health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
काठमाडौँ । शनिबार बिहान उज्यालो हुदा नहुदै काठमाडौँ उपत्यका बाढीको चपेटामा पर्यो । खास गरि कोरिडोर र नदी किनारका बस्ती उज्यालो हुदा नहुदै डुबानमा पर्न शुरु भएका थिए । यसैबीच ललितपुर महानगरपालिका–१४ नखिपोटस्थित नख्खु खोलाको घटनाले सरकारको विपदमा राहत तथा उद्धारमा तयारी कस्तो छ भन्ने एक्सपोज भएको छ ।
नख्खु खोलाको बाढीले नदी किनारमा रहेको टहरो डुबाउँदा बिहानैदेखि चार जना टहरोमाथि चढेर उद्धारको याचना गरिरहे । टहरोको छतमा घन्टौं बस्दा पनि उद्धार हुन सकेन् । अन्तत: टहरो भत्कियो र चारै जनालाई बाढीले बगायो । बाढीले उनीहरुलाई बगाइरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो र आम मानिसले राजधानीमै नदेखिएको आक्रोस व्यक्त गर्न थाले ।
स्थानीयले बाढीमा बगेका तीन जनाको उद्धार गरेपनि राज्यले अपराह्न सम्म थाहा पाउन नै सकेन ।
अपराहन्न गृहमन्त्री रमेश लेखकलाई यस विषयमा पत्रकारले सोधेको प्रश्नमा उनले भने- ‘नख्खु खोलामा मानिसहरु टहराको छतमा बसेको अवस्थामा हामी कोसिस गर्दा गर्दा पनि बचाउन सकेनौं । यसकाप्रति म दुःखी छु । हेलिकप्टर उडार रेस्क्यु गर्ने कुरामा भिजिविलिटी नभएका कारणले सकिएन ।’
राजधानीमै सरकारको विपदमा राहत र उद्धारको तत्परता यति कमजोर देखियो भने देशभरको अवस्था कस्तो होला सजिलै अनुमान गर्न सकिन्छ ।
नख्खु खोलामा यसरी बगे चार जना:
नख्खु खोला किनारको टहरोमा चारवर्षदेखि रौतहटका ४० वर्षीय राजु साहको परिवार बस्थ्यो । राजुसहित उनका २८ वर्षीय भाई राज, दुईजना छोरीहरू ६ वर्षीया मेघना र ५ वर्षीया सेतु बसिरहेका थिए । उनीहरू फलाम वेल्डिङको काम गर्ने बताइएको छ । बिहान ७ बजेसम्म अवस्था नाजुक बनिसकेको र उनीहरु टहरोको छतमा बसेर उद्धारको गुहार लगाइरहेका थिए । स्थानीय जनप्रतिनिधिले नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग हेलिकप्टरमार्फत हवाई उद्धारका लागि भनेपनि प्रहरी केहि बेरमा उद्धारका लागि पर्याप्त संशाधन बिना नै पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताए । सामान्य डोरीको आधारमा उद्धारको प्रयास सम्भव नभएको सार्बजनिक भिडियोमा देख्न सकिन्छ । अन्य समयमा व्यापक प्रचार गर्ने गरिएको नगर प्रहरी समेत संकटको समयमा उपस्थित नभएको स्थानीयको गुनासो छ ।
चारै जना टहरो भत्किएर बाढीमा बगेपछि हेरिरहेका स्थानीय ३३ वर्षीय चणिकलाल तामाङले बाढीमा पसेर तीन जनालाई सकुशल उद्धार गरेका थिए तर एक बालिकालाई भने उद्धार गर्न सकिएन र उनी बेपत्ता रहेकी छन् । उद्धारपछि तीन जनालाई पाटन अस्पताल पुर्याइएको थियो र उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।
उपत्यकामा ३२ जनाको मृत्यु
दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानका कारण उपत्यकाका तीन जिल्लामा मात्रै ३२ जनाको मृत्यु भएको छ । जसमा काठमाडौंमा ११, ललितपुरमा १६ र भक्तपुरमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।