काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईँ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
बुधवार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलासले प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । जसमा प्रसाईँसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन् ।
उनीहरू विरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईँ विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।