Gyaan Ghar

Advertisement

अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, असार ९ । विचार र सिर्जनाको संयोजन गर्दै कविताहरूमा अझ निखारता ल्याउने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले रचना वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । असार ८ गतेका दिन भर्चुअल माध्यमबाट सो कार्यक्रम सम्पन्न भएको हो । 

अन्पाका अध्यक्ष समीर सिंहको अध्यक्षता, उपाध्यक्ष रामदेव पाण्डेको स्वागत मन्तव्यका साथ अगाडि  बढेको कार्यक्रमको सञ्चालन महासचिव भीष्म जोशीले गरेका थिए । 

कार्यक्रमको मुख्य समीक्षक प्रगतिशील लेखक तथा उपप्राध्यापक डा.हरिप्रसाद सिलवाल थिए भने सृष्टाहरुमा मीन राना, गुरुप्रसाद कुमाल बुलबुल, रामप्रसाद गैरे पाल्पाली, समष्टि बुढा, खगेन्द्रा विष्ट र सुभाष जि.सी थिए । 

प्रस्तुत रचनामाथि समीक्षा गर्दै डा.सिलवालले, ‘कविता आफैमा सिर्जना भएको तथा दृष्टाहरु कविताको ऐना बन्नुपर्ने तथा त्यसको स्पष्ट समालोचना गर्नुपर्ने’ बताए । उनले अगाडि भने, ‘वाचित रचनाहरू जीवन, दर्शन, समाजका शोषण प्रधान समाजको यथार्थ चित्रण प्रस्तुत गरिएको तर त्यसको रूप पक्षमा अझ निखारता ल्याउनु पर्ने बताए ।’

कविता वाचन गर्न समाज तथा मानव जीवनलाई गहन रूपमा बुझ्नुपर्ने बताउँदै समीक्षक डा.सिलवालले ‘प्रगतिशील कविताहरू समाज तथा व्यवस्थाका नराम्रा पक्षहरूका विरुद्ध सौन्दर्यात्मक हतियारको रूपमा अगाडि बढ्नुपर्ने बताए ।’ 

प्रतिक्रिया दिनुहोस

राजनीति

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

सुनिता र ब्यारीलाई अन्तरिक्षबाट फिर्ता ल्याउने प्रयासमा के के गरियो ?

काठमाडौँ । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सको सुरक्षित पृथ्वीमा फिर्ताको लागि काउन्टडाउन सुरु भएको छ । उ...
प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

प्रचण्डको ‘धेरै चुरीफुरी’ नगर्न पूर्व राजा ज्ञानेन्द्रलाई चेतावनी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व राजा ज्ञानेन्द्र ...
लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

उहाँको लेखनीले आफू जन्मे-हुर्केको भूगोल मात्र नभई सम्पूर्ण नेपाली भाषी समुदायको मन र माटोलाई उजागर गर्‍यो। उहाँक...
पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

पाकिस्तानको बलुचिस्तानमा ४०० यात्री रहेको रेल आतङ्कवादीको नियन्त्रणमा

काठमाडौँ । पाकिस्तानको बलुचिस्तानस्थित बोलान क्षेत्रमा महिला र बालबालिकासहित रेललाई आतङ्ककारीहरूले नियन्त्रणमा लिएका छ...