Gyaan Ghar

Advertisement

इतिहास लेखन र अनुसन्धानमा ज्ञानमणि नेपालको चर्चा 

 काठमाडौँ । २०८१ असार २४ गते सोमवार। मूर्धन्य इतिहासकार ज्ञानमणि नेपालको स्मृतिमा नेपाल प्रज्ञा-प्रतिष्ठानले ‘इतिहास तथा वाङ्मयको अनुसन्धानमा ज्ञानमणि नेपालको योगदान’ विषयक विचार-गोष्ठीको आयोजना गरेको थियो । उक्त शीर्षकको कार्यपत्र डा. शैलेन्दुप्रकाश नेपालले प्रस्तुत गर्नुभएको थियो ।

 प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गोष्ठीको समुद्घाटन गर्नुभएको थियो । उहाँले ज्ञानमणि नेपाललाई इतिहास र वाङ्मय क्षेत्रको प्रामाणिक उत्खनन गर्ने एक विशिष्ट सर्जकको रूपमा अङ्कित गर्नुभएको थियो । प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले इतिहास जो सुकैले लेख्न र बुझ्न कठिन भएको बताउँदै ज्ञानमणि नेपालले इतिहासको सत्यतामा आधारित भएर गहन अनुसन्धान गर्नुभएको बारे चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै इतिहासको अध्ययन र अनुसन्धानका क्षेत्रमा एक प्रेरक व्यक्तिको रूपमा ज्ञानमणि नेपालले पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताउँदै स्वागत मन्तव्य राख्नुभएको थियो ।

 गोष्ठीका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ-परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले इतिहासविद् ज्ञानमणि नेपाललाई खरो र निडर व्यक्तित्वको रूपमा लिन सकिने बताउँदै उहाँले सत्य र तथ्य एवम् इतिहास र वाङ्मयका प्रामाणिक अनुसन्धाता रहेको बताउनु भएको थियो ।

 गोष्ठीमा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसीले इतिहास लेखनमा देखिएका त्रुटिहरूलाई आधिकारिकता पुष्टि हुने खालका अनुसन्धान र प्रामाणिक स्रोतहरूको उत्खनन गर्नमा ऐतिहासिक योगदान ज्ञानमणि नेपालको रहेको बताउनु भएको थियो ।

 गोष्ठीमा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य दिनेशराज पन्तले इतिहासविद् ज्ञानमणि नेपालले स्वार्थरहित ढङ्गले सत्य र तथ्यपरक इतिहास लेखन र अनुसन्धानमा विशेष योगदान पुर्‍याउनु भएको बताउनुभएको थियो । गोष्ठीमा इतिहासविद् तथा प्रज्ञा-प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्य प्राडा त्रिरत्न मानन्धरले ज्ञानमणि नेपालले इतिहास लेखन र अनुसन्धानमा अतुलनीय योगदान गरेको बताउनु भएको थियो । 

गोष्ठीमा एकमणि नेपालले आफ्ना सहोदर दाजु ज्ञानमणिको इतिहासमा गहिरो अध्ययन रहेको बताउँदै उहाँको व्यक्तित्व र कृतित्वलाई अझै प्रकाशमा ल्याउनुपर्ने बताउनु भएको थियो। गोष्ठीमा सहभागीका तर्फबाट कार्यपत्रमाथि डा.गोविन्दमान सिंह कार्की र मेघराज ढकालले आआफ्नो जिज्ञासा राख्नुभएको थियो ।उक्त गोष्ठीको सञ्चालन प्रज्ञा-प्रतिष्ठान सामाजिक शास्त्र विभागका सदस्य तथा योगविद् डा.टिपी धमलाले गर्नुभएको थियो ।

-चेतनाथ धमला

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...