काठमाडौँ – मङ्गलवार बिहान गएको भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ।
पूर्वी नेपाल र तिब्बतको सीमा क्षेत्रमा बिहान ६:५० बजे गएको भूकम्प परी ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको हो।
चिनियाँ सञ्चार माध्यमका पछिल्लो अपडेट रिपोर्ट अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतमा हालसम्म ५३ जनाले ज्यान गुमाएका छन्।
उक्त भूकम्पमा परी सयौँ घाइते भएका छन्। दर्जनौँ घर,कार्यालय र भौतिक संरचनामा क्षति पुगेको छ।