Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Warning: Cannot modify header information - headers already sent by (output started at /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php:6170) in /home/unitedrukum/gyaanghar.com/wp-includes/feed-rss2.php on line 8
अर्थ Archives - Gyaan Ghar https://gyaanghar.com/category/अर्थ/ Welcome Sun, 15 Jun 2025 02:46:53 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.0 https://gyaanghar.com/wp-content/uploads/2023/08/cropped-gyaan-ghr-logo-32x32.png अर्थ Archives - Gyaan Ghar https://gyaanghar.com/category/अर्थ/ 32 32 राति १२ बजेबाट बङ्गलादेशमा बिधुत निर्यात सुरु, १ अर्ब २९ करोड आम्दानी हुने https://gyaanghar.com/2025/06/15/%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a4%bf-%e0%a5%a7%e0%a5%a8-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b6/ https://gyaanghar.com/2025/06/15/%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a4%bf-%e0%a5%a7%e0%a5%a8-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b6/#respond Sun, 15 Jun 2025 02:46:53 +0000 https://gyaanghar.com/?p=10810 काठमाडौँ, १ असार – नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश विद्युत् निर्यात सुरु गरेको छ ।   गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ […]

The post राति १२ बजेबाट बङ्गलादेशमा बिधुत निर्यात सुरु, १ अर्ब २९ करोड आम्दानी हुने appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, १ असार – नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाइन हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश विद्युत् निर्यात सुरु गरेको छ ।

 

गत वर्ष कात्तिक १८ (जुलाई १५) मा पहिलो पटक १२ घण्टाका लागि भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गरेको प्राधिकरणले यस वर्ष असार १ (जुन १५) अर्थात् आज राती १२ बजेदेखि पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो ।

 

 

गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबिच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएसँगै अघिल्लो सिजनको अन्तिम दिन अर्थात् कात्तिक १८ गते दिउँसो १२ बजेदेखि राती १२ बजेसम्म जम्मा १२ घण्टा मात्र विद्युत् निर्यात भएको थियो ।

 

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले वर्षा याममा नेपाललाई बढी भएको विद्युत् छिमेकी मुलुक भारतसँगै बङ्गलादेशमा निर्यात गर्न पाउनु खुसीको  खबर भएको बताए ।

 

“बङ्गलादेशमा विद्युत् निर्यात हुनु यस क्षेत्रमा लाग्ने समग्र व्यवसायी र नेपालको समृद्धिका लागि खुसीको कुरा हो,”– मन्त्री खड्काले भने ।

नेपालले हरेक वर्ष पाँच महिना बर्षाद्को समयमा बढी भएको बिजुली छिमेकी मुलुक भारतलाई निर्यात गर्दै आएको छ ।

 

गत वर्ष बङ्गलादेशसँग विद्युत् निर्यात सम्झौता गरेको नेपालले त्यस वेला जम्मा १२ घण्टा मात्र विद्युत् निर्यात गर्न पाएको थियो । यो वर्ष भने आजदेखि पाँच महिना निरन्तर बङ्गलादेशमा विद्युत् निर्यात गर्नेछ ।

 

उर्जामन्त्री खड्काले हाम्रो उत्पादन निर्यात गरेर आयत घटाउ नसक्ने प्रमुख क्षेत्र भनेको विद्युत् क्षेत्र भएको बताए।

नेपाल विद्युत् प्राधिकरणले त्रिशूली जलविद्युत केन्द्रबाट उत्पादित १८ दशमलव ६० मेगावाट र चिलिमे जलविद्युत आयोजनाबाट उत्पादित २१ दशमलव ४० मेगावाट विद्युत् निर्यात गर्न नेपाल, भारत र बङ्गलादेशबिच गत वर्ष सम्झौता भएको थियो ।

आजदेखि बङ्गलादेश निर्यात सुरु गरिएको विद्युत् आगामी नोभेम्बर १५ सम्म निर्यात हुनेछ । पाँच महिनाको अवधिमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात हुने नेपाल विद्युत् प्राधिकरणका विद्युत् प्रणाली नियन्त्रण विभागका उप–प्रबन्धक सुवर्ण सापकोटाले जानकारी दिए।

उक्त विद्युत् बिक्रीबापत नेपाल सरकारले पाँच महिनामा ९४ लाख अमेरिकी डलर अर्थात् रु एक अर्ब २९ करोड नेपाली रुपैयाँ आम्दानी गर्नेछ।

उक्त सम्झौता बमोजिम निर्यात हुने विद्युत्को बिक्री दर ६.४० अमेरिकी सेन्ट प्रति युनिट रहेको छ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेशनबाट भारतको मुजफरपुर, बेहरामपुर हुँदै बङ्गलादेशको भेरमारा सबस्टेशनसम्म पुग्नेछ ।

ऊर्जा क्षेत्रमा निकै दीर्घकालीन महत्त्व राख्ने विद्युत् निर्यातले नेपालको ऊर्जा सन्तुलन, नेपालको जलविद्युतको अधिकतम उत्पादन र उपयोग तथा देशको अर्थतन्त्र उकास्न योगदान दिने अपेक्षा गरिएको छ।

 

नेपाल सरकारको ऊर्जा विकास मार्गचित्र–२०८१ को अवधारणा अनुसार सन् २०३५ भित्र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्य लिएको छ  ।

भारतमा पनि विद्युत् निर्यात निरन्तरता 

नेपाल विद्युत् प्राधिकरणले छिमेकी मुलुक भारतमा पनि विद्युत् निर्यातलाई निरन्तरता दिएको छ ।

 

प्राधिकरणले यस वर्ष भारतको हरियाणा राज्यमा पनि विद्युत् निर्यात सुरु गरिसकेको छ ।

जेठ १८ (जुन १) बाट १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएको प्राधिकरणले हिजो शनिवारदेखि सोही स्थानका लागि २०० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । नेपाल र भारत बिच भएको द्विपक्षीय सम्झौता बमोजिम यो विद्युत् निर्यात को बिक्री दर ५.२५ भारतीय रुपैयाँ प्रति युनिट रहेको छ ।

त्यस्तै, प्राधिकरणले आज राती १२ बजेदेखि नै भारतको बिहार राज्यमा पनि ८० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । यसबाहेक ढल्केबर–मुजफरपुर ४०० केभी र १३२ केभी प्रसारण लाइनबाट समेत भारतीय बजारमा थप विद्युत् खरिद बिक्री भइरहेको छ ।

वर्षा याम लागेसँगै नेपालमा विद्युत्को उत्पादन बढेकाले नेपालको आन्तरिक माग पुरा भएपछि बाँकी रहेको विद्युत् भारत र बङ्गलादेशमा निर्यात गर्न लागिएको हो ।

 

The post राति १२ बजेबाट बङ्गलादेशमा बिधुत निर्यात सुरु, १ अर्ब २९ करोड आम्दानी हुने appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2025/06/15/%e0%a4%b0%e0%a4%be%e0%a4%a4%e0%a4%bf-%e0%a5%a7%e0%a5%a8-%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%ac%e0%a4%be%e0%a4%9f-%e0%a4%ac%e0%a4%99%e0%a5%8d%e0%a4%97%e0%a4%b2%e0%a4%be%e0%a4%a6%e0%a5%87%e0%a4%b6/feed/ 0
निगमले इन्धनको मूल्य घटायो https://gyaanghar.com/2024/09/30/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%98%e0%a4%9f%e0%a4%be/ https://gyaanghar.com/2024/09/30/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%98%e0%a4%9f%e0%a4%be/#respond Mon, 30 Sep 2024 15:17:52 +0000 https://gyaanghar.com/?p=10392 काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो । सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टितेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ । नयाँ […]

The post निगमले इन्धनको मूल्य घटायो appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो ।

सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टितेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार काठमाडौँमा पेट्रोलको मूल्य १५८, डिजेल तथा मट्टितेलको मूल्य १४७ प्रति लिटर भएको निगमले जनाएको छ ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आए पनि चाडपर्वलाई लक्षित गरी यथावत् राखिएको निगमले जनाएको छ । एलपी ग्याँसमा हाल प्रति सिलिन्डर २६९ रुपैयाँ ८० पैसा घाटा रहेको निगमले जनाएको छ ।

The post निगमले इन्धनको मूल्य घटायो appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/09/30/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%98%e0%a4%9f%e0%a4%be/feed/ 0
आइफोन- १६ को सिरिज लन्च https://gyaanghar.com/2024/09/10/%e0%a4%86%e0%a4%87%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a5%a7%e0%a5%ac-%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%9c-%e0%a4%b2%e0%a4%a8%e0%a5%8d%e0%a4%9a/ https://gyaanghar.com/2024/09/10/%e0%a4%86%e0%a4%87%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a5%a7%e0%a5%ac-%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%9c-%e0%a4%b2%e0%a4%a8%e0%a5%8d%e0%a4%9a/#respond Tue, 10 Sep 2024 03:19:42 +0000 https://gyaanghar.com/?p=10222 काठमाडौँ । आइफोन निर्माता कम्पनी एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो । यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ नाम दिइएको थियो। एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स […]

The post आइफोन- १६ को सिरिज लन्च appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ । आइफोन निर्माता कम्पनी एप्पलले आइफोन १६ लन्च गरेको छ । यस वर्ष एप्पल कार्यक्रम अमेरिकाको क्युपर्टिनोस्थित एप्पल पार्कको स्टिभ जब्स थिएटरमा आयोजना गरिएको थियो ।

यस कार्यक्रमलाई ‘इट्स ग्लोटाइम’ नाम दिइएको थियो। एप्पल वाच सिरिज–१० पछि, एप्पल वाच अल्ट्रा २, एयरपड्स–४, एयरपड्स म्याक्स, आइफोन–१६, आइफोन १६ प्लस, आइफोन–१६ प्रो र आइफोन–१६ प्रो म्याक्स कार्यक्रममा लन्च गरिएको हो ।

आइफोन- १६ को ७९९ डलर मूल्य तोकिएको छ भने आइफोन- १६ प्लसको ८९९ डलर रहेको छ । त्यस्तै आइफोन- १६ प्रो को ९९९ डलर र आइफोन प्रो म्याक्सको ११९९ डलर रहेको छ ।

यस पटक नयाँ सिरिजमा आर्टिफिसियल इन्टेलिजेन्सका धेरै सुविधाहरूसँगै एप्पल इन्टेलिजेन्सको प्रयोग गरिएको छ । टिम कुकले यसलाई नयाँ युगको सुरुवात भनेका छन् । यद्यपि, एप्पल इन्टेलिजेन्स केही देशहरूमा मात्र बिटा संस्करणमा उपलब्ध हुनेछ।
आईफोन–१६ को स्क्रिन साइज ६.१ इन्च छ भने आईफोन–१६ प्लसको स्क्रिन साइज ६.७ इन्च छ ।

आईफोन-१६ प्रोको स्क्रिन साइज ६.३ इन्च र प्रो म्याक्सको साइज ६.९ इन्च छ आइफोन १६ प्रो म्याक्स अहिलेसम्मकै ठुलो डिस्प्ले भएको आइफोन हुनेछ ।

आइफोनमा क्यामेरालाई नयाँ बटन स्लाइड गरेर नियन्त्रण गर्न सकिने बनाइएको छ । फोनमा एउटा नयाँ कन्ट्रोल बटन हुनेछ जसलाई आफ्नो सुविधा अनुसार सञ्चालन गर्न सकिने छ । त्यस्तै आईफोन १६ मा ए१८ बायोनिक चिपसेट प्रदान गरिएको छ ।

त्यस्तै आईफोन १६ मा दुई वटा रियर क्यामेरा छन् जसमा प्राथमिक लेन्स ४८ मेगापिक्सेलको छ। यसमा म्याक्रो र अल्ट्रा मोड पनि छ । क्यामेराले डब्ली भिजनको साथ ४के ६० भिडियो रेकर्ड गर्न सक्छ ।

The post आइफोन- १६ को सिरिज लन्च appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/09/10/%e0%a4%86%e0%a4%87%e0%a4%ab%e0%a5%8b%e0%a4%a8-%e0%a5%a7%e0%a5%ac-%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%bf%e0%a4%b0%e0%a4%bf%e0%a4%9c-%e0%a4%b2%e0%a4%a8%e0%a5%8d%e0%a4%9a/feed/ 0
निगमले घटायो इन्धनको मूल्य https://gyaanghar.com/2024/08/15/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2-2/ https://gyaanghar.com/2024/08/15/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2-2/#respond Thu, 15 Aug 2024 15:40:20 +0000 https://gyaanghar.com/?p=10107 काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । निगमले भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजेल तथा मट्टितेल प्रतिलिटर […]

The post निगमले घटायो इन्धनको मूल्य appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमको बिहीबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

निगमले भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजेल तथा मट्टितेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६५ र डिजेल तथा मट्टितेलको प्रति लिटर १५५ रुपैयाँ पर्ने भएको छ ।

The post निगमले घटायो इन्धनको मूल्य appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/08/15/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2-2/feed/ 0
निगमले घटायो इन्धनको मूल्य https://gyaanghar.com/2024/08/01/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2/ https://gyaanghar.com/2024/08/01/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2/#respond Thu, 01 Aug 2024 03:53:04 +0000 https://gyaanghar.com/?p=10037 काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको बुधवार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर २ रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् । घटेको मूल्य बुधवार राति १२ बजेदेखि लागु हुने छ । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर […]

The post निगमले घटायो इन्धनको मूल्य appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमको बुधवार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रति लिटर १ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर २ रुपैयाँले घटाएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिएका छन् ।

घटेको मूल्य बुधवार राति १२ बजेदेखि लागु हुने छ । मूल्य बढेपछि अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रति लिटर १७० रुपैयाँ भएको छ र भने डिजेल तथा मट्टितेल प्रतिलिटर १५८ भएको छ ।

निगमले भारतबाट आएको नयाँ मूल्य सूची घटेर आएकोले मूल्य घटाएको जानकारी दिएको छ ।

The post निगमले घटायो इन्धनको मूल्य appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/08/01/%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%87%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a4%a8%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2/feed/ 0
मौद्रिक नीतिमा के के व्यवस्था गरियो ? https://gyaanghar.com/2024/07/26/%e0%a4%ae%e0%a5%8c%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%87-%e0%a4%95%e0%a5%87-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5/ https://gyaanghar.com/2024/07/26/%e0%a4%ae%e0%a5%8c%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%87-%e0%a4%95%e0%a5%87-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5/#respond Fri, 26 Jul 2024 11:15:39 +0000 https://gyaanghar.com/?p=9983 काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले निर्माण व्यवसाय मैत्री मौद्रिक नीति ल्याएको छ । शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याएको बताएका हुन् । सार्वजनिक मौद्रिक नीतिमा निर्माण व्यवसायलाई चलायमान बनाउने गरी प्रवाह भएको ऋणको सावा ब्याज तिर्ने अवधि २०८१ मङ्सिर मसान्तसम्म थप गरिएको छ […]

The post मौद्रिक नीतिमा के के व्यवस्था गरियो ? appeared first on Gyaan Ghar.

]]>


काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले निर्माण व्यवसाय मैत्री मौद्रिक नीति ल्याएको छ ।

शुक्रवार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याएको बताएका हुन् ।

सार्वजनिक मौद्रिक नीतिमा निर्माण व्यवसायलाई चलायमान बनाउने गरी प्रवाह भएको ऋणको सावा ब्याज तिर्ने अवधि २०८१ मङ्सिर मसान्तसम्म थप गरिएको छ भने निर्माण व्यवसायलाई कर्जा सूचना सम्बन्धी अर्को व्यवस्था नभएसम्म चेक अनादर भएको कारणले कालोसूचीमा नपर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै निर्माण व्यवसायको जमानत व्यवस्था मिलाउनका लागि कर्जा वर्गीकरण र कर्जा व्यवस्थापन गर्ने, जेभी पार्टनर कालोसूचीमा परेमा अन्य व्यवसायी कालोसूचीमा नपर्ने भएका छन् । यस्तै परिस्थितिजन्य कारणले व्यवसाय बन्द भए पनि कर्जाको सावा ब्याज भुक्तानी भइरहेका कम्पनीलाई सहजीकरण गर्ने नीति राष्ट्र बैङ्कले लिएको छ ।

मौद्रिक नीतिमा निर्माण व्यवसायलाई चलायमान बनाउन गरिएको व्यवस्था: 

निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनः स्थापनाको लागि देहायबमोजिमको व्यवस्था गरिनेछ:

(क) निर्माण व्यवसायहरूलाई प्रवाह भएको कर्जाको साँवा ब्याज तिर्ने अवधि २०८१ मङ्सिर मसान्तसम्म थप गर्ने ।

(ख) निर्माण व्यवसायहरूलाई कर्जा सूचनासम्बन्धी अर्को व्यवस्था नभएसम्मको लागि चेक अनादर भएको आधारमा मात्र कालोसूचीमा समावेश नगर्ने ।

(ग) निर्माण व्यवसायको लागि लिइने बैङ्किङ सुविधा तथा कर्जाहरूमध्ये वासलात बाहिरको सुविधा उपयोग गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाको सीमा सम्बन्धमा छुट्टै व्यवस्था गर्ने ।

(घ) निर्माण व्यवसायीहरूको जमानतहरू दाबी भई सृजना भएको कर्जामा आर्थिक वर्ष २०८१/८२ का लागि ऋण सृजना भएको मितिबाट अन्य कर्जा सरह कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्था कायम गर्ने।

(ङ) जोइन्ट भेन्चर (जेभी) मा संलग्न कुनै पनि जेभी पार्टनर कालोसूचीमा परेको कारण अन्य जेभी पार्टनरको बैङ्किङ काम कारबाहीमा असर नपर्ने व्यवस्था मिलाइने ।

(च) नेपाल सरकारबाट निर्माण कार्यको म्याद नवीकरण भएमा बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान भएको जमानत समेत नवीकरण हुनसक्ने व्यवस्था मिलाइने ।

The post मौद्रिक नीतिमा के के व्यवस्था गरियो ? appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/07/26/%e0%a4%ae%e0%a5%8c%e0%a4%a6%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%95-%e0%a4%a8%e0%a5%80%e0%a4%a4%e0%a4%bf%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a5%87-%e0%a4%95%e0%a5%87-%e0%a4%b5%e0%a5%8d%e0%a4%af%e0%a4%b5/feed/ 0
बचत हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ https://gyaanghar.com/2024/06/09/%e0%a4%ac%e0%a4%9a%e0%a4%a4-%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%ae/ https://gyaanghar.com/2024/06/09/%e0%a4%ac%e0%a4%9a%e0%a4%a4-%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%ae/#respond Sun, 09 Jun 2024 15:25:39 +0000 https://gyaanghar.com/?p=9532 काठमाडौँ । काठमाडौँको मक्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष वासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्म रत्न पाछेँ लाई पक्राउ गरेको छ । उनीहरूले […]

The post बचत हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । काठमाडौँको मक्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष वासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्म रत्न पाछेँ लाई पक्राउ गरेको छ ।

उनीहरूले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । उनीहरूले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारीले बन्द गरेको बताइएको छ ।

The post बचत हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/06/09/%e0%a4%ac%e0%a4%9a%e0%a4%a4-%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a4%be%e0%a4%ae%e0%a4%bf%e0%a4%a8%e0%a4%be-%e0%a4%97%e0%a4%b0%e0%a5%87%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%b0%e0%a5%8b%e0%a4%aa%e0%a4%ae/feed/ 0
बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ? https://gyaanghar.com/2024/05/28/%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%af-%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d/ https://gyaanghar.com/2024/05/28/%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%af-%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d/#respond Tue, 28 May 2024 14:39:16 +0000 https://gyaanghar.com/?p=9380 काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका छन् । मङ्गलवार अर्थमन्त्री पुनले संसद्मा बजेट सार्वजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका हुन् । गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ […]

The post बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ? appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका छन् ।

मङ्गलवार अर्थमन्त्री पुनले संसद्मा बजेट सार्वजनिक गर्दै  कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गरेका हुन् । गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो ।

अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात् १८.९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड १९.७४ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री पुनले बजेट सार्वजनिक गर्दै यस बजेटका पाँच उद्देश्य र पाँच प्राथमिकता रहेको बताएका छन् ।

बजेटका पाँच उद्देश्य 

१-  उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्नु, 
२-  निजी क्षेत्रको मनोबल बढाउँदै लगानी वृद्धि गर्नु र आर्थिक क्रियाकलापमा तीव्रता ल्याउनु,
३- मानव संसाधन विकास गर्नु,
४-  स्रोत र साधनलाई सन्तुलित र सम न्यायिक ढङ्गले परिचालन गरी आर्थिक असमानता र गरिबी न्यूनीकरण गर्नु, र
५-  सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउनु । 
 
बजेटका पाँच प्राथमिकता:

१-  आर्थिक सुधार र निजी क्षेत्रको प्रवर्द्धन, 
२-  कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन, औद्योगिक विकास  तथा पूर्वाधार निर्माण,
३-  शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रको विकास,
४- समावेशिता र सामाजिक सुरक्षा, र  
५- सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा सुधार। 

The post बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ? appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/05/28/%e0%a4%ac%e0%a4%9c%e0%a5%87%e0%a4%9f%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%81%e0%a4%9a-%e0%a4%89%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b6%e0%a5%8d%e0%a4%af-%e0%a4%b0-%e0%a4%aa%e0%a5%8d/feed/ 0
पेट्रोलको मूल्य लिटरमै सात रुपैयाँ घट्यो https://gyaanghar.com/2024/05/15/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b2%e0%a4%bf%e0%a4%9f%e0%a4%b0%e0%a4%ae%e0%a5%88-%e0%a4%b8/ https://gyaanghar.com/2024/05/15/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b2%e0%a4%bf%e0%a4%9f%e0%a4%b0%e0%a4%ae%e0%a5%88-%e0%a4%b8/#respond Wed, 15 May 2024 14:48:46 +0000 https://gyaanghar.com/?p=9310 काठमाडौँ, २ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ। घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ। हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको […]

The post पेट्रोलको मूल्य लिटरमै सात रुपैयाँ घट्यो appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ, २ जेठ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ। हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ रुपैयाँमा झरेको छ। डिजेल र मट्टितेलको मूल्य अधिकतम १५९ रुपैयाँ रहेकोमा त्यो १५४ रुपैयाँमा झरेको छ।

The post पेट्रोलको मूल्य लिटरमै सात रुपैयाँ घट्यो appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/05/15/%e0%a4%aa%e0%a5%87%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a5%8b%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%82%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%b2%e0%a4%bf%e0%a4%9f%e0%a4%b0%e0%a4%ae%e0%a5%88-%e0%a4%b8/feed/ 0
महानगरको सिप मेला- १९ गतेसम्म फाराम भर्नेहरूको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने https://gyaanghar.com/2024/05/04/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%bf%e0%a4%aa-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a5%a7%e0%a5%af-%e0%a4%97%e0%a4%a4%e0%a5%87%e0%a4%b8/ https://gyaanghar.com/2024/05/04/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%bf%e0%a4%aa-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a5%a7%e0%a5%af-%e0%a4%97%e0%a4%a4%e0%a5%87%e0%a4%b8/#respond Sat, 04 May 2024 13:13:41 +0000 https://gyaanghar.com/?p=9161 काठमाडौँ । ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेसासँग सम्बन्धित तालिमहरू चलिरहेका छन् । हरेक दिन बिहान ८ बजेदेखि नै कक्षाहरू सुरु हुन्छन् ।  तालिम सञ्चालनसँगै अहिले आवेदकहरूको समूह विभाजन र कागजमा फाराम भर्नेहरूको विवरण कम्प्युटरमा प्रविष्टि गराउने काम भइरहेको छ ।  २ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग […]

The post महानगरको सिप मेला- १९ गतेसम्म फाराम भर्नेहरूको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने appeared first on Gyaan Ghar.

]]>

काठमाडौँ । ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेसासँग सम्बन्धित तालिमहरू चलिरहेका छन् । हरेक दिन बिहान ८ बजेदेखि नै कक्षाहरू सुरु हुन्छन् । 

तालिम सञ्चालनसँगै अहिले आवेदकहरूको समूह विभाजन र कागजमा फाराम भर्नेहरूको विवरण कम्प्युटरमा प्रविष्टि गराउने काम भइरहेको छ । 

२ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरूका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरूको ठुलो सङ्ख्याले प्रशिक्षणको अवसरका लागि माग गर्नुभएपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो । 

यसरी लिइएका आवेदनमध्ये अनलाइनबाट करिब ५ हजार जनाले फाराम भरेका छन् । वडाहरूबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको सङ्ख्या १० हजार बढी छ ।

यसरी आएका मागलाई व्यवस्थापन गर्न तालिमलाई सिप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आबद्ध गरेर नियमित गरिने योजना बनाइएको, सिप मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए । 

ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सिप मेलामा सहभागी गराइनेछ । उहाँहरूलाई वैशाख २८ गते शुक्रवारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ । २० गतेपछि फाराम भर्नेहरूको हकमा अर्को व्यवस्था गरिनेछ ।

The post महानगरको सिप मेला- १९ गतेसम्म फाराम भर्नेहरूको तालिम तालिका वैशाख २८ गतेभित्र उपलब्ध गराइने appeared first on Gyaan Ghar.

]]>
https://gyaanghar.com/2024/05/04/%e0%a4%ae%e0%a4%b9%e0%a4%be%e0%a4%a8%e0%a4%97%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a4%b8%e0%a4%bf%e0%a4%aa-%e0%a4%ae%e0%a5%87%e0%a4%b2%e0%a4%be-%e0%a5%a7%e0%a5%af-%e0%a4%97%e0%a4%a4%e0%a5%87%e0%a4%b8/feed/ 0