10
Mar
काठमाडौँ । नेपालले आज हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेल खेल्दै छ । नेपाल, हङकङ र पिएनजीबीच हुने यस सिरिजको पहिलो खेलमा आज नेपाल र हङकङ खेल्दै छन् । यो खेल नेपाल समय अनुसार बिहान ११: १५ बजेदेखि सुरु हुँदै छ । आजको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्दै छ । यस सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिम- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रसिद खान, करण केसी, सागर ढकाल, प्रतिस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहरा । …