Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the ads-for-wp domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordfence domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the wordpress-seo domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121
Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6121 अग्निजन्य हिंसा र दुर्घटना न्यूनीकरणको विषय सरकारले प्राथमिकतामा नराखेको गुनासो - Gyaan Ghar
सङ्घीय सांसदहरूले सरकारले अग्निजन्य हिंसा तथा दुर्घटना न्यूनीकरणको विषय प्राथमिकतामा राख्न नसकेको गुनासो गरेका छन् । अग्निजन्य घटना र यसबाट प्रभावितहरूको विषयलाई सरकारले नीति तथा कार्यक्रम र बजेट दुबैमा प्राथमिकता दिन नसकेको भन्दै सांसदहरूले आगामी दिनमा यसबारे गम्भीर हुनुपर्ने बताएका हुन् ।
आज अग्नि हिंसा पीडित (विभिएस) नेपालले काठमाडौँमा आयोजना गरेको अग्निजन्य हिंसा अन्त्यका लागि बनेका कानुन र त्यसको कार्यान्वयनको अवस्था विषयक नीतिगत छलफल कार्यक्रममा प्रतिनिधिसभा सदस्य ज्ञानु बस्नेत सुवेदीले एसिडका घटना प्राथमिकता र चर्चाको विषय बन्ने गरेको भए पनि आगोले पोल्ने, जल्ने तथा अन्य जलनका विषय कम मात्रै आवाज उठ्ने गरेको बताउनुभयो ।
साथै अग्निजन्य हिंसा प्रभावितहरूको पुनर्स्थापनाको लागि सरकारले बजेटमा प्राथमिकता नदिएको उहाँले बताउनुभयो । अन्य रोगको तुलनामा अग्निजन्य हिंसामा परेकाहरूको उपचार समेत खर्चिलो छ, त्यसैले सबै प्रभावितहरूलाई सरकारले पूर्ण रूपमा उपचार गर्ने गरी जिम्मा लिनुपर्छ – उहाँले भन्नुभयो ।
यस्तै सांसद बिन्दबासिनी कंशाकारले नीति तथा कार्यक्रममा अग्निजन्य घटनाको विषय थोरै समेटिएको भए पनि बजेटमा नआउनु दुःखद भएको बताउनुभयो । आफूले अग्निजन्य हिंसा प्रभावितहरूको लागि सदनबाट निरन्तर रूपमा वकालत गरिरहेको भए पनि अब सरकारले नै बलियो पहलकदमी लिनुपर्ने उहाँको भनाइ छ ।
‘यो क्षेत्रमा सरकार नै जिम्मेवार बनेर लाग्नुपर्छ, उहाँले भन्नुभयो, ‘सांसदको भूमिकामा मैले जति गर्नुपर्ने हो, त्यो गरिरहेको छु । यो विषय कोही एक जना व्यक्ति वा एउटा संस्थाले मात्रै उठाएर प्रभावकारी नहुने भन्दै उहाँले यसमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अग्निजन्य हिंसा प्रभावितको मुद्दा समेट्ने गरी छुट्टै गैह्र सरकारी विधेयक दर्ताको तयारी गरिरहेको समेत बताउनुभयो ।
यस्तै प्रतिनिधि सभाका अर्का सदस्य सीता मिजारले आगामी दिनमा संसद् तथा अन्य सार्वजनिक कार्यक्रमहरूमा आफूले अग्निजन्य हिंसा प्रभावितहरूको पक्षमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । अग्निजन्य हिंसा र दुर्घटना कम गर्न सरकारले विशेष ध्यान दिनुपर्ने बताउँदै उहाँले आगामी दिनमा बजेटमा यसलाई समावेश गर्न सरकारलाई घचघच्याइने बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य विना लामाले जलन प्रभावितहरूको समस्या संशोधनका लागि विद्यमान कानुनमा आवश्यक संशोधनबारे आफूले थप अध्ययन गरी यस विषयमा काम अगाडि बढाउने बताउनुभयो । नीति निर्माणको तहमा रहेका सांसदहरूले अग्निजन्य हिंसा र दुर्घटनाको विषयलाई गम्भीरताका साथ लिएको भन्दै उहाँले सरकारले पनि यसलाई संवोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।
यसै गरी, सांसद मैना कार्कीले अग्निजन्य हिंसामा परेका व्यक्तिहरूको सहज पुनर्स्थापना र सहज जीवनयापन हुने गरी नीति निर्माणको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अर्का सांसद उर्मिला माझीले विद्यमान कानुनी प्रावधान मात्रैले अग्निजन्य हिंसा प्रभावितको लागि नपुग्ने भएकाले यसलाई संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो । नीतिगत सुधारको लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले आगामी दिनमा यसको क्षेत्रमा बजेट बढाउन भूमिका खेल्ने बताउनुभयो ।
अर्का सांसद रेखा यादवले अग्निजन्य घटनामा परी उपचारपछि नियमित जीवनमा फर्किएका प्रभावितलाई सहज जीवनयापनका लागि कानुनी व्यवस्थाका साथै सामाजिक सहजता पनि प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । यसको लागि सरकारले बजेट बढाउनुपर्ने, जनचेतनाको काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । आगामी दिनमा आफूले पनि सदनमा यस बारेमा आवाज उठाउने उहाँको प्रतिबद्धता छ ।
यस्तै अर्का सांसद रञ्जु कुमारी झाले विद्यमान कानुनमा भएका कमीकमजोरीलाई संशोधन गराउनको लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । जलेका व्यक्तिहरूको लागि सहयोग तथा उपचारार्थ अलग्गै कोष निर्माण गर्ने र त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । त्यसका लागि सम्बन्धित मन्त्रालयमा आफूले ध्यानाकर्षण गराउने पनि उहाँले बताउनु भयो ।
कार्यक्रममा कानुन न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुबेदीले भएका कानुन कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै विद्यमान कानुनमा समेटिन नसकेका विषय संशोधन मार्फत समेट्न सकिने बताउनुभयो । प्रचलित कानुनमा रहेका कमीकमजोरी र संशोधन गर्नुपर्ने विषयमा आफूले समितिमा छलफल चलाउने र आवश्यक नीति निर्माणमा पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । ‘अग्निजन्य घटनाबाट प्रभावित सबैको जीवन रक्षा र पुनर्स्थापना हुने गरी आवश्यक कानुन निर्माणमा मैले समितिबाट गर्नुपर्ने पहल गर्न प्रतिबद्ध छु’ – उहाँले भन्नुभयो ।
यस्तै महिला तथा सामाजिक समितिका सभापति किरणकुमार शाहले प्रचलित कानुन संशोधन गरेर भए पनि अग्निजन्य हिंसा प्रभावितहरूको लागि सहजता प्रदान गर्नुपर्ने बताउनुभयो । सबै खाले अग्निजन्य हिंसाका घटनामा जोडिएका पीडकलाई कडाभन्दा कडा कारबाही हुने गरी कानुन संशोधन गर्नुपर्ने र प्रभावितलाई दिइने क्षतिपूर्ति पनि बढाउनुपर्नेमा उहाँको जोड थियो । अग्निजन्य हिंसा प्रभावितका लागि कार्यान्वयनमा रहेका कानुन संशोधनमा आवश्यक छलफल गर्ने र भूमिका खेल्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
विभिएस नेपालको तथ्याङ्क अनुसार मधेस प्रदेश, लुम्बिनी र काठमाडौँमा अग्निजन्य हिंसाका घटना धेरै हुने गरेका छन् । अग्निजन्य हिंसामा धेरैजसो महिला तथा किशोरीहरू पर्ने गरेका छन् । उपचार पछि निको भएर पनि समाजमा खुलेर बाँच्न, रोजगारीको अवसर पाउन समस्या हुने गरेको गुनासो प्रभावितहरूको छ ।
जलनको घटनामा उपचार खर्च धेरै लाग्ने र शीघ्र उपचार आवश्यक भए पनि देशमा पर्याप्त अस्पताल नभएको तथा बजेट अभावले धेरैले उपचार नपाइ ज्यानै गुमाउनुपर्ने अवस्था समेत रहेको विभिएस नेपालका कार्यक्रम संयोजक चन्द्र सर्तुङ्गे मगर बताउनुहुन्छ ।
कार्यक्रममा विभिएस नेपालका कार्यकारी निर्देशक प्रतीक्षा गिरिले अग्निजन्य हिंसाबाट पुरुषको तुलनामा महिला धेरै प्रभावित हुने गरेको बताउनुभयो । अग्निजन्य घटना र अग्निजन्य हिंसा न्यूनीकरणको लागि सचेतनाका कार्यक्रम र बजेटको अभाव रहेकाले यसमा सरकाले विशेष ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा अधिवक्ता राजकुमार उप्रेतीले तेजाब लगायत जलनका घटनालाई संवोधन गर्ने विद्यमान कानुन र हालको कानुनमा परिमार्जनको आवश्यकताका विषयमा प्रस्तुति राख्नुभएको थियो ।
जलन उपचार जीवनभर गर्नुपर्ने र उपचार खर्च पनि महँगो हुने भएकाले प्रभावितहरूलाई सहज र सरल उपचारको लागि स्थानीय, प्रदेश र सङ्घ तीनै तहको सरकारले जीवन निर्वाहका कार्यक्रमहरू ल्याउनुपर्नेमा सबै सांसदहरूले जोड दिएका छन् ।