Gyaan Ghar

Home

Advertisement

काठमाडौँ महानगरको ‘मस्यौदा नीति, पृष्ठपोषण कार्यक्रम’ मा सहभागी हुन खुला आव्हान


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मस्यौदा गरेको ‘वहुबर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव सङ्कलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नु पर्नेछ । सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाका अनुसार, समावेशिता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुने गरी आवेदकहरूलाई एसएमएसमार्फत सहभागी हुन निमन्त्रणा गरिनेछ । 

नीति मस्यौदामाथि पृष्ठपोषण लिने क्रमको पहिलो चरणमा महानगरपालिकाका कार्यपालिका सदस्यहरू, विभागीय प्रमुखहरू, विद्यालय निरीक्षकहरू, विद्यालयका प्रधानाध्यापकहरू, स्रोत शिक्षकहरू, विद्यार्थी, शिक्षक (तहगत रूपमा) शिक्षा क्षेत्रका अगुवा, अभिभावकहरूसँग सुझाव लिइसकिएको छ । साना साना समूहमा गरिएका छलफल तथा कार्यशाला आयोजना गरेर पृष्ठपोषण लिइएको हो । 

धेरै वर्षका लागि तर्जु हुने भएकोले नीति कार्यान्वयनमा सबै पक्ष सहभागी हुन सक्ने र नतिजामा सबैले स्वामित्व ग्रहण गर्न सक्ने बनाउन शिक्षा क्षेत्रको उत्थानका लागि काम गरिरहनुभएका सबैलाई समेट्न, नीतिलाई समावेशी तथा सहभागितामूलक बनाउन दोस्रो चरणको कार्यक्रम आयोजना गर्न लागिएको झाको भनाइ छ ।  

यसरी प्राप्त भएका सुझावलाई समेटेर मस्यौदालाई शिक्षा समिति, कार्यपालिका बैठक तथा नगर सभा बैठक लगेर छलफल गराइनेछ । त्यहाँ प्राप्त सुझावसहित नीति पारित हुनेछ । यसले महानगरपालिकाको २० वर्षको रणनीतिक योजना मिसन २१०० का योजना तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न मद्दत गर्नेछ ।   

यही नीतिका आधारमा कार्यक्रम तर्जुमा हुनेछन् । कार्यक्रम सञ्चालन गर्न बजेटको आकार र स्रोत सुनिश्चित हुनेछ । 

सहरी योजना आयोगका सहायक विज्ञ विवेक बास्तोलाका अनुसार २ मिनेटमा अनलाइन फाराम भर्न सकिन्छ । सम्बन्धित व्यक्तित्वबाट उपयुक्त सुझाव लिने तयारी स्वरूप कार्यक्रममा सहभागी हुन अनलाइन आवेदन माग गरिएको हो । 

प्रतिक्रिया दिनुहोस

राजनीति

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

प्रलेसकाे ७३औँ परिसंवाद कार्यक्रम सम्पन्न

श्रावण ४, काठमाडौँ । ‘प्रकृतिको मानव सेवाको भूमिकाको आधारमा नै धर्मको विकास भएको’ प्रा.डा.बद्रिविशाल पोखरेलले बताए । प्रगतिशील ल...
बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

बङ्गलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

काठमाडौँ । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण खारेजीको माग गर्दै भएको हिंसात्मक प्रदर्शन र झडपमा मङ्गलवारदेखि कम्...
बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

बङ्गलादेशमा आरक्षण विरुद्धको आन्दोलन चर्कियो, १९ जनाको मृत्यु

काठमाडौँ । आरक्षण विरुद्ध चलिरहेको राष्ट्रव्यापी आन्दोलनमा बङ्गलादेशका विभिन्न भागमा हालसम्म कम्तीमा १९ जनाको मृत्यु भ...
आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

आजदेखि महिला एसिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै

काठमाडौँ । आज देखि महिला एसिया कप सुरु हुँदै छ । आजदेखि जुलाई २८, २०२४ सम्म श्रीलङ्काको डाम्बुलामा हुने महिला एस...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search