Gyaan Ghar

Advertisement

इजरायलमाथि इरानको मिसाइल आक्रमण


काठमाडौँ । इरानले गए रातिदेखि इजरायलमा आक्रमण सुरु गरेको छ ।

गए राती इरानले इजरायलमाथि १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । तर, अहिलेसम्म यस आक्रमणबाट ठुलो क्षति नभएको दाबी गरिएको छ । मिडिया रिपोर्टका अनुसार यस आक्रमणबाट तेल अभिभमा २ जना सर्वसाधारण घाइते भएका छन् ।

यी आक्रमणहरू सम्पूर्ण इजरायलमा ३० मिनेटको लागि गरिएको थियो । यस अवधिमा इजरायलले आफ्ना सबै नागरिकलाई बम सेल्टरमा जान आग्रह गरिएको थियो ।

इजरायलको आक्रमणपछि इरानले नसरल्लाहको शहीदको यो पहिलो बदला भएको बताएको छ । इरानले यो सुरुवात मात्र भएको बताएको छ । इजरायलले बेरुतमा हिजबुल्लाहको मुख्यालयमा आक्रमण गरेर हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई मारे पछि यसको बदला स्वरूप आक्रमण गरेको बताएको छ ।

इजरायली सेनाका प्रवक्ता ड्यानियल हागारीले यस आक्रमणको परिणाम भोग्नुपर्ने बताएका छन् । उनले इजरायलले आफूहरूसँग इरानविरुद्ध कारबाही गर्ने योजना भएको र सही समय र स्थान तय गरेर कारबाही गर्ने बताएका छन् । अर्कोतर्फ अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले इजरायललाई सहयोग गर्ने बताएका छन् ।

अर्कोतर्फ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानले ठुलो गल्ती गरेको उल्लेख गर्दै उसले यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले उपराष्ट्रपति कमला ह्यारिस र राष्ट्रिय सुरक्षा टोलीसँग भेटवार्ता गरेका छन् । उक्त बैठकमा इरानले इजरायलमाथि गरेको आक्रमणबारे छलफल भएको थियो । यस हमलाबाट इजरायललाई कसरी बचाउने र इजरायलमा अलपत्र परेका अमेरिकीलाई सहयोग गर्न कस्तो तयारी भइरहेको छ भन्ने विषयमा पनि छलफल भएको अमेरिकी मिडियाहरूले उल्लेख गरेका छन् ।

त्यस्तै इरानले इजरायलमाथि गरेको आक्रमणको फ्रान्स, बेलायत, जर्मनी र युरोपियन युनियनले विरोध गरेका छन् ।

यसअघि इरानले यसै वर्षको अप्रिलमा इजरायलमा हमला गरेको थियो तर अमेरिका, जोर्डन र अन्य देशको सहयोगमा इजरायलले इरानले प्रहार गरेको सयौँ मिसाइल र ड्रोनलाई पूर्ण रूपमा असफल बनाएको थियो । त्यसपछि अमेरिकाले इजरायललाई संयतता अपनाउन भनेको थियो, जसका कारण इजरायलले इरानका केही आणविक केन्द्र नजिकैको हवाई अड्डामा आक्रमण गरे पनि ती केन्द्रहरूलाई निशाना बनाएको थिएन ।


प्रतिक्रिया दिनुहोस

राजनीति

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष

काठमाडौँ, २४ माघ । इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपद्कै रूपमा आउन सक्ने भन्दै सरोकारवाला हरुले चिन्...
संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

संसद्मा प्रचण्डको आक्रोश : तपाईँहरू मालिक, नागरिक दास हो?

काठमाडौँ -  प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले न...
समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

समयमा संसद् नबोलाउने, अध्यादेशबाट सरकार चलाउने, यही हो लोकतन्त्र ? : चित्रबहादुर केसी

काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अध्यादेशबाट सरकार चलाउनु अप्रजातान्त्रिक भएको बताएका छन्।...
विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

विज्ञानमा चमत्कार : पोथी बिना २ भाले मुसाबाट जन्माइयो सन्तान

काठमाडौं, २२ माघ । चिनियाँ वैज्ञानिकले हालै नयाँ उपलब्धि हासिल गरेका छन् ।   वैज्ञानिकहरूले दुई वटा...