Gyaan Ghar

Home

Advertisement

साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो


काठमाडौँ । साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ । साउदी प्रशासनका अनुसार हजका क्रममा १३०१ तीर्थयात्रीले ज्यान गुमाएका छन् । साउदी प्रशासनले चर्को गर्मी र अवैध यात्रालाई यसको कारण भनेको छ  ।

गर्मीले कीर्तिमान तोडिरहेको र तापक्रम ५२ डिग्री सेल्सियस नजिक पुगेको बेला यस वर्षको हज यात्रा भएको हो । जुन १४ देखि १९ सम्म भएको हज यात्राका क्रममा मृत्यु भएका पाँच तीर्थयात्रीहरूमध्ये चारसँग वैध अनुमति नभएको र उनीहरू गर्मीमा आश्रय बिना हिँडिरहेको साउदी अरेबियाले बताएको छ । मृतकमध्ये केही वृद्ध र बिरामी समेत रहेका थिए ।

साउदी अरेबियाका स्वास्थ्य मन्त्री फहद अल-जलाजेलले यात्रुहरूलाई अत्यधिक गर्मीको खतरा र यसबाट कसरी बच्ने भन्ने बारे सचेतना जगाउने प्रयास भइरहेको बताए । स्वास्थ्य केन्द्रमा करिब पाँच लाख मानिसको उपचार भइसकेको छ, जसमध्ये १ लाख ४० हजार विना अनुमति यात्रा गर्ने व्यक्ति रहेको साउदी सरकारले बताएको छ ।

हज यात्राका क्रममा लगातार मृत्यु हुने र विशेष गरी अनुमतिबिना आउने मानिसलाई सुविधा नदिएको भन्दै साउदी अरेबियाको आलोचना भइरहेको छ ।

हज यात्रामा मारिनेमा सबैभन्दा बढी इजिप्टका छन् । इजिप्टका अहिलेसम्म ६५८ हज यात्रीको मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

श्रावण ४, काठमाडौँ । ‘प्रकृतिको मानव सेवाको भूमिकाको आधारमा नै धर्मको विकास भएको’ प्रा.डा.बद्रिविशाल पोखरेलले बताए । प्रगतिशील ल...
बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

काठमाडौँ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै भएको हिंसात्मक प्रदर्शन र झडपमा मङ्गलवारदेखि कम्...
बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

काठमाडौँ । आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बङ्गलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भ...
आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

काठमाडौँ । आज देखि महिला एसिया कप सुरु हुँदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलङ्काको डाम्बुलामा हुने महिला एस...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search