Gyaan Ghar

Advertisement

बागमतीको मुख्यमन्त्री नियुक्त लामा को हुन् ?

वसन्त भण्डारी /हेटौँडा | बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली काँग्रेस संसदीय दलका नेता बहादुरसिं लामा नियुक्त भएका छन्। प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ को उपधारा २ बमोजिम लामालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) का ६४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित लामाले प्रदेश प्रमुख शर्मासमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

लामाको राजनीतिक यात्रा २०४३ सालदेखि विद्यार्थी सङ्गठनबाट सुरु भएको थियो। त्यसयता उनी नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय रहँदै आएका छन्। हाल उनी नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन्। २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा उनले तत्कालीन एकीकृत माओवादीका चर्चित नेता स्व. पोस्टबहादुर बोगटीलाई हराएर संविधानसभा सदस्य बनेका थिए।

लामाको राजनीतिक करियरमा २०५४ सालमा गाविस अध्यक्षको रूपमा काम गरेको अनुभव पनि छ। गत मङ्सिर ४ गते भएको निर्वाचनमा उनी नुवाकोट-२ (प्रदेशसभा-ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

निर्माण व्यवसायी समेत रहेका लामाले नुवाकोटको विकासमा महत्त्वपूर्ण भूमिका खेलेका छन्। उनको नेतृत्वमा त्रिशूली खोलामा विभिन्न पुलहरू, सडक कालोपत्रे र अन्य पूर्वाधार निर्माणका काम भएका छन्। यी कामले नुवाकोटलाई बाह्रै महिना सडक सञ्चालन हुने अवस्थामा पुर्‍याउन मद्दत गरेको छ।

नवनियुक्त मुख्यमन्त्री लामाको शपथग्रहण आज बिहान ११ बजे हुने कार्यक्रम रहेको छ। त्यसपछि उनले नेपाली काङ्ग्रेसबाट सात र एमालेबाट छ गरी १३ सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेको काँग्रेस संसदीय दलका सचेतक गोविन्दप्रसाद लम्सालले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...