत १२ वर्षमा माओवादी नेतृत्वले ऊर्जा मन्त्रालय सम्हाल्दा के काम भयो ? भन्ने प्रश्न गरे।

“विगतदेखि रोकिएका काम अहिले अघि बढेका छन्,” उनले भने।  सरकारमा हुँदा एउटा कुरा र बाहिर हुँदा अर्को कुरा गरेर विकासको बाधक बन्नुको सट्टा राष्ट्रको समृद्धिकालागि सबैले अपनत्व लिनुपर्ने मन्त्री खड्काले बताए ।

मन्त्री खड्काले मुलुकको समृद्धिका लागि ऊर्जा क्षेत्रमा पुँजी निर्माण र चलायमान बनाउनुपर्ने आवश्यकता औँल्याए। साना र मझौला जलविद्युत् आयोजनाको महत्त्वलाई स्विकार्दै, सोलारसहित मिक्स इनर्जीमा पनि लगानीको वातावरण तयार गर्न सरकार गम्भीर रहेको उनको भनाइ थियो।

ऊर्जा उत्पादनमा आत्मनिर्भरता हासिल गरेर मुलुकलाई समृद्ध र आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध रहेको दोहोराए। साथै, सरकारले समयानुकूल कानुन परिमार्जन गरेर ऊर्जा विकासलाई थप गति दिने स्पष्ट पारे ।

 

The post १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछ: ऊर्जा मन्त्री खड्का appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/16/%e0%a5%a7%e0%a5%a6-%e0%a4%b5%e0%a4%b0%e0%a5%8d%e0%a4%b7%e0%a4%ae%e0%a4%be-%e0%a5%a8%e0%a5%ae%e0%a5%ab%e0%a5%a6%e0%a5%a6-%e0%a4%ae%e0%a5%87%e0%a4%97%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%9f-%e0%a4%b5/feed/ 0
आज कर्णालीबाहेक अन्य प्रदेशमा भारी वर्षा हुने https://gyaanghar.com/2025/07/13/%e0%a4%86%e0%a4%9c-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%87%e0%a4%95-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/ https://gyaanghar.com/2025/07/13/%e0%a4%86%e0%a4%9c-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%87%e0%a4%95-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/#respond Sun, 13 Jul 2025 03:16:01 +0000 https://gyaanghar.com/?p=10916 काठमाडौँ, २९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेश लगायत पहाडी भू(भाग साधारणता बदली रही […]

The post आज कर्णालीबाहेक अन्य प्रदेशमा भारी वर्षा हुने appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ, २९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेश लगायत पहाडी भू(भाग साधारणता बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

 

दिउँसो देशभर साधारणता बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

राती भने देशभर साधारणता बदली रहनेछ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेश, मधेस प्रदेश,गण्डकी प्रदेश,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सबै प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

 

सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूसँग महाशाखाले अनुरोध गरेको छ।

The post आज कर्णालीबाहेक अन्य प्रदेशमा भारी वर्षा हुने appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/13/%e0%a4%86%e0%a4%9c-%e0%a4%95%e0%a4%b0%e0%a5%8d%e0%a4%a3%e0%a4%be%e0%a4%b2%e0%a5%80%e0%a4%ac%e0%a4%be%e0%a4%b9%e0%a5%87%e0%a4%95-%e0%a4%85%e0%a4%a8%e0%a5%8d%e0%a4%af-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0/feed/ 0
काठमाडौँमा साम्राज्यवादी युद्धको विरोधमा  प्रदर्शन हुने https://gyaanghar.com/2025/07/11/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%be/ https://gyaanghar.com/2025/07/11/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%be/#respond Fri, 11 Jul 2025 02:33:23 +0000 https://gyaanghar.com/?p=10907 काठमाडौँ, २७ असार ।  १२ वटा राजनीतिक दलहरू तथा विभिन्न संस्थाहरुको आयोजनमा आज साम्राज्यवादी युद्धको विरोधमा  तथा प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । नेकपा (मसाल),  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित  वामपन्थी दल र सङ्गठनहरूले काठमाडौँमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १तः०० बजे शान्तिवाद, रत्नपार्कमा हुनेछ । इजरायली हमलामा झन्डै ५५ […]

The post काठमाडौँमा साम्राज्यवादी युद्धको विरोधमा  प्रदर्शन हुने appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ, २७ असार ।  १२ वटा राजनीतिक दलहरू तथा विभिन्न संस्थाहरुको आयोजनमा आज साम्राज्यवादी युद्धको विरोधमा  तथा प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् ।

नेकपा (मसाल),  नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित  वामपन्थी दल र सङ्गठनहरूले काठमाडौँमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १तः०० बजे शान्तिवाद, रत्नपार्कमा हुनेछ ।

इजरायली हमलामा झन्डै ५५ हजार निर्दोष प्यालेस्टाइनीको हत्या भए पछि नेपालका वामपन्थी दलहरू प्रदर्शनमा उत्रिन लागेका हुन् । संसद् बाहिर रहेका नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्व पनि सो प्रदर्शनमा उत्रिने छन् ।

आयोजकका अनुसार सो प्रदर्शनमा उत्रने राजनीतिक दलहरूः

– नेकपा (मसाल) 

– नेकपा (माओवादी केन्द्र)

– नेकपा (एकीकृत समाजवादी)

-रास्ट्रीय जनमोर्चा, नेपाल

– नेपाल कम्युनिस्ट पार्टी

– क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल
– वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी,नेपाल
– नेकपा
– नेकपा (बहुमत)
– नेपाल समाजवादी पार्टी
– जसपा
– देशभक्त समाजवादी स्कुल

– राजनीतिक संवाद अभियान

The post काठमाडौँमा साम्राज्यवादी युद्धको विरोधमा  प्रदर्शन हुने appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/11/%e0%a4%95%e0%a4%be%e0%a4%a0%e0%a4%ae%e0%a4%be%e0%a4%a1%e0%a5%8c%e0%a4%81%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%be%e0%a4%ae%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%b5%e0%a4%be/feed/ 0
‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार https://gyaanghar.com/2025/07/08/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%bf%e0%a4%99-%e0%a4%aa%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%a1-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%b0%e0%a4%a3-%e0%a4%ac%e0%a4%be/ https://gyaanghar.com/2025/07/08/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%bf%e0%a4%99-%e0%a4%aa%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%a1-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%b0%e0%a4%a3-%e0%a4%ac%e0%a4%be/#respond Tue, 08 Jul 2025 02:27:48 +0000 https://gyaanghar.com/?p=10895 काठमाडौँ, २३ असार ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन् । सोमबारको कार्यब्यवस्था समितिको बैठकले ७ सदस्सीय छानबिन समिति बनाए पछि त्यसको जानकारी गराएका हुन् । उनका अनुसार नेपाली काँग्रेसका सांसद जीवन परियारको संयोजकत्वको सो समिति गठन गरिएको हो ।   प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम […]

The post ‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ, २३ असार ।  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठन गरिएको जानकारी गराएका छन् ।

सोमबारको कार्यब्यवस्था समितिको बैठकले ७ सदस्सीय छानबिन समिति बनाए पछि त्यसको जानकारी गराएका हुन् । उनका अनुसार नेपाली काँग्रेसका सांसद जीवन परियारको संयोजकत्वको सो समिति गठन गरिएको हो ।

 

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम ‘सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ गठन गरिएको हो । सो समितिले २१ दिनको समय सीमा पाएको छ ।

 

सो छानबिन समितिमा दलीय आधारमा नेपाली काँग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् ।

जसअनुसार नेपाली काङ्ग्रेसबाट जीवन परियार र सुशीला थिंग, एमालेबाट सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती र राप्रपाबाट रोशन कार्की तथा माओवादीबाट माधव सापकोटा र रास्वपाबाट गणेश पराजुली रहेका छन् ।

 

सङ्घीय निजामती सेवा विधेयकमा सहमति विपरीत ‘कुलिङ अफ पिरियड’ हटाएर संसद्मा प्रतिवेदन पेस गरेको भन्दै राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र सचिव दुरा माथि छानबिन गर्न माग पछि सो समिति गठन गरिएको हो ।

The post ‘कुलिङ पिरियड’ प्रकरण बारे संसदीय छानबिन समितिको संयोजकमा जीवन परियार appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/07/08/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a4%bf%e0%a4%99-%e0%a4%aa%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%a1-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%95%e0%a4%b0%e0%a4%a3-%e0%a4%ac%e0%a4%be/feed/ 0