health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131The post किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन्, बल्ल अनुभूति भयो: उषाकिरण appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ, ७ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीका सुपुत्री उषाकिरण भण्डारीले आमाको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले केन्द्रीय समितिको निर्णयबाट अचम्मित नभएको टिप्पणी गरेकी छिन् ।
हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले यसअघि नै नवीकरण भइसकेको पूर्व राष्ट्रपति भण्डारीको सदस्यता ‘रोक्ने’ निर्णय गरे पछि उनले सामाजिक सञ्जालबाट यस्तो टिप्पणी गरेकी हुन् ।
‘तपाइहरू मध्य कति जना यो निर्णयबाट छक्क पर्नुभएको देखेर म छक्क परेँ, तपाइहरू मानव प्रकृतिलाई नहेरी कसरी बाँचिरहनुभएको छ ? निर्णय र निर्णयमा पुग्न गरिएका तिगडम दुवैबाट म चाहिँ अचम्मित छैन। म खुसी छु कि यो खुला रूपमा बाहिर आयो,’ उनले सामाजिक सञ्जालमा लेखेकी छिन् ।
‘अनि, आज कमरेड पुष्पलालको स्मृति दिवस पनि रहेछ, कस्तो संयोग ! मलाई उहिले उहिले लाग्थ्यो किन उहाँको परिवार नेकपा एमालेमा नैतिक समर्थन गर्न पनि देखिने गरी प्रस्तुत हुँदैन ?’ उनले प्रश्न गर्दै भनेकी छिन, ‘हामीलाई त आमाले राजनीति गर्न मन छैन भने पनि सधैँ देखिने गरी पार्टीको समर्थनमा उभिनु, नैतिक समर्थन गर्नु, टाढा नजानु भन्नुहुन्छ र सोही अनुरूप कोसिस गरियो।’
उनी अगाडी लेख्छिन्, ‘तर विगतको एक महिनादेखि मलाई ज्ञान भयो नैतिक समर्थन पनि गर्न नसकिने तहसम्म पनि पुर्याउने रहेछन्। र, नैतिक समर्थन खोज्दैनन् पनि। यो ज्ञानको बोझ आज यहाँ बिसाउने मौका यो प्रकरणले दियो, त्यस कारण यो प्रकरणलाई धन्यवाद !’
The post किन पुष्पलालको परिवारले एमालेलाई देखिने गरी नैतिक समर्थन पनि गर्दैनन्, बल्ल अनुभूति भयो: उषाकिरण appeared first on Gyaan Ghar.
]]>The post बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) बारे टिप्पणी गर्दै ‘मनपरी बोल्ने केटो’ भनेका छन् ।
शनिवार काठमाडौँमा आयोजित एमालेको ‘स्थानीय तहमा जनसङ्गठन सुदृढीकरण’ विषयक राष्ट्रिय कार्यशाला बोल्दै प्रधानमन्त्री ओलीले बालेनको नाम नलिएरै ‘मनपरी बोल्ने केटो’ को संज्ञा दिएका हुन् ।
ओलीले भने- ‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यल्ले मनपरी बोल्छ। त्यल्लाई चलाउनुहुँदैन है ! त्यो सँग जनमत छ अरे ! डराएर उसलाई नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ । देखिसक्यौँ नि हामीले, बोक्नेले त बोकेकै छ ।’ उनले अगाडी भने- ‘बिरालो काँधमा बोकेर यता पट्टिबाट गोली हानेर मृग मार्यो भन्दै भ्रम चलाइन्छ। त्यस कारण हामी भ्रमबाट मुक्त हुनुपर्छ ।’
‘नढली कोही हुन्न विजेता’ भन्दै ओलीले बलियो र दुब्लोको लडाइँमा बलियोले प्रहारै गर्दैन भने दुब्लोको त्यसै जित हुने बताए । उनले भने- ‘दुब्लोले कहिले आँखा फुटाइदेला, अर्को पटक के गर्देला, अर्को पटक दाँत झारिदेला, दुब्लोले त्यति त सक्छ नि ! बलियाले हात छाड्दैन । अनि दुब्लोले एकलौटी हान्या छ, हान्या छ गरेपछि बलियोले नि हार्छ । लड्नुपर्यो नि जित्न । आफ्नै हातमा मोबाइल छ, तर आफ्नै साथीविरुद्ध लेख्या छ । विरोधीसँग लड्न मोबाइल चुप छ । अनि हामी लड्छौँ कसरी ?’
उनले एमाले बलियो हुँदाहुँदै पनि लडाइँ नगर्दा अहिले बजारमा कमजोर देखिएको ओलीको भनाई थियो ।
The post बालेनलाई ओलीले दिए ‘मनपरी बोल्ने केटो’ को संज्ञा appeared first on Gyaan Ghar.
]]>The post नयाँ सरकारका चुनौती ! appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा नयाँ सरकार गठन भएसँगै २१ मन्त्री पनि नियुक्त भएका छन् । नेपाली काँग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनमा जसपा, जसपा नेपाल र लोसपा पनि सहभागी भएका छन् ।
यो पटक नयाँ कुरा २१ मन्त्रीलाई एकै पटक शपथ गराउन सक्नु भएको छ । दलहरूबिच विवाद र मन्त्री छान्ने सकसका बिच पटक पटक किस्तामा मन्त्री नियुक्ति गर्ने परम्परा यस पटक तोडिएको छ ।
यो सरकारको विषयमा सुरुमै महिला सहभागिता र दलितको प्रतिनिधित्वको बारेमा प्रश्न उठेको छ । २२ सदस्यीय मन्त्रीमण्डलमा केवल २ महिला मन्त्री छन् भने दलितको प्रतिनिधित्व शून्य छ । यो प्रश्न गर्ने विषय हो । हुन त यस अघि पनि महिलाको प्रतिनिधित्व बारे दलहरूको सङ्कुचित सोचाई नै रहँदै आएको पाइन्छ तर काङ्ग्रेस-एमाले जस्ता ठुला दल मिलेर सरकार बनाउँदा पनि महिलाको उचित प्रतिनिधित्व गराउन नसक्नुले उनीहरूको सोच र काम गर्ने तरिका प्रस्ट बुझ्न सकिन्छ ।
कुनै पनि बाध्यकारी अवस्था बाहेक उनीहरूले महिलालाई अगाडी बढाउने विषयमा सोच्दैनन् भन्ने यस घटनाले पनि प्रस्ट गराउँछ ।
अर्कोतर्फ खास गरी काँग्रेसका मन्त्रीहरू प्रश्न प्रश्नको घेरामा हुने छन् । यस अघि प्रतिपक्षमा हुँदा प्रचण्ड नेतृत्वको सरकारलाई काँग्रेसले तेर्साएका सबै प्रश्न अब काँग्रेस आफै तिर तेर्सिएका छन् । सहकारी ठगी प्रकरणदेखि गिरीबन्धु टी स्टेट प्रकरणमा काँग्रेसले कसरी काम गर्छ र आफैले सोधिरहेका प्रश्नको जवाफ अब काम गरेर कसरी दिन्छ, त्यो हेर्न बाँकी रहेको छ ।
त्यस्तै ठुलो र चुनौतीपूर्ण अग्निपरीक्षामा प्रधानमन्त्री ओली समेत रहेका छन् । देशको असहज आर्थिक अवस्थामा ओलीले देशको नेतृत्व सम्हालेका छन् । दुई ठुला देश चीन-भारतसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने देखि निराश बन्दै गएका आम जनतामा आशाको सञ्चार गराउने चुनौती ओलीमा रहेको छ । खास गरी ओलीकै नेतृत्वमा नेपाली भूभाग लिपुलेक, कालापानीलाई नेपाली नक्सामा समेटेदेखि त्यो विषय जस्ताको तस्तै छ । अब फेरी एक पटक ओलीसँग यो विषय टुङ्गाउने अवसर र चुनौती आएको वा रहेको छ । शिथिल रहेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउनेदेखि महँगी, बेरोजगारीले पीडित बनेको आम जनतालाई राहत दिने चुनौती ओलीलाई रहेको छ ।
यस अघिका प्रधानमन्त्री ओलीका कार्यकालमा धरै जसो समय उत्तेजित भाषण दिने र अरूप्रति कटाक्ष गर्दै बितेका थिए । तर यस पटक उनी फरक पृष्ठभूमिबाट सत्तामा आएका छन् । त्यसैले उनी पहिला भन्दा संयमित देखिएका छन् र हुनु पनि पर्छ । एक अर्काप्रति कटाक्ष भन्दा पनि नतिजामुखी काम गरेर देखाउन उनलाई चुनौती रहेको छ ।
The post नयाँ सरकारका चुनौती ! appeared first on Gyaan Ghar.
]]>The post माओवादी युद्धका सहयात्रीहरूलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल appeared first on Gyaan Ghar.
]]>
काठमाडौँ, १ फागुन । नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् । माओवादी केन्द्रले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटनपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरूलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गरेका हुन् ।
सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आइनुहोस् बसौँ, समीक्षा गरौँ । नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरू आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।”
सामाजिक न्याय र सुशासन कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै अध्यक्ष प्रचण्डले सङ्कल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गर्नुभयो । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरू अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे ।
जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको बताउनुभयो । सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरूले यस बिदालाई भव्य रूपमा मनाउने बताउँदै यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताए ।
“नेपालमा ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णायक भूमिका कमरेड प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन,” उपाध्यक्ष श्रेष्ठले भने, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रूपान्तरण गरेको छ, उहाँ दूर दृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।”
सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताए । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धिको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताए ।
The post माओवादी युद्धका सहयात्रीहरूलाई एकताबद्ध हुन अध्यक्ष प्रचण्डको अपिल appeared first on Gyaan Ghar.
]]>The post सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली appeared first on Gyaan Ghar.
]]>२३ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधिन र सार्वभौम राष्ट्र हुदा हुदै आफ्नो स्वतन्त्रताको प्रयोग गर्न नसक्नु लज्जाको कुरा भएको बताएका छन् ।
समृद्धिका लागि संकल्प यात्राका क्रममा गोरखा बजारमा शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने, – `लिम्पीयाधुरा, लिपुलेक, कालापानीका प्रश्न उच्च स्तरीय संवादहरुमा किन उठ्दैन ? यो भन्दा गएगुज्रेका कुरा के हुन्छ । त्यो भन्दा देश प्रतिको बेइमानी के हुन्छ । ”

पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रीत झुलाघाट चिवाभन्जाङ्ग यात्राका क्रममा शुक्रवार गोरखा आइपुग्नुभएका एमाले अध्यक्ष ओली शनिवार बिहान गोरखा सदरमुकाममा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका हुन् ।
कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्ग निर्माणमा भइरहेको ढिलासुस्ती प्रति आपत्ति व्यक्त गर्नुभयो । वर्तमान प्रधानमन्त्रीको निर्वाचन क्षेत्र समेत रहेको गोरखा आउनुभएका अध्यक्ष ओलीले व्यंगात्मक शैलीमा भने –“विकासमा भइरहेको ढिलासुस्ती बारे म प्रधानमन्त्री संग कुरा गर्छु । हिजो वहाँकै निर्वाचन क्षेत्रमा पर्ने बाटो हुदै म आएको हु । १०० किलोमिटर हिडेकी भनेको त १६ किलोमिटर पो रहेछ ।´
अन्तरक्रिया कार्यक्रममा गोरखाका स्थानीयहरुले अध्यक्ष केपी शर्मा ओली संग विकास निर्माण सम्वन्धी विभिन्न मागपत्रहरु बुझाएका थिए ।
The post सरकारले राष्ट्रिय स्वाधिनताको रक्षा गरेनःओली appeared first on Gyaan Ghar.
]]>The post एमाले पदयात्राको नवौं दिन: आज आरूघाट पुग्ने appeared first on Gyaan Ghar.
]]>मंसिर २२, काठमाडौं । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरूघाट, गोरखा पुग्दैछ ।
झुलाघाटबाट आरम्भ भएको `संमृद्विको लागि संकल्प यात्रा´को नवौ दिन मंसिर २२ गते कास्कीको पोखराबाट सुरू हुने छ।

यात्राको क्रममा भोर्लेटार, धमिलकुवा, पालुङटार लगायत ठाउँहरूमा भेटघाट गर्ने कार्यक्रम रहेको छ।
लमजुङको सुन्दरबजारमा सभा सम्पन्न गरी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली आज गोरखाको आरूघाटमा बास बस्ने प्रचार बिभाग सचिव गगन बिष्टले जानकारी दिए ।
The post एमाले पदयात्राको नवौं दिन: आज आरूघाट पुग्ने appeared first on Gyaan Ghar.
]]>The post राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने appeared first on Gyaan Ghar.
]]>राप्रपाले राष्ट्रिय सभाको निर्वाचनमाा सहभागी हुने निर्णय गरेको छ । बुधबार र बिहीबार काठमाडौंमा बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभाको निर्वाचनमा राप्रपा सहभागी हुने निर्णय गरेको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने सम्बन्धमा अन्य दलसंग आवश्यक सहयोग जुटाउन, संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तथा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ ।

साथै बैठकले इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । बैठकले राप्रपा नियमावली–२०८० लाई संशोधनसहित पारित गरेको छ ।
दुई दिन बसेको बैठकमा राप्रपाले राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देश अघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै आन्दोलनको अपरिहार्यतामा जोड दिएको छ ।
राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको र सो प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेस गर्ने अनुमति दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १, २ र ३ गते काठमाण्डौंमा बस्ने निर्णय गरेको बैठकले पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
The post राप्रपा राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने appeared first on Gyaan Ghar.
]]>The post एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन appeared first on Gyaan Ghar.
]]>२१ मंसिर,काठमाडौं । सरकारले एनसेलको सेयर खरिदबिक्रीका विषयमा अध्ययन गरेर सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
३० दिनको कार्यवधि दिइएको समितिकाे सस्यहरूमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहनेछन् ।
The post एनसेल प्रकरणको अध्ययन गर्न उच्चस्तरीय समिति गठन appeared first on Gyaan Ghar.
]]>The post खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने appeared first on Gyaan Ghar.
]]>मङ्सिर २०, काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी मुद्दामा थुनामा रहेका पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई रिहा गर्ने नगर्ने विषयको सुनुवाइ २८ गते गर्ने भएको छ।
यसअघि गत मंसिर १५ गते पुनरावेदन उपरको सुनुवाइमा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाँणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा विषयमा राय बाझिएपछि तेस्रो बेञ्चबाट निर्णयमा पुगिने आदेश भएको थियो।

सोही अनुसार अदालतले मसिर २८ गते विहिवार तेस्रो न्यायाधीश रहने एकल इजलासमा खाँणको सुनुवाइको मिति तोकिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।
गत मंसिर १५ गते भएको पुनरावेदनको उपरको आदेश गर्दा खाँडलाई रिहाइ गर्ने वा नगर्ने विषयमा मत बाझिएको थियो।
मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्ने र अर्का न्यायाधीश खरेलले नामै राख्नुपर्छ भन्ने राय दिएका थिए।
The post खाँणको मुद्दामा यही मंसिर २८ गते सुनुवाइ हुने appeared first on Gyaan Ghar.
]]>The post एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने सत्तापक्षको निष्कर्ष appeared first on Gyaan Ghar.
]]>१९ मङ्सिर, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।
बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुकुल खरिदबिक्री नभएको बताए ।
उनले शेयर खरिदबिक्रीको कुरा शंकास्पद रहेकाले गठबन्धनले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निस्किएको बताए ।
सरकारका निकायहरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार छ’ – उनले भने ।
The post एनसेल खरिदबिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने सत्तापक्षको निष्कर्ष appeared first on Gyaan Ghar.
]]>