Gyaan Ghar

Advertisement

पाँच  मुक्तकहरू

  • रवि पौडेल
    १)
    खान त लेखेकै रहेछ तिमिले मेटेर खायौ
    गाउँ गाउँ पुगी जनतासँग  भेटेर खायौ
    जनताले खा भनेर दिएपछि के गर्ने !
    हो पुर्खाको माटो  ठाउँ ठाउँ मा चेतेर खायौ ।।
    २)
    कस्तो जमाना आयो पहाडको टाकुरीमा भ्यु – टावर बन्छ
    हत्केलामा प्राण राखेर कर्णालीमा तुइन तर्छन जनता –
    उ विकास भन्छ
    उल्टो बुद्धि भएका नेता एउटा राम्रो हस्पिटल अनि स्कुल छैन गाउँमा !
    बारिका पाटा ,खर वारिका घाँस मासेर गाउँमा जथाभाबी डोजर खन्छ ।।
    ३)
    कम्पनी फ्याक्ट्री बन्द गराएर युवा खाडी पठाउँछ
    पासपोर्ट थमाएर रोजगार दियौँ भनी गर्व बताउँछ
    यहाँ यस्तै चोर दलाल ठगहरूले ठाउँ पाउँदा रहेछन्
    अचम्म छ एक्काइसौं सताब्दिकाे जनताले किन पत्याउँछ ? ।।
    ४)  मुक्तक :

    हो यो देश तिम्रै हो नेताजी लुटेर खायौ
    कमजोर छ जनताको दिमाग भुटेर खायौ
    छ छ महिनामा सरकार गिराऊ र उठाऊ तिमीहरू
    आखिर काङ्ग्रेस र कम्युनिस्ट दुवै जुटेर खायौ ।

    ५)  मुक्तक :
    कुशल र सक्षम बनाउन मेहनत छ गुरुको
    पाठशाला ,विद्या आदिमा अहम् भूमिका छ गुरुको
    गर्ने ले त अपमान गर्छन् गुरुको अनुशासन विहीनताहरू
    विश्वमा हेर्नू कहीँ पनि कत्रो महिमा छ सबै   गुरुको ।।

    दक्षिण भारत पाणेडेचरी ।
    मिति : जुलाई २७,२०२४

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...