श्रीलङ्कामा भएको संसदीय निर्वाचनमा राष्ट्रपति अनुराकुमारा दिसानायके नेतृत्वको सत्तारुढ गठबन्धन राष्ट्रिय जनशक्ति (एनपीपी) ले शानदार जित हासिल गरेको छ । मार्क्सवादी विचारधारा झुकाव राख्ने दिसानायकेको एनपीपी गठबन्धन १३७ सिटमा विजयी भएको हो ।
२२५ सदस्यीय संसद्मा एनपीपीले १३७ सिटमा जित दर्ता गरेको छ । पूर्व राष्ट्रपति रणसिंहे प्रेमदासका छोरा सजित प्रेमदासको नेतृत्वमा रहेको विपक्षी गठबन्धन एसबीजेले ३५ सिट जितेको छ ।
बिहीबार भएको निर्वाचनको मतगणना जारी रहँदा शुक्रबार बिहानसम्म राष्ट्रपति अनुरा कुमारा दिशानायके नेतृत्वको बामपन्थी गठबन्धन दुई तिहाई नजिक पुगेको हो।