Gyaan Ghar

Advertisement

विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन सङ्घर्ष गर्दै


काठमाडौँ । विश्वका प्रत्येक ११औँ व्यक्ति भोकसँग सङ्घर्ष गरिरहेका छन् । सन् २०२३ को तथ्याङ्क अनुसार विश्वभर ७३.३ करोड मानिसले पर्याप्त खाना पाउन सकेका छैनन् । एकै समयमा, २०१९ को तुलनामा, तिनीहरूको सङ्ख्या १५.२ करोडले बढेको छ ।

त्यस्तै अफ्रिकाको अवस्था भने अझ खराब छ । अफ्रिकामा प्रत्येक पाँचौँ व्यक्तिले खानाको समस्या सामना गर्दछ ।

विश्वमा खाद्य सुरक्षा र पोषणको अवस्थाबारे हालै सार्वजनिक गरिएको प्रतिवेदनमा यो जानकारी आएको हो । प्रतिवेदनका अनुसार विश्वभर २३३ करोड मानिसलाई नियमित रूपमा पर्याप्त खाना पाउन सङ्घर्ष गर्नुपरेको छ । विश्वव्यापी खाद्य असुरक्षा अझै पनि प्रि-कोभिड स्तर भन्दा उच्च छ । योसँगै विश्व पोषणका हिसाबले १५ वर्ष पछाडि गएको छ र कुपोषणको स्तर २००८–२००९ को स्तरमा पुगेको छ । ‘द स्टेट अफ फुड सेक्युरिटी एन्ड न्यूट्रिशन इन द वर्ल्ड २०२४’ प्रतिवेदन संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनले संयुक्त रूपमा प्रकाशित गरेको हो ।

वर्तमान अवस्था यस्तै रहेमा सन् २०३० सम्म करिब ५८ करोड २० लाख मानिस दीर्घकालीन कुपोषणबाट ग्रस्त हुने प्रतिवेदनले चेतावनी दिएको छ । यो अवस्था अफ्रिकाका लागि झन् चिन्ताजनक छ, किनभने यीमध्ये आधा मानिस अफ्रिकी महादेशका हुनेछन् ।

खाद्य तथा कृषि सङ्गठनका प्रमुख अर्थशास्त्री म्याक्सिमो टोरेरोका अनुसार विश्वलाई भोकमरी, खाद्य असुरक्षा र कुपोषणबाट मुक्त गर्ने लक्ष्यबाट हामी अझै धेरै पछाडि रहेका छौँ । हाल, अफ्रिकाको २० प्रतिशतभन्दा बढी जनसङ्ख्या खाद्य अभावबाट ग्रस्त छ ।

रिपोर्टका अनुसार दक्षिण अमेरिकामा यस दिशामा स्थिति केही सुधार भएको छ । त्यहाँ ६.२ प्रतिशत जनता खाद्यान्न अभावबाट पीडित छन् । यदि हामीले २०२२-२३ बिचको अवधिलाई हेर्दा पश्चिम एसिया, क्यारेबियन देशहरू र अफ्रिकाका धेरैजसो भागको अवस्था पहिले नै बिग्रिएको छ । अफ्रिकाको ५८ प्रतिशत जनसङ्ख्या कुनै न कुनै रूपमा खाद्य असुरक्षाबाट प्रभावित छ ।

२०२२ मा, २८० करोडभन्दा बढी मानिसहरू पौष्टिक खाना किन्न असमर्थ थिएका थिए । यो समस्या कमजोर देशहरूमा अझ गम्भीर छ, जहाँ ७१.५ प्रतिशत जनसङ्ख्या स्वस्थ पौष्टिक आहार खर्च गर्न असमर्थ रहेको थियो ।

प्रतिवेदनका अनुसार विश्वका १५ प्रतिशत बालबालिका अझै पनि कम तौलको समस्याबाट ग्रसित छन् । त्यस्तै २२.३ प्रतिशत पाँच वर्ष मुनिका बालबालिकाको उचाइ उनीहरूको उमेरको लागि कम छ । महिलामा रक्त अल्पताको समस्या पहिलेभन्दा झनै बढेको छ भने कमजोरीबाट पीडित बालबालिकाको सङ्ख्यामा खासै सुधार आएको छैन ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...