Gyaan Ghar

Advertisement

दक्षिणी इटालीमा दुई जहाज डुब्दा ११ जनाको मृत्यु, ६० भन्दा बढी बेपत्ता


काठमाडौँ । दक्षिणी इटालीको तटमा दुई वटा जहाज डुब्दा ११ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी बेपत्ता भएका छन् ।

जर्मन परोपकारी संस्था रेस्क्युशिपले सोमबार लाम्पेडुसा टापुमा डुबेर ५१ जनालाई बचाएको बताएको छ । 

चिकित्सा राहत उपलब्ध गराउने स्वतन्त्र अन्तर्राष्ट्रिय संस्था डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ) ले अर्को यस्तै घटनामा ६० जनाभन्दा बढी बेपत्ता भएको जानकारी दिएको छ जसमध्ये २६ बालबालिका रहेको आशङ्का गरिएको छ ।

यो डुङ्गा लिबिया र टर्कीका आप्रवासीहरू लिएर गएको संयुक्त राष्ट्रसङ्घीय निकायहरूले बताएका छन् ।

लाम्पेडुसा नजिकै दुर्घटनामा परेका जहाजबाट उद्धार गरिएका मानिसहरूलाई इटालियन कोस्ट गार्डलाई हस्तान्तरण गरिएको छ र मृत्यु भएकाहरूलाई समुद्र तटमा पठाइएको छ ।

आप्रवासनका लागि अन्तर्राष्ट्रिय संस्था संयुक्त राष्ट्रसङ्घको मानवअधिकार सङ्गठन र संयुक्त राष्ट्रसङ्घीय बाल निकाय युनिसेफले एक संयुक्त विज्ञप्तिमा “लिबियाको तटबाट निस्किएको यो जहाजमा सिरिया, इजिप्ट, पाकिस्तान र बङ्गलादेशका मानिसहरू सवार थिए’ भनेका छन् ।

भूमध्य सागर संसारको सबैभन्दा खतरनाक मार्गहरू मध्ये एक मानिन्छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क अनुसार सन् २०१४ यता यस रुटमा २३ हजार ५०० व्यक्ति या त मरेका वा बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस

राजनीति

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

योग दिवस: काठमाडौँ महानगरपालिकाले ७ दिनसम्म योगा सिकाउने

काठमाडौँ, १ माघ । काठमाडौँ महानगरपालिकाले आजदेखि राष्ट्रिय सभा गृह परिसरमा प्रवर्द्धनात्मक स्वास्थ्य सेवा सुरु गरेको छ...
तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

तराई मधेस केन्द्रित दल बिच मोर्चा बनाउन प्रारम्भिक छलफल सुरु

काठमाडौँ, १ माघ । तराइ मधेस केन्द्रित दलहरूले मोर्चा गठन बारेमा प्रारम्भिक छलफल सुरु भएको छ ।   सङ्घी...
साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

साउदीले मरुभूमिमा गरिरहेछ खेती, भारतको मरुभूमिमा फलाइयो आँप

काठमाडौँ, १ माघ । मानिस र सरकारले प्रयास गरे मरुभूमिलाई हरियाली र बस्न योग्य बनाउन सकिने वैज्ञानिकहरूको विश्वास ...
वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलोमा फालिरा’छ ‘गुलाबी रङ्ग’

काठमाडौँ, १ माघ । पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोले ठुलो क्षति पुर्‍या...