Gyaan Ghar

Advertisement

गृहमन्त्री भन्छन्- विकासमा राजनीति गरिनु हुँदैन


महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन्।

बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन्। ‘चुनाव लड्दा हामी आफ्नो पार्टीको झन्डा लिएर जान्छौँ,’ उनले भने, ‘चुनाव तिजतिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडी बढ्नुपर्छ।’

उनले लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने बताएका छन्। ‘लोकतन्त्र जनताका अधिकारको सुरक्षा गर्ने, स्वतन्त्रता प्रदान गर्ने जनताको व्यवस्था हो,’ उनले भने, ‘अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ। यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ। त्यसका लागि पनि स्थानीय सरकारको  भूमिका महत्त्वपूर्ण छ।’ उनले स्थानीय सरकारले  सहज ढङ्गले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए।

‘हाँसेर बोली दिनुस्, आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ,’ गृहमन्त्री लेखकले भने, ‘सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर काम गर्नुपर्छ।’

उनले देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपले लागि परेको बताए। ‘एमाले र काँग्रेस मिलेर सरकार बनेको छ,’ उनले भने, ‘सरकार देशमा स्थिरताका र सुशासन कायम राख्न बनेको हो।’

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...