Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्व राजाका ज्वाइँ राजबहादुर सिंह - Gyaan Ghar

Gyaan Ghar

Advertisement

भरत महर्जनका परिवारले डुबाएको सुमेरु सहकारी उकास्न कस्सिए पूर्व राजाका ज्वाइँ राजबहादुर सिंह


साढे सात अर्ब बचत फिर्ताको प्रस्तावसहित दुवै पक्ष परामर्शमा, वकिल प्रहरीमा

खिलानाथ ढकाल

काठमाडौँ- ललितपुरका भरत महर्जन तथा उनको परिवारले डुबाएको सुमेरु बचत तथा सहकारी संस्था उकास्न राजबहादुर सिंहले अग्रसरता लिएका छन्।

पूर्व राजा ज्ञानेन्द्र शाहका ज्वाइँ सिंहले सुमेरु सहकारीका बचतकर्ताको डुबेको साढे सात अर्ब निक्षेप फिर्ता गराउन सिंहले अग्रसरता लिएका हुन्।

सहकारीको रकम अपचलनपछि महर्जन तथा उनको परिवारै बेलायत पलायन भएका बखत सिंहले उक्त सहकारीसहित बढे बढाइएको सम्पत्तिको स्वामित्व आफैँ लिने गरी निक्षेप फिर्ताको पहल गरिरहेका छन्।

भरतको पुलचोकस्थित सुमेरु सहकारी र उनका छोरा सचिन महर्जनले सञ्चालन गरेको कालीमाटीस्थित सुमेरु सहकारीका बचतकर्ताको निक्षेप फिर्ताको प्रस्तावसहित कानुन व्यवसायी बलराम सुवेदी कानुनी परामर्शमा छन्।

सुवेदी महर्जन परिवारनिकट कानुन व्यवसायी हुन्। उनले सहकारी ठगीको मुद्दा ब्युरोमा पुगेपछि कानुन व्यवसायीको रूपमा काम गरिरहेका छन्।

दुवै सहकारीको निक्षेप अपचलनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ।

उक्त निक्षेप कानुनी परिबन्ध मिलाएर फिर्ताको प्रस्तावसहित सुवेदी बिहीबार केन्द्रीय अनुसन्धान ब्युरोमा पुगेका थिए।

त्यस क्रममा ब्युरोका अधिकृतसँग उनले छलफल गरेका थिए। बचतकर्ताको निक्षेप फिर्ता भए मुद्दामा मिलापत्र हुने कानुनी व्यवस्थाअनुसार उनले ब्युरोका अधिकृतसँग छलफल गरेको बुझिएको छ।

सुवेदी आफैँले बचतकर्ताको रकम फिर्ता गर्नेबारे छलफल चलिरहेको बताए। ‘दुवै सहकारीको समस्याबारे प्रहरीले अनुसन्धान गरिरहेको छ, बचत फिर्ताको विषयमा छलफल चलिरहेको हो,’ उनले भने, ‘अहिलेसम्म म कानुन व्यवसायीका नाताले मुद्दा हेर्नेबाहेक आधिकारिक व्यक्ति होइन, तर पहल भइरहेको छ।’

सिंहले बचतकर्ताको साढे सात अर्ब रुपैयाँ फिर्ता गर्ने सर्त राखेर दुवै सहकारीको स्वामित्व लिने तयारीबारे उनले ‘छलफलको क्रममा रहेको’ बताए।

निक्षेप फिर्ता भएको खण्डमा महर्जन परिवार कानुनी परिबन्धबाट मुक्त हुनेछन् भने अर्कोतर्फ सुमेरु सहकारीबाट बढे-बढाइएको सम्पत्तिको स्वामित्व सिंहले हात पार्नेछन्।

ब्युरोका अधिकृतहरूका अनुसार पुलचोकको सहकारीको मात्रै साढे सात अर्ब अपचलनको जाहेरी ब्युरोमा परेको छ। सो सहकारीका कोही पनि पक्राउ परेका छैनन्।

प्रमुख सञ्चालक भरत महर्जनविरुद्ध पक्राउ पुर्जी साथै नेपाल प्रहरीले इन्टरपोलमार्फत खोजीका लागि ‘रेड नोटिस’ जारी गरेको छ।

कालीमाटीको सहकारीबाट १५ करोड रुपैयाँ अपचलन भएको जाहेरी ब्युरोमा परेको छ। त्यहाँका दुई जना सञ्चालक सदस्य पक्राउ परेका छन्।

बाबु-छोरा र नातेदारहरू संलग्न दुवै सहकारी डुबेपछि महर्जन परिवारै बेलायत पलायन भएका छन्।

पुलचोकको सुमेरु सहकारी बागमती प्रदेश सहकारी रजिस्टारको कार्यालयमा दर्ता छ भने कालीमाटीको सुमेरु काठमाडौँ महानगरपालिकामा दर्ता छ।

‘अफिसियल्ली कुनै डकुमेन्ट आएको छैन, तर राजबहादुर सिंहले सहकारीको स्वामित्व लिने गरी बचत फिर्ताको कुरा आएको छ,’ ब्युरो स्रोतले भन्यो।

भरतले स्थापना गरेको पुलचोकको सुमेरु सहकारीको हालको अध्यक्ष उनकी श्रीमती राजमाया महर्जन छिन्। कालीमाटीको सहकारीको अध्यक्ष छोरा सचिन महर्जन छन्। यी दुवै सहकारीमा महर्जन परिवारका नातागोता मुख्य हर्ताकर्ता रहेका छन्।

पुलचोकको सुमेरुको धापाखेल र गठ्ठाघरमा शाखा छ। उक्त सहकारीको धापाखेलमा सुमेरु अस्पताल, पुलचोकमा सुमेरु सिटी अस्पताल, सात दोबाटोमा एसियन कलेज, शंकरापुर एकेडेमी छन्।

सुमेरु ग्रुपका नाममा हाउजिङ, मार्ट, मनी एक्सचेन्ज, टुर एन्ड ट्राभल्सलगायत डेढ एक दर्जन कम्पनी रहेका छन्।

डुबेको बचत फिर्ता र स्वामित्व जिम्मा लगाउने बारेमा दुई पक्षबिच कुराकानी भएको स्रोतले बतायो। तर, कानुनी व्यवसायी सुवेदीले भने यसबारे आधिकारिक आफूलाई थाहा नभएको बताए।

बचत फिर्तापछि पूर्वराजका ज्वाइँ राजबहादुरले ती सबै कम्पनीको स्वामित्व लिन सक्ने बताइएको छ। त्यो स्वामित्व लिँदा थप रकम गर्नुपरेको खण्डमा के गर्ने भन्नेबारे सिंह र महर्जन परिवार बिच आपसी छलफल चलिरहेको बताइएको छ।

महर्जनले २०५७ सालबाट ललितपुरको पुलचोकमा कार्यालय राखेर सुमेरु सहकारी सुरु गरेका थिए।

महर्जनले २०६८ मा धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरेका थिए। उनले २०६९ सालमा पुलचोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोलेका थिए।

उनले सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स स्टडिज, शंकरापुर एकेडेमी, रिपोर्ट, कृषि फार्मलगायत काठमाडौँ उपत्यकाका साथै बाहिरका जिल्लामा जग्गा खरिद गरेका थिए।

सहकारीको निक्षेप रकम अन्य कम्पनीहरूमा लगानी गरेकाले महर्जन परिवार सहकारी अपचलनमा फसेका हुन्।

कालीमाटीको सुमेरु सहकारीका ५८ निवेदकमध्ये जनामध्ये २६ जनाले बचत फिर्ता भए मिलापत्र गरिदिन भनी ब्युरोमा उजुरी दिएको प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए। बचत फिर्ताको कुरा लिएर कानुन व्यवसायी सुवेदी सहजकर्ताको रूपमा ब्युरोमा आएको उनले बताए।

‘सबै बचतकर्ताले निवेदन दिए भने र उनीहरूको निक्षेप फिर्ता भएको खण्डमा सरकारी वकिलको कार्यालयमा मिलापत्र गराउन सकिन्छ,’ उनले भने, ‘अन्यथा, ठगी मुद्दा चलिरहन्छ।’

प्रतिक्रिया दिनुहोस

राजनीति

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट आजबाट अनलाइनबाट लिन सकिने

काठमाडौँ, २  वैशाख । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि आजदेखि अनला...
काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका वायु प्रदूषणको उच्च जोखिममा

काठमाडौँ उपत्यका एक पठारजस्तै रूपमा रहेको छ। जाडो र सुक्खा मौसम बढेसँगै तराईका क्षेत्रहरूमा पराल र भुसको प्रयोग ...
सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो

काठमाडौँ, २२ चैत । सजिवन अर्थात् ड्रमस्टिकलाई स्वास्थ्यका लागि राम्रो मानिन्छ किनभने यसमा प्राकृतिक पोषक तत्त्व ...
हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पत्ति नष्ट, १०० बढी जहाज ध्वस्त

हुथीकाे एक निशानामा अमेरिकाको ३.४० अर्बको सम्पत्ति नष्ट, १०० बढी जहाज ध्वस्त

यमन, २० चैत । यमनमा हुथी विद्रोही विरुद्ध अमेरिकाको सबैभन्दा ठुलो कारबाही जारी राखेको छ ।   यसैबिच ...